अभाव
"अभाव हरेक सजीव
बस्तुको मनको
चाहना माथिको
तुसारापात हो । मनले चाहेजति
कुनै वस्तुको
परिमाण नपाउनुलाई
हामी अभाव
भन्छौँ ।
संसारमा थुप्रै
चिजहरुको अभाव
हुनु नै
संसारको बिशेषता
हो।
नहेरुँ भन्दा भन्दै
पनि संसारमा
थुप्रै अभावहरु
देखिन्छ ।
शुरुमा आफ्नै कुरा
गरौँ - एकपल्ट
म आफै
पनि खाना
नपुगेर आमासित
झगडा गरेँ।
आमा के के
भन्दै भट्भटाउनु
भयो ।
मलाइ पनि
रिस उठ्यो
। तर
रिसले मेरो
पेट अघाउने
भए पो
!!
अस्तिमात्रै पनि धारामा
पानी थाप्ने
मान्छे र
गाग्रीहरुको भिडैभिड देखेँ । त्यहाँ
निकै होहल्ला
थियो।
हिजो एकजनालाई अरुलाई
जति पानि
पुगेनछ , आज
उनले बढि
पानी पाउनुपर्ने
माग गर्दै
थिए ।
केही अरुले पनि
आफूले बढी
पानी पाउनु
पर्ने माग
गर्दै थिए
, कोही कोहि
त्यसको विरोध
गर्दै थिए।
त्यहाँ पानीको अभाव
थियो ।
एउटा अभाव हुनलाई
अरु तिन
चार ओटा
सहायक अभावले
महत्वपूर्ण भुमिका खेल्दछ।
यहाँ घरमा खानाको
अभाव हुनुमा
पैसाको मुख्य
अभाव हुन
सक्छ। पैसाको
अभावको मुख्य
कारण राम्रो
ब्यावशाय वा
जागिरको अभाव
र त्यसको
मुख्य कारण
राम्रो ज्ञान
, सिप वा
अवसरको अभाव
हो ।
राम्रो शिक्षा
वा सिप
नहुनुमा घरमा
शिक्षित वातावरणको
अभाव र
त्यसको कारणमा
बाबु आमामा
चेतनाको अभाव
आदि,,,,,,,,,,,, यसरि, अभावको मुख्य कारण
अभाव नै
हो ।
त्यस्तै, धारामा पानिको
अभाव हुनुमा
नजिकै जलाशयको
अभाव, दक्ष
इन्जिनियर वा मिस्त्रीको अभाव, भौगोलिक
सुविधाको अभावजस्ता
अभावहरु नै
प्रमुख कारण
छन्।
तिनका उपकारणहरुको चर्चा
र बिश्लेषण
गर्न थाल्ने
हो भने
डायरीमा लेख्ने
ठाउ र
कलममा मसिको
अभाव हुन्छ
, त्यसैले त्यतातर्फ नलागौँ ।
यौटा प्रश्न उठ्न
सक्ला , नेपालमा
शिक्षित मान्छेहरु
बेरोजगार छन्,
तर कतिपय
मुर्ख मान्छेहरु
पनि ठुलै
ओहोदामा छन्
घुसखोरी बाट
हो या
नाताबादबाट सो थाहा नभएपनि छनोटकर्ताहरुमा
सुझबुझको अभाव
यसको मुख्य
कारण देखिन्छ।
संसारमा आभावले यस्तो
विकराल रुप
लिसक्यो कि
अभावबिनको जिवन अधुरो लाग्न थालिसक्यो
।
धेरैलाई धनसम्पति, कसैलाई
शिक्षा जागिर,
कार कम्प्युटर,
घरजग्गा ,असल
साथी, पानि
औषधी, सेवासुबिधा,
कसैलाई मन्त्रिपद,
कुर्सी पद
घुस आदिको
अभाव छ
।
मलाई बुद्धी र
ज्ञानको अभाव
छ, घरमा
पैसा र
सरसमानको अभाव
छ। गाउमा
सेवा सुविधाको
अभाव छ।
देशमा अमन चयन
र विकासको
अभाव छ,
अन्तर्राष्ट्रिय
जगतमा शान्ती
र सहिष्णुता
लगायत धेरै
चिजको अभाव
छ ।
अभावकै कारणबाट झगडा,
चोरी हत्या
हिंसा बढ्ने
गरेको हामिले
देखेसुनैकै छौँ ।
देशको आर्थिक सामाजिक
उन्नती र
विकासको मुख्य
बाधक पनि
अभाव नै
हो
~ चाहे पुँजी प्रविधीको अभाव होस्
या प्राविधिक
र कामदारको
, कुरा अभावकै
हो ।
अभाव मानवलाई मात्र
नपरी सम्पूर्ण
जन्तु वर्गलाई
नै पर्दो
रैछ , घाँसको
अभावमा भैसी
निकै कराएको
छ।
आहाराको अभावमा कमिलाहरु
ताँतीका ताँती
हिडिरहेको देखिन्छ ।
उपयुक्त मलजल र
मौसमको अभावले
धान, मकैहरु
फल्न नसकेर
आर्थिक एवं
खाद्यान्न अभाव होला जस्तो छ
।
अभाव नै सुखमय
जिवन र
प्रगतिको बाधक
हो , सङ्घर्षको
मुख्य कारण
पनि अभाव
नै हो
।।
धनको अभावले चोरी
डकैती र
बुद्धीको अभावले
अधोगति भै
रहेको छ
मान्छेहरुमा विश्वासको अभाव छ। सुरक्षाको
अभावमा हत्याहिंसा
र अपराधहरु
बढेका छन्
।
उपयुक्त औषधीको अभावमा
जिवन छोटिएको
छ, खासगरी
दुर्गम क्षेत्रतिर
। निर्जीव
वस्तुहरुमाथि पनि अभाव उत्तिकै ब्याप्त
छ ।
प्रकाशको अभावमा
औशी रात
निस्पट्ट अध्यारो
र डरलाग्दो
छ।
सुबिधाको अभावले जिवन
कष्टपूर्ण छ। बग्ने ठाउको अभावमा
नदिले पहाडै
भत्काइदिएको छ ।
अभावले बच्चा बुढा
,तल्लो उपल्लो
, गाउले शहरिया
क्यै मा
पनि भेदभाव
नगरी सबैलाई
समाना ब्याबहार
गरेको छ
।
यत्र तत्र सर्वत्र
अभावै अभाव
छ ।
घरमा अभाव
पल्लो घरमा
अभाव, गाउमा
अभाव शहरमा
अभाव, सडकमा
अभाव पेट्रोलपम्पमा
अभाव , शरिरमा
पनि अभाव
।।
हिमालमा अभाव तराईमा
अभाव , स्वदेशमा
अभाव विदेशमा
अभाव, सामान्य
क्याल्कुलेटर देखि कम्प्युटरसम्म अभाव !! जहाँ
पनि अभाव
, अभावले ब्यापक
क्षेत्र ओगटेको
छ >
अभाव र आवश्यकता
ठूला आपसी
सत्रु हुन्।
अभाव चुहिने
भाँडोभित्र थुनिएको छ, त्यसैले जतिनै
भर्न खोजेपनि
यो चुहिनै
रहन्छ।
अभाव कसैले रोक्न
सकिने चिज
होइन ।
यो एकचोटी
एक रुपमा
आ उछ
र त्यसको
पुर्ति हुनेबित्तिकै
अर्को रुप
धारण गरेर
अभाव पुन:
आ उछ
।
यो क्रम अनन्तसम्म
निरन्तर चलिरहन्छ।
अभाव अभावकै
कारणबाट उत्पन्न
हुने समस्या
हो ।
यहाँ अनेक
वस्तुको अभाव
छ तर
अभावकै अभाव
कहिले हुने
होला !!!!!
हरेकको इच्छा अग्निस्थापनाको
मन्त्र सापटी
लिनेहो भने
~ "अभावाय स्वाहा" अत्रप्रोणितोदकस्पर्श:
बलेटक्सार गुल्मी, २०६३
साउन ४
गते