श्रीमद्भागवत महापुराण मंगलाचरणका श्लोकहरुको व्याख्या-
ॐजन्माद्यस्य यतोऽ न्वयादि तरत
श्चार्थेष्वभिज्ञ: स्वराट्
तेनेब्रह्ह्म ह्रृदा य आदिकवये
मुह्यन्ति यत्सूरय: ।
तेजोवारि म्रृदां यथाविमयो
यत्र त्रिसर्गोऽम्रृषा
धाम्ना स्वेनसदानिरस्त कुहकं
सत्यं परंधीमहि।।१
धर्म: प्रोज्झित कैतवो$त्र परमो
निर्मत्सराणां सतां
वेद्यं वास्तवमात्र वस्तु शिवदं
तापत्रयोन्मूलनम् ।
श्रीमद्भागवते महा मुनिकृते
किं वा परैरीश्वर :
सद्योहृद्यवरुध्यते$त्र कृतिभि:
शूश्रूषुभिस्तत्क्षणात्।।२
निगमकल्पतरोर्गलितं फलम्
सुकमुखादमृतद्रवसंयुतम्।
पिवत भागवतं रसमालयं
मुहुरहो रसिका भुवि भावुका:।।३
अर्थात् जस द्वारा यो जगतको सृष्टि,स्थिति र प्रलय हुन्छ ,जो संसारका सवै पदार्थहरुमा अनुगत हुनु हुन्छ र असत्पदार्थहरु वाट पृथक हुनु हुन्छ,।वहाँ चेतन स्वरुप हुनु हुन्छ,वहाँ परतन्त्र नहीं स्वयं प्रकाश हुनु हुन्छ। जसले ब्रह्मा हिरण्यगर्भलाइ वेद ज्ञान दिनु भयो, ।जसको विषयमा ठूला ठूला विद्वानहरु पनि मोहित हुन जान्छन्,जस्तो तेजोमय सूर्यरस्मिहरुमा जलको तथा जलमा स्थलको भान हुन जान्छ यसरीनै जसमा यो त्रिगुणमयी जाग्रत स्वप्न सुसुप्तिरुपा सृष्टि मिथ्या भएर पनि अधिष्ठान सत्ताले सत्यवत् प्रतीत भैरहेकोछ त्यसमा आफ्नो स्वयं प्रकाश ज्योतिले सर्वदा तथा सर्वथा माया र मायिक कार्यवाट पूर्णत:मुक्त रहने वाला परम सत्यरुप परमात्माको हामी ध्यान गर्दछौं।
महामुनि व्यस द्वारा रचना गरिएको यस श्रीमद्भागवत महापुराणमा मोक्षपर्यन्तको फलको कामना रहित परम धर्मको निरुपण भएकोछ यसमा शुद्ध अन्त:करण सत्पुरुषहरुको लागि जान्न योग्य उस वास्तविक वस्तु परमात्माको निरुपण भएकोछ, जो त्रिविध ताप( ,आधिदैविक ,आधिभौतिक तथा अध्यात्मिक)ताप हरुलाइ जरैसंग उखेलेर फाल्ने वाला तथा परम कल्याण दिनेवालाछ। जुन सुकै समयमा पनि सत्पुरुषहरु यो भागवत कथा सुन्ने चाहना गर्नु हुन्छ ठिक त्यसै समयमा ईश्वर स्वयं तिनका हृदयमा आएरविराजमान हुनु हुन्छ र कथालाइ रसमयी वनाउनु हुन्छ। यसमा कैतव( धर्मप्रचार लागि प्रलोभन अथवा वढाइ चढाइ आदि कुनै कुरा छैन शुद्ध भगवत चरित्रको वर्णन गरिएकोछ।
रसका मर्मज्ञ भक्तजन? यो श्रीमदभागवत वेदस्वरुप कल्पवृक्षको पाकेको फल हो। त्यसमा पनि सुकदेव स्वामी जस्ता परमहंस योगी द्वारा वाचन गरिएको हुनले यो कथा परमानन्दमयी सुधा(अमृत)ले परिपूर्ण भएकोछ। यो फलको वोक्रा,खोया केही छैन त्यसैले मूर्तिमान रसहो। जवतक शरीरमा चेतना रहन्छ तब तक यश दिव्य भगवद्रसको वार वार पान गरि रहनु पर्छ।यो पुण्यमयी कथा केवल यस पृथिवीमा मात्रै उपलब्ध हुन सक्छ।
अब भागवतका यी मङ्गलाचरणका तीन श्लोकहरको विस्तृत व्याख्या गर्दै पण्डित श्रीनरकान्त अधिकारीजी भन्नू हुन्छ-
श्रीमद्भागवतका यी पहिला तीन श्लोकलाइ मंगलाचरणका रुपमा राखिएकोछ। भगवान श्रीवेदव्यासजीले यी श्लोकहरुलाइ भागवतको सारको रुपमा प्रक्षेपण गर्नु भएको भन्ने विद्वानहरुको भनाइछ।
मंगलाचरण वस्तुतत्वलाइ संझाउने वैदिकत्व र सत्य तत्व दुवै कुरा प्रतिपादन हुने हिसावले अति कुशलतापूर्वक तर्जुमा गरेको देखिन्छ। सम्पूर्ण वेदतत्वलाइ समन्वय गर्ने हिसावले यी श्लोकहरुको रचना भएको मानिएकोछ। एउटै श्लोकमा सम्पूर्ण वस्तुतत्वको सार देखाउनु अपूर्व चमत्कारिक - कवित्वशैली देखिन्छ।
"सत्यं परं धीमहि" धीमहि शब्द ब्रह्म गायत्रीको तृतीय पदको पछिल्लो शब्दहो, जसमा सत्यको ध्यान गर्दछौं भनिएकोछ । यसमा कुनै व्यक्ति विशेष वा देवविशेषलाइ सम्बोधन गरिएको छैन त्यस कारण यो ग्रन्छ कुनै सम्प्रदाय विशेषको एकलौटी नभएर सत्यका उपासक जो सुकैको लागि पनि उपासना योग्यछ भन्ने देखिन्छ।
यस्तै" जन्माद्यस्य यत:" भनेर जसको जन्म स्थिति र प्रलय केही छैन भनेर भगवान अजन्मा छन् भन्ने कुरा जनाइएकोछ। संसारका सम्पूर्ण पदार्थहरु उपादान कारण र निमित्त कारणवाट वनेका हुन्छन् । जस्तै गाग्रोको लागि माटोलाइ उपादान कारण र कुमाले लाई निमित्त कारण मानिएको हुन्छ तर परमेश्वरलाइ"अभिन्न निमित्तोपादन" रुपवाट नै वर्णन गरिएकोछ। अर्थात् भगवान माटो पनि हुनु हुन्न र कुम्हाले पनि हुनु हुन्न।
अर्थेषु अन्वयात् इतरतश्च- यो सवमा व्याप्तछ। संसारका प्रचलित धर्ममा ईश्वरलाइ जगत निर्माण कर्ताको रुपमा वर्णन गरेको पाइन्छ।तर यहाँ"श्रीमद्भागवतमा भगवानलाइ सृष्टि निर्माणकर्ताका रुपमा मात्र होइन स्वयं सृष्टिको रुपमा निर्मित हुनु भएको रुपमा वर्णन गरिएकोछ।
" अर्थेषु अभिज्ञ:" भनेर अर्को अर्थ गरेको पनि पाइन्छ। यश अनुसार परमेश्वर जड होइनन् चेतन पनि हुन् त्यसो भएको हुनाले पहिले सृष्टिमा कस्ले के काम गरेको थियो,यसको पूर्व संस्कार कस्तो थियो ,तसर्थ तदनुसार कसलाइ कसरी के भोगाउनु पर्छ उसलाइ "इदमित्थं" सम्पूर्ण कुराको पूरा पूरा ज्ञानछ। यति मात्रहोइन भगवान जीवन होइन "स्वराट"हो ।,स्वतन्त्रहो" स्वेन राजते इति" यस्तो लक्षणत हिरण्य गर्भको हुन्छ" र त्यहीनै सृष्टि स्थिति र प्रलय गर्नेवालाहो। त्यो पनि ठिक छैन भने त्यो परमात्मात हिरण्य गर्भको पनि गुरुहो।
तेने ब्रह्म हृदा य आदिकवये मुह्यन्ति यत्सूरय:।
त्यो भगवानले आदिकवि हिरण्यगर्भ ब्रह्मालाइ पनि वेदको ज्ञान दिनु भएकोहो।" हृदा एव"बांणीले होइन खाली सङ्कल्पले मात्र वेदको ज्ञान हिरण्यगर्भलाइ दिनु भएको हो।
त्यो वेद कति गहन छ,त्यो ब्रह्म कस्तो छ भने "मुह्यन्ति यत् सुरय:" ठूला ठूला विद्वानहरु पनि मोहित हुन्छन्।
अर्थात् परमात्मा चेतन छन् ,हिरण्यगर्भलाइ ज्ञान दिने हो,स्वयं प्रकाश छन् कार्यकारण रुप सवैमा व्याप्त छन् ,जगतको जन्म आदिको कारण छन्।
यो प्रपञ्च के हो त?
"तेजोवारिमृदां यथा विनिमयो यत्र त्रिसर्गोमृषा" प्रपञ्च के हो त -भ्रान्ति हो, प्रातकालीन सूर्यका रक्तकिरण पानीमा पर्दा सुनै सुन टल्किए जस्तो देखिन्छ। त्यो सांचो होइन तसर्थ जस्तो त्यो भ्रमहो त्यस्तै संसार पनि भ्रमहो। यत्र "त्रिसर्गोमृषा" मायाका तीन गुण परमात्माकै गुण हुन्,कुनै पनि असत्य छैनन्,सवै सत्य छन्। तर परमात्मात्को सत्ता देखि पृथकरुपमा तिनीहरुको पनि अस्तित्वछैन।तसर्थ यो सारा सृष्टि प्रपञ्चमा परमात्मा सिवाय अर्को वस्तुको अस्तित्वनै छैन। अर्थात् जे छ त्यो पनि परमात्मा हो जो थियो त्यो पनि परमात्मा थियो र जे हुन्छ त्यो पनि परमात्मा हो र जे हुन्छ त्यो पनि परमात्मा हो। यदि कसैले परमात्मा लाई भिन्न मान्दछ भने त्यो भ्रमवश हुन गएको मात्रहो।
अन्त्यमा "धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परम धीमहि"। कसैको भनाइमा यो सृष्टि जहिले पनि यसरीनै चलेर आएकोछ।यसको कारण केही पनि छैन भन्दछन्,फेरि अर्काथरी भन्छन् यसको उत्पत्तित भएकोहो तर यसको कोही कारण छैन पनि भन्छन् तर अर्काथरी भन्छन् -कार्य कारण नभएकोत होइन र यो जडवाट भएको हो भन्दछन्।
तर श्रीमद्भागवतको सिद्धान्त यसरी प्रतिपादित गरिएको देखिन्छ। त्यसकारण सवै स्तुतिहरु जसको संकलन यहां गर्न लागिएकोछ।ती सवैवाट श्रीमद्भागवतको नीचोड निम्न प्रकारको देखिन आउँछ।
क) सृष्टिको उत्पत्ति छ।
ख) यसको कारण पनि छ।
ग)यसको उत्पत्ति जडवाट भएको होइन,चेतनवाट भएकोहो।
घ)चेतन पनि जीववाट आएको होइन,"स्वराट् "वाट आएकोहो।
ङ)स्वराट ब्रह्माको पनि गुरुवाट आएकोहो।
निष्कर्षमा सृष्टि परमात्मा वाट भिन्न छैन, परमात्माको स्वरुप नै हो।
मायांको छांया हो र यसैवाट सृष्टि भएको भनेर कल्पना गर्न नसकिने होइन वास्तवमा त्यो कुरा पनि,
"धाम्ना स्वेन सदा निरस्त कुहकं" परमात्माले "स्वेन धाम्ना" आफ्नै स्वरुपले भनेको हुनाले माया र छायाको प्रसंग पनि निराधार देखिन आऊंछ। तत्व -बोध नभइञ्जेल सम्म माया छायाको कुरा आउनेहो। तसर्थ त्यो परम सत्य परमात्माहो त्यस्तो परम सत्य स्वरुप परमात्माको हामी ध्यान गर्दछौं।
महामुनि वेदव्यासले रचना गर्नु भएको यो श्रीमद्भागवत महापुराणमा साधनको रुपमा परमधर्मको निरुपण गरिएकोछ। जहाँ कुनै प्रकारको कैतव (छल) कपट कामना वा चाहना छैन, त्यस्तो लाई परम भर्म भन्दछन्। यसमात निर्मत्सर शुद्ध अन्तस्करण भएका सन्तहरुको लागि वास्तव वस्तु के हो भन्ने वारेमा विस्तृतपूर्वक वर्णन गरिएकोहो।
यसको लक्षहो सम्पूर्ण अनर्थलाइ हटाएर परमानन्द प्राप्ति गराउनु। श्रीमदभगवत वेदहो र वेद त साक्षात् भगवानले आफ्नो हृदय खोलेर(उधारेर) राखिदिएको वस्तु हो। यसमा तीन प्रकारका तापलाइ जरैदेखि निमोठेर फालेर परम कल्याण दिने तत्व समावेश भएकोछ। भगवान वेदव्यासद्वारा रचित यो अमृतरुपी ग्रन्थको अनुशीलन गरेमा अरु साधन वा शाश्त्रको प्रयोजन आवश्यक पर्दैन। जो कोही व्यक्तिले नित्य भागवतको अनुशीलन अथवा आश्रय लिन्छ भने भगवान उसको हृदयमा आएर विराजमान हुनु हुन्छ,त्यहीं नै बन्दी भएर वसिरहनु हुन्छ अर्थात् श्रवण गर्न चाहने व्यक्तिले परमेश्वरको रुप- माधुरी,नाम-माधुरी गुण-माधुरी, र लिला-माधुरीको तत्काल अनुभव गर्न सक्दछ।
श्रीमद्भागवत सम्पूर्ण वेदको सारहो।सैव उपनिषद्को सारहो,सारा पुराणहरुको सारहो। योत "निगमकल्पतरोर्गलितंफलम्" अर्थात् एकदम राम्ररी पाकेको वेदको फलहो। यो शुकदेवजीको मुखारविन्दवाट निस्केको शब्द हुनाले यो त अमृतमय मीठो रसयुक्तछ। यो यस्तो अपूर्व फलहो जसको जरा गेडा बोक्रा गुदी कोया आदि फाल्नु पर्ने कुरा केही पनि छैन। यसको फल आस्वादन रुपी ज्ञानले अविद्या,अस्मिता, राग द्वेष अभिनिवेश आदि "पञ्चक्लेश"रुपी रोगहरु हटेर ज्ञानरुपी विलक्षण सुखको रस प्राप्ति हुन्छ। तसर्थ उपर्युक्त भागवतको रस नलागिञ्जेल पानगर पानगर बारम्बार पान गर किन भने केही कुरा पनि जीवनमा उतार्नको लागि लामो अवधिसम्म कति पनि नछोडीकन,श्रद्धार सत्कारपूर्वक सेवन गरी राख्नुपर्छ। तसर्थ सदाकाल यसलाइ अनुशीलन गरीराख्नु पर्छ। संसारका भावुक व्यक्तिहरुले यसको अमृतमय रसको पान गरे। यही जीवनको तीर्खा मेट्ने अमृतजलहो यसलाइ पान गर। तत्काल रसानुभूति हुन्छ। एकपटक दुइपटक होइन जीवन पर्यन्त पान गर। यदि परलोकमा रसचाहन्छौ भने यसै जन्ममा धित्मर्ने गरी रसपान गर र ज्ञानको भण्डार वाट ज्ञान प्राप्त गर। यसरी मंगलाचरणमा सवैलाइ यसको अध्ययनको लागि अभिप्रेरित गरिएकोछ। वास्तवमा यी तीनै श्लोकवाट भागवतको महिमा छर्लङ्ग भएकोछ।बारम्बार यी श्लोकको पुनरावृत्ति भएमा मनमा अद्भूत रसाभावको उदय हुन्छ। यी तीन श्लोकको जति व्याख्या गरे पनि यी श्लोकहरुको गम्भीरता मधुरता निर्वचन गर्न सकिँदैन। यसलाइ पढ्ने ,सुन्ने गरेमा यो संसारको रचयिता यौटा सर्वव्यापक शक्तिछ भन्ने कुरामा ऊ विश्वस्त हुन्छ। त्यो शक्तिलाइ कसैले प्रकृति भन्लान्,कसैले परमात्मा भन्लान् ,कसैले ईश्वर भन्लान् ,कसैले ब्रह्म भन्लान् त्यो खाली शब्दको भेद हो तत्वको भेद होइन। वास्तवमा इश्वरको ज्ञान र उसको भक्तिको साधन यी दुइटा कुरा प्राप्त भयो भने कसलाइ अरु के कुराको खांचो पर्छ ? मानिसले भित्री हृदयदेखि चाहना गर्यो भने श्रीमद्भागवतमा यी दुइटा कुरा प्रचूर मात्रामा पाउन समर्थ हुन्छ। ज्ञान भक्ति र वैराज्ञ यो त प्रशान्त महासागर छ।जस्तो गोगीको धेय निरोगी हुनुमा छ यस्तै मनुष्यको धेय आफ्नो कल्याण गर्नुमाछ। आफू आँफूमा प्रेम र प्राणीमात्र प्रति दयाको भाव स्थापित गर्न श्रीमद्भागवतभन्दा अर्को राम्रो साधन छैन" भन्ने पण्डित मदन मोहन मालवीयको वाक्य उद्धृत गर्दै यो मंगलाचरणवारे टिप्पणी यहीं टुङ्ग्याउंछु।
(स्तुति -पुष्प श्रीमद्भागवतमहापुराण पं. श्री नरकान्त अधिकारी)
जयश्रीकृष्ण राधे
🙏श्रीमानसागरी मंगलाचरण 🙏
श्रीशुक रम्भा संवाद
- 🕉️ श्री गणेशो विजयते
- शुक रम्भा संवादः
- रम्भोवाच: -
- मार्गे मार्गे नूतनं चूतखण्डं
- खण्डे खण्डे कोकिलानां विरावः ।
- रावे रावे मानिनी-मानभंगो
- भंगे भंगे मन्मथः पञ्च-बाणः ॥ १ ॥
- हे शुक! मार्गे मार्गे नूतनं नवीनं चूतानां आम्रवृक्षाणां खाम् । अस्ति इति शेषः ।
- तस्मिन्खण्डे कोकिलानां परभृतां विरावः शब्दः
- भवति । तस्मिन् विरावे जाते सति मानिन्याः मानवत्याः मनः गर्वः तस्य भङ्गो नाशः भवति ।
- मानिन्या अपि मानभङ्गः किं पुनः
- साधारणस्त्रीणाम् । तस्मिन् भङ्गे पञ्चबाणाः यस्य सः मन्मथः प्रभवति ॥ १ ॥
- शुक उवाच-
- मार्गे मार्गे जायते साधु-सङ्गः
- सङ्गे सङ्गे श्रूयते कृष्ण-कीर्तिः ।
- कीर्तौ कीर्तौ नस्तदाकारवृत्तिः
- वृत्तौ वृत्तौ सच्चिदानन्द भासः ॥ २ ॥
- रंभे! मार्गे मार्गे साधूनां सज्जनानां संगः परिचयः सङ्गतिश्च जायते । तस्मिन् सङ्गे कृष्णस्य
- प्रभोः कीर्तिः यशः श्रूयते। तस्यां कीर्तौ नः अस्माकं तस्याकारस्याकार इव वृत्तिः भवति ।
- तस्यां तदाकारवृत्तौ सच्चिदानन्दस्य ईश्वरस्य भासः प्रकाशः भवति अनुभूयते इत्यर्थः ॥ २ ॥
- तीर्थे तीर्थे निर्मलं ब्रह्मवृन्दं
- वृन्दे वृन्दे तत्त्व चिन्तानुवादः ।
- वादे वादे जायते तत्त्वबोधो
- बोधे बोधे भासते चन्द्रचूडः ॥ ३ ॥
- तीर्थे पवित्रक्षेत्रे । निर्मलं पवित्रं ब्रह्मविदां ब्राह्मणानां वृन्दं समूहः वर्तते । तस्मिन् वृन्दे तत्त्वस्य
- तत्त्वज्ञानस्य। चिन्तायाः विचारस्यानुवादो विवादे जाते तस्मिन् तत्त्वस्य तत्त्वज्ञानस्यलबोधः ज्ञानं
- जायते भवति । जायमाने तस्मिन् बोधे चन्द्र इन्दुश्चूडे शिरसि यस्य सः ईश्वरः
- शङ्करः दृश्यते इत्यर्थः ॥ ३ ॥
- रम्भोवाच-
- गेहे गेहे जङ्गमा हेम-वल्ली
- वल्यां वल्यां पार्वणं चन्द्र-बिम्बम् ।
- बिम्बे बिम्बे दृश्यते मीन-युग्मं
- युग्मे युग्मे पञ्चबाण-प्रचारः ॥ ४ ॥
- गेहे गेहे जङ्गमा गच्छन्ति, हेम्नः सुवर्णस्य वल्ली लता दृश्यते । तस्यां लतायां शरच्चन्द्रस्य बिंबं
- दृश्यते । तस्मिन् मीनयोर्युग्मं द्वंद्वमालोक्यते । तस्मिन् युग्मे द्वंद्वे पञ्चबाणः यस्य तस्य महतस्य
- प्रचारः भवति ॥ ४ ॥
- शुक उवच-
- स्थाने स्थाने दृश्यते रत्न-वेदी
- वेद्यां वेद्यां सिद्ध-गन्धर्व-गोष्ठी ।
- गोष्ठयां गोष्ठयां किन्नर-द्वन्द्व-गीतं
- गीते गीते गीयते रामचन्द्रः ॥ ५ ॥
- स्थाने स्थाने रत्ननां खचित रत्नानां वेदी दृश्यते आलोक्यते । वेद्यां वेद्यां सिद्धानां गन्धर्वाणां च
- गोष्ठी वार्तालापः श्रूयते । गीते रामचन्द्र ईश्वरः गीयते । किन्नराः रामसंबन्धिगानं कुर्वन्ति।
- अत एव ईश्वरः स्मर्तव्यः ॥ ५ ॥
- रम्भोवाच-
- पीन-स्तनी चन्दन-चर्चिताङ्गी
- विलोल-नेत्रा तरुणी सुशीला ।
- नाऽऽलिङ्गिता प्रेम-भरेण येन
- वृथागतं तस्य नरस्य जीवितम् ॥ ६ ॥
- पीनौ पुष्टौ स्तनौ यस्याः चन्दनेन गन्धेन चर्चितं व्याप्तमङ्गं शरीरं यस्याः । विलोल नेत्रे
- यस्याः सुशीला सुस्वभावा तरुणी युवतीलयेन पुंसा पुरुषेण प्रेमस्य भरः तेन न आलिङ्गिता न मर्दिता
- चेत्तस्य पुंसः जीवितं वृथा निरर्थकं गतम् ॥ ६ ॥
- शुक उवाच-
- अचिन्त्य रूपो भगवान्निरञ्जनो
- विश्वम्भरो ज्ञानमय-श्चिदात्मा ।
- विशोधितो येन ह्रदि क्षणं नो
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ७ ॥
- अचिन्त्यं अविचार्यं रूपं स्वरूपं यस्य । निरञ्जनः। विश्वं भरतीति तथाभूतः । ज्ञानप्रचुरः ज्ञानमयः
- चिदात्मा भगवान् ईश्वरः। येन पुंसा हृदि स्वहृदये क्षणं न विशोधितो-ऽन्वेषितः तस्य नरस्य पुंसः
- जीवितं जीवनं वृथा निरर्थकं गतम् ॥ ७ ॥
- रम्भोवाच-
- कामातुरा पूर्ण-शशांक वक्त्रा
- बिम्बाधरा कोमल-नाल गौरा ।
- नाऽऽलिङ्गिता स्वे हृदये भुजाभ्यां
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ८ ॥
- कामेन मदनेन आतुरा पीडिता । पूर्णश्चासौ शशाङ्कश्चन्द्रः इव वक्त्रं मुखं यस्याः । बिंब इव
- अधरः अधरोष्ठः यस्याः सा तथाभूता । कोमलं मृदुनालं बिसतंतु तद्वत् गौरी गौरवर्णा युवती स्त्री
- येन पुंसा स्वभुजाभ्यां आत्महस्ताभ्यां नान्दोलिता नालिङ्गिता तस्य जीवितं वृथा गतम् ॥ ८ ॥
- शुक उवाच-
- चतुर्भुजः चक्रधरो गदायुधः
- पीताम्बरः कौस्तुभमालया लसन् ।
- ध्याने धृतो येन न बोधकाले
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ९ ॥
- चत्वारः भुजाः हस्ताः यस्य तथाभूतः चक्रधरश्चक्रधारकः । गदा कौमोदकी आयुधं यस्य । पीतं
- पीतवर्णं अंबरं वस्त्रं यस्य। कौस्तुभ-मालया लसन् शोभायुक्तः यः हरिः येन पुंसा ध्याने ध्यान-मार्गे
- बोध-समये न धृतः तस्य पुंसः जीवितं वृथा गतम् ॥ ९ ॥
- रम्भोवाच-
- विचित्र-वेषा नवयौवनाढ्या
- लवङ्ग-कर्पूर सुवासि-देहा ।
- नाऽऽलिङ्गिता येन दृढं भुजाभ्यां
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १० ॥
- विचित्रो चित्रविचित्रो वेषो नेपथ्यो यस्याः । नवेन नूतनेन यौवनेन युवत्याः भावस्तेन आढ्या संपूर्णा ।
- लवंगैश्च कर्पूरैश्च सुवासी देहश्शरीरं यस्याः एतादृशी पूर्वोक्ता स्त्री येन पुरुषेण न आलिङ्गिता मर्दिता
- तस्य नरस्य जीवितं जीवनं वृथा निरर्थकं गतम् ॥ १० ॥
- शुक उवाच-
- नारायणः पङ्कज-लोचनः प्रभुः
- केयूरवान् कुण्डल-मण्डिताननः ।
- भक्त्या स्तुतो येन न शुद्ध-चेतसा
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ११ ॥
- नारा अयनं यस्य जल-शयनः । पङ्कात् कर्दमात् जातं कमलमिव लोचनं यस्य कमलनेत्रः ।
- केयूरवान्कुण्डलेन मण्डितं शोभितं आननं यस्य सः प्रभुः ईश्वरः येन पुरुषेण समाधिना भक्त्या न
- स्तुतः न प्रार्थितः तस्य जीवनं वृथा गतम् ॥ ११ ॥
- रम्भोवाच-
- प्रियंवदा चम्पक-हेमवर्णा
- हारावली-मण्डित-नाभिदेशा ।
- सम्भोग-शीला रमिता न येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १२ ॥
- प्रियं मनोहरं वदति इति प्रियंवदा । चंपकश्च हेमश्च तयोः वर्ण इव वर्णो यस्याः चंपक हेम
- सदृशेत्यर्थः हारस्यावलिः पंक्तिः तया मैतश्शोभितः नाभेः देशः प्रस्थानं यस्याः । संभोगः एव
- शीलं स्वभावः यस्याः । सुरतस्वभावेत्यर्थः। एतादृशी स्त्री येन पुरुषेण न रमिता नालिङ्गिता
- तस्य पुरुषस्य यौवनं वृथा गतम् ॥ १२ ॥
- शुक उवाच-
- श्रीवत्स-लक्ष्म्याङ्कित-हृत्प्रदेशः
- तार्क्ष्य-ध्वजः शार्ङ्ग-धरः परात्मा ।
- न सेवितो येन नृजन्मनाऽपि
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १३ ॥
- श्रीवत्सलक्ष्म्या अङ्कितश्चिन्हितः हृदयस्य प्रदेशो यस्य । तार्क्ष्यः गरुडो ध्वजे यस्य ।
- शार्ङ्ग नाम धनुस्तद्धरतीति तथाभूतः । परमात्मा ईश्वरः। येन नृजन्म यस्य नृजन्मा तेन पुंसा
- न सेवितस्तस्य पुरुषस्य जीवितं वृथा गतम् ॥ १३ ॥
- रम्भोवाच-
- चलत्कटी नूपुर-मञ्जुघोषा
- नासाग्र-मुक्ता नयनाभिरामा ।
- न सेविता येन भुजङ्ग-वेणी
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १४ ॥
- चलन्ती कटी यस्याः । नूपुरेण मञ्जु मनोहरो घोषो यस्याः। नासाग्रे मुक्तानि यस्याः ।
- नयनेन कमल-नयनेन अभिरामा। भुजङ्ग इव वेणी यस्याः । एतादृशी स्त्री येन पुंसा
- न सेविता नालिङ्गिता तस्य नरस्य जीवितं वृथा गतम् ॥ १४ ॥
- शुक उवाच-
- विश्वम्भरो ज्ञान-मयः परेशः
- जगन्मयोऽनन्तगुण प्रकाशी ।
- आराधितो नापि वृतो न योगे
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १५ ॥
- विश्वं बिभर्ति इति । ज्ञान-प्रचुरो ज्ञान-मयः। परेशः। जगन्मयः अनन्तान् गुणान् प्रकाशयति इति
- तथोक्तः ईश्वरःयेन नाराधितः अपि न योगे धृतः तस्य जीवितं जीवनं वृथा गतम् ॥ १५ ॥
- रम्भोवाच-
- ताम्बूल-रागैः कुसुम-प्रकर्षैः
- सुगन्धि-तैलेन च वासितायाः ।
- न मर्दितौ येन कुचौ निशायां
- वृथा गतं तस्य नरस्य जीवितम् ॥१६॥
- तांबूलस्य ये रागास्तैः । कुसुमानां प्रसूनानां प्रकर्षा-स्तैश्च सुगन्धि तैलं तेन वासितायाः स्त्रियाः
- कुचौ स्तनौ निशायांमध्य-रात्रौ येन पुंसा पुरुषेणा न मर्दितौ तस्य नरस्य जीवितं वृथा गतम् ॥१६॥
- शुक उवाच-
- ब्रह्मादि देवोऽखिल विश्व-देवो
- मोक्ष-प्रदोऽतीतगुणः प्रशान्तः ।
- धृतो न योगेन हृदि स्वकीये
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १७ ॥
- ब्रह्मणः आदिदेवः । अखिलस्य समग्रस्य विश्वस्य जगतः देवः मोक्षं प्रददाति इति । अतीताः गुणाः
- यस्य अनन्तगुण इत्यर्थः प्रशान्तः ईश्वरःयेन पुरुषेणा स्वकीये हृदि हृदये योगेन योग-मार्गेण
- न धृतो न धारितः तस्य जीवितं वृथा जतम् ॥ १७ ॥
- रम्भोवाच-
- कस्तूरिका-कुंकुम चन्दनैश्च
- सु-चर्चिता याऽगरु-धूपिताम्बरा ।
- उरः स्थले नो लुठिता निशायां
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १८ ॥
- कस्तूरिका च, कुंकुमस्य केसरस्य, चन्दनानि, तैस्सुचर्चिता सुलेपिता ।अगरु द्रव्यविशेषःतेन धूपितं
- वासितमम्बरं यस्याः। एतादृशी या स्त्री येन पुरुषेण निशायां मध्यरात्रौ उरःस्थले न लुठिता नालिङ्गिता
- तस्य जीवितं वृथा गतम् ॥ १८ ॥
- शुक उवाच-
- आनन्द-रुपो निजबोध-रूपः
- दिव्य-स्वरूपो बहुनाम-रूपः ।
- तपः समाधौ मिलितो न येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ १९ ॥
- आनन्दरूपः । ज्ञानस्वरूपः। दिव्यं शोभायुक्तं स्वरूपं यस्य। बहुनामरूपः ईश्वरः येन पुंसा तपस्समाधिः
- तस्मिन् न धृतस्तस्यनरस्य जीवितं वृथा गतम् ॥ १९ ॥
- रम्भोवाच-
- कठोर पीनस्तन भार-नम्रा
- सु-मध्यमा चञ्जल-खञ्जनाक्षी ।
- हेमन्त-काले रमिता न येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २० ॥
- कठोरयोः पूर्णयोः पीनयोः पुष्टयोः कुचयोः भारेण नम्रा नमिता सुष्ठु-मध्यमो मध्य-भाग यस्याः।
- चञ्चलयोःखञ्जनयोःइव अक्षिणी यस्याः एतादृशी पूर्वोक्ता युवती स्त्री येन पुंसा हेमन्तकाले न
- रमिता नान्दोलिता तस्य नरस्य जीवितं वृथा गतम् ॥ २० ॥
- शुक उवाच-
- तपो-मयो ज्ञान-मयो वि-जन्मा
- विद्या-मयो योग-मयः परात्मा ।
- चित्ते धृतो नो तपसि स्थितेन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २१ ॥
- तपः प्रचुरस्तपोमयः । ज्ञान-मयः। विगतं जन्म अवतारः यस्य जन्म-रहितः इत्यर्थः । विद्यावान्
- योग-प्रचुरःपरश्चासौ आत्माचेति एतादृशः । ईश्वरः तपसि स्थितेन स्थितिं कुर्वता जनेन चित्ते न
- धृतस्तस्य जन्म वृथा गतम् ॥ २१ ॥
- रम्भोवाच-
- सु-लक्षणा मान-वती गुणाढ्या
- प्रसन्न-वक्त्रा मृदु-भाषिणी या ।
- नो चुम्बिता येन सु-नाभि-देशे
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २२ ॥
- सुष्टु लक्षणानि यस्याः सुलक्षणा लक्षणवतीत्यर्थः । मानः अस्यास्तीति तथा भूता, प्रस्न्नं सानन्दं
- वक्त्रं मुखं यस्याःस्मित-मुखीत्यर्थः । मृदु कोमलं भाषते ब्रूते इति मृदु-भाषिणी।सुष्टु शोभनः
- नाभि-देशःनाभि-प्रदेशःयस्याःएतादृशी येन पुंसा न चुंबिता तस्य नरस्य जन्म वृथा गतम् ॥२२॥
- शुक उवाच-
- पत्न्यार्जितं सर्व-सुखं विनश्वरं
- दुःख-प्रदं कामिनि-भोग सेवितम् ।
- एवं विदित्वा न धृतो हि योगो
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २३ ॥
- पत्न्या स्त्रिया आर्जितं प्रापितं सर्वं च तत् सुखं विनश्वरं नश्वरं शीलं । कामिन्याः भोगोपभोगः तेन
- सेवितं तदपि दुःखप्रदम्। एवं विदित्वा ज्ञात्वा योगो न धृतस्तस्य जीवितं वृथा गतम् ॥ २३ ॥
- रम्भोवाच-
- विशाल-वेणी नयनाभिरामा
- कन्दर्प सम्पूर्ण निधानरूपा ।
- भुक्ता न येनैव वसन्तकाले
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २४ ॥
- विशाला महती वेणी केशकलापो यस्याः । नयनैः प्रशस्तनयनैः नेत्रैरभिरामा मनोज्ञा । कंदर्पः
- कामस्तस्य संपूर्णं निधानरूपं यस्याःएतादृशी स्त्री येन पुंसा वसंतस्य काममित्रस्य काले समये
- न भुङ्क्ता न सेविता तस्य नरस्य पुंसो जीवितं वृथा गतम् ॥ २४ ॥
- शुक उवाच-
- माया-करण्डी नरकस्य हण्डी
- तपो-विखण्डी सुकृतस्य भण्डी ।
- नृणां विखण्डी चिर-सेविता चेत्
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २५ ॥
- मायायाः करण्डी नरकस्य रौरवादिकस्य हण्डी,तपसो नियमस्य विखण्डी नाशं कुर्वाणा ।
- सुकृतस्य पुण्यस्य भण्डी नाशं कुर्वाणा,नृणां विखण्डी,यएतादृशी स्त्री चिरं चिरकालं
- सेविता चेत्तस्स्य पुंसःजीवितं वृथा गतम्॥२५॥
- रम्भोवाच-
- समस्त-शृङ्गार विनोद-शीला
- लीलावती कोकिल कण्ठ-नादा ।
- विलासिता नो नव-यौवनेन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २६ ॥
- समस्ताः समग्राः ये शृङ्गारास्तेषु विनोद आनन्द एव शीलं यस्याः । लीलास्संति अस्याः सा कोकिलायाः
- कंठस्तस्य नाद इव नादः शब्दो यस्याः सा एतादृशी । नवं च तत् यौवनं तेन आढ्या संपूर्णा
- यौवनवती युवतीत्यर्थः स्त्री येन पुंसा न विलासिता तस्य जीवितं वृथा गतम्॥ २६ ॥
- शुक उवाच-
- समाधि ह्रंत्री जन-मोहयित्री
- धर्मे कुमन्त्री कपटस्य तन्त्री ।
- सत्कर्म हन्त्री कलिता च येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २७ ॥
- समाधेर्नियमस्य हन्त्री नाशं कुर्वाणा । जनान्मोहयतीतिलजन-संमोह-कारिणी । धर्मे कुमन्त्री
- कुत्सितोपदेशकारिणी। कपटस्य प्रपञ्चस्य तन्त्री सत्कर्मणि घ्नन्ति इति तथा भूता, येन कलिता सेविता
- तस्य जन्म वृथा गतम् ॥२७॥
- रम्भोवाच-
- बिल्वस्तनी कोमलिता सुशीला
- सुगन्ध-युक्ता ललिता च गौरी ।
- नाऽऽश्लेषिता येन च कण्ठ-देशे
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २८ ॥
- बिल्वे इव बिल्वफले इव स्तनौ कुचौ यस्याः सा पुष्टस्तनीत्यर्थः । कोमलिता सुकोमला । सुष्टु शीलं
- स्वभावो यस्याःसुस्वभावेत्यर्थः। सुगन्ध-कुन्ता सुष्टु शोभनाः गंधाः सुगंधाः कुन्ताः केशा यस्याः
- सुगन्ध-केशवतीत्यर्थः ललिता सुन्दरी गौरी गौरवर्णा स्त्री कण्ठादेशे येन पुंसा नाश्लेषिता तस्य नरस्य
- जीवितं वृथा गतम्॥ २८॥
- शुक उवाच-
- चिन्ताव्यथा दुःखमया सदोषा
- संसार-पाशा जन-मोहकर्त्री ।
- सन्ताप-कोशा भजिता च येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ २९ ॥
- चिंता व्यथा दुःखप्रचुरा तन्मयीत्यर्थः दोषैः सह वर्तते इति सदोषा संसारे पाशा-रूपा।
- जन-मोहकर्त्री मोहं करोतीति। जनानं मोहकर्त्री तथाभूता संतापे कोशरूपा संतापभूयिष्टेत्यर्थः।
- एतादृशी येन पुंसाभजिता सेविता तस्य जीवितं वृथा गतम् ॥ २९ ॥
- रम्भोवाच-
- आनन्द कन्दर्प-निधान रूपा
- झणत्क्वणत्कंकण नूपुराढ्या ।
- नाऽस्वादिता येन सुधाधरस्था
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३० ॥
- आनन्द-युक्तःकन्दर्पःआनन्द-कंदर्पःतस्य निधानरूपा,रणंति क्वणन्ति श्ब्दापमानानि कंकणानि च
- नूपुराणी च तैराढ्या शोभिता । अधरे तिष्टति इति अधरस्था सुधा अधरस्था यस्याः
- तथाभूता स्त्रीयेन पुंसा न आस्वादिता तस्य जीवितं वृथा निरर्थकं गतम् ॥ ३०॥
- शुक उवाच-
- कापट्य-वेषा जन-वञ्चिका सा
- विण्मूत्र दुर्गन्ध-दरी दुराशा ।
- संसेविता येन सदा मलाढ्या
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३१ ॥
- कपटस्यायं कापट्यः वेषो यस्याःकपटयुक्तवेषोयमर्थः,जनान्व ञ्चयति तथाभूता, सा
- विण्मूत्र दुर्गन्धानांदरीव,दुष्टा आशा यस्याः । मलेन आढ्या संपूर्णा एतादृशी
- स्त्री येन पुंसा सदा संसेविता तस्य जीवितं वृथा गतम् ॥ ३१ ॥
- रम्भोवाच-
- चन्द्रानना सुन्दर-गौरवर्णा
- व्यक्तस्तनी भोगविलास दक्षा ।
- नाऽऽन्दोलिता वै शयनेषु येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३२ ॥
- चन्द्र इव,इन्दुरिवाननं मुखं यस्याःचन्द्रमुखीत्यर्थः। सुन्दरः। गौरः वर्णो यस्याः ।
- व्यक्तौ स्पष्टं दृश्यमानौ स्तनौ कुचौ यस्याः।भोगस्य विलासे दक्षा निपुणा ।
- एतादृशी स्त्रीयेन पुंसा शयनेषु न आन्दोलिता न आलिङ्गिता तस्य पुंसः जीवितं वृथा गतम् ॥ ३२॥
- शुक उवाच-
- उन्मत्तवेषा मदिरासु मत्ता
- पापप्रदा लोक-विडम्बनीया ।
- योगच्छला येन विभाजिता च
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३३ ॥
- उन्मत्तो वेषो यस्याः । मदिरासु मद्येषु मत्ता मदोन्मत्ता। पापं प्रददाति इति पापप्रदा ।
- लोकान् विडंबयति इति तथा भूता। योगच्चला योगमार्गे कपटरूपा । या स्त्री येन पुंसा विभाजिता
- सेविता तस्य जीवितं वृथा गतम् ॥३३॥
- रम्भोवाच-
- आनन्द-रुपा तरुणी नताङ्गी
- सद्धर्म-संसाधन सृष्टि-रुपा ।
- कामार्थदा यस्य गृहे न नारी
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३४ ॥
- आनन्देन युक्ता रूपं यस्याः । तरुणी युवती। नतं अङ्गं यस्याः। सन्चासौ धर्मश्च तस्य सम्यक् साधनं
- तस्य सृष्टि रूपा। कामं अर्थं च ददाति इति तथाभूता । नारी स्त्री। यस्य गृहे नास्ति तस्य
- नरस्य जीवितं वृथा गतम् ॥३४ ॥
- शुक उवाच-
- अशौच-देहा पतित-स्वभावा
- वपुःप्रगल्भा बल-लोभशीला ।
- मृषा वदन्ती कलिता च येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३५ ॥
- अशौचः अपवित्रः देहः शरीरं यस्याः अपवित्र-शरीरेत्यर्थः । पतितः नीचः स्वभावो यस्याः ।
- वपुषा प्रगल्भा निर्भीका।
- बलस्य परबलस्य लोभः एव शीलं यस्याः। परबल-हरण-शीलेत्यर्थः। मृषा अनृतं वदतीति वदन्ती
- मिथ्या-भाषिणीत्यर्थः ।एतादृशी स्त्री येन पुंसा सेविता व्याक्षा तस्य पुंसः जीवितं व्यर्थं गतम् ॥३५ ॥
- रम्भोवाच-
- क्षामोदरी हंसगतिः प्रमत्ता
- सौंदर्यसौभाग्यवती प्रलोला ।
- न पीडिता येन रतौ यथेच्छं
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३६ ॥
- क्षामं कृशं उदरं यस्याः.कृशोदरीत्यर्थः.हंस इव मराल इव गतिः गमनं यस्याः.प्रमत्ता उन्मत्ता.सुन्दरस्य
- भावं सुभगायाःभावः सौभाग्यं च तद्वती. प्रलोला चंचला येन पुंसा रतां क्रीडायां यथेच्छं
- संपूर्णतया न निपीडिता चेन्नमर्दिता चेत्तस्य जीवितं वृथा गतम् ॥ ३६ ॥
- शुक उवाच-
- संसार-सद्भावन भक्ति-हीना
- चित्तस्य चौरा हृदि निर्दया च ।
- विहाय योगं कलिता च येन
- वृथा गतं तस्य नरस्य जीवितम् ॥ ३७ ॥
- संसारे सद्भावना यस्य तया भक्त्या हीना रहिता. चित्तस्य अन्तःकरणस्य चोरा हरणशीला. हृदि हृदये
- निर्दया दयारहिता. एतादृशी स्त्री येन पुंसा योगं विहाय योगमार्गं त्यक्त्वा कलिता आलिङ्गिता तस्य
- जीवितं वृथा गतम् ॥ ३७ ॥
- रम्भोवाच-
- सुगन्धैः सुपुष्पैः सुशय्या सुकान्ता
- वसन्तो ऋतुः पूर्णिमा पूर्णचन्द्रः ।
- यदा नास्ति पुंस्त्वं नरस्य प्रभूतं
- ततः किं ततः किं ततः किं ततः किम् ॥ ३८ ॥
- सुष्टु गन्धः येषां तानि सुगन्धति तैः. सुपुष्पैस्सुकुसुमै-रलंकृता सुशैया पर्यंकः च सुकान्ता
- युवती. वसन्तः मधु ऋतुः. पूर्णीमायाः पूर्ण्श्चासौ चन्द्रः. सर्वाणि वस्तूनि सन्ति किं तु यदा
- नरस्य पुंसःभावः पुंस्त्वं पुरुषत्वं प्रभूतं अत्यन्तं नास्ति चेत्तदा ततः शय्यायाः किं प्रयोजनं,
- सुकान्तायाः किं,वसन्तेन किं,पूर्णिमापूर्णचन्द्रेन किम्? ॥ ३८ ॥
- शुक उवाच-
- सुरूपं शरीरं नवीनं कलत्रं
- धनं मेरुतुल्यं वचश्चारुचित्रम् ।
- हरस्याङ्घि युग्मे मनश्चेदलग्नं
- ततः किं ततः किं ततः किं ततः किम् ॥ ३९ ॥
- सुष्टु रूपं यस्य तत्सुरूपं शरीरम्. नवीनं नूतनं कलत्रं युवती स्त्री, मेरुणा तुल्यं
- धनं द्रव्यं,चारु सुन्दरं प्रियं चित्रमलङ्कारयुक्तं वचः वाक्यं, उपरि सर्ववर्णितमस्ति;किन्तु,
- हरेः ईश्वरस्य अंघ्रियुग्मे चरणकमलयुग्मे मनः अन्तःकरणं न लग्नं चेत्तेन सुरूपशरीरादिना
- किं?
- न किमपीत्यर्थःअतो मोहं विहाय सच्चिदानन्दा ध्येतव्य इत्यर्थः ॥ ३९ ॥
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥
भावार्थ: हे श्रीपति हे देवेश हे पुरुषोत्तम देवतार्चनको सम्पूर्ण उत्तम विधि सुन्न चाहन्छु मलाई बताउनुहोस् ।
श्रीभगवानुवाच :-
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
भावार्थ: भगवान् भन्नुहुन्छ:- गण्डकीको उत्तर र हिमालयको दक्षिणमा दश योजनमा फैलिएको पृथ्वीको पवित्र महाक्षेत्र अवस्थित छ ।
शालग्रामो भवेद्देवो देवी द्वारावती भवेत् ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥३॥
भावार्थ: उपर्युक्त क्षेत्रमा शालग्राम देवता र द्वारावती देवीको सङ्गमस्थल जहाँ छ त्यहाँ अवश्य मुक्ति प्राप्त हुन्छ यसमा सन्देह छैन ।
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
भावार्थ: जहाँ शालग्राम शिला र द्वारावती शिलाको सङ्गम छ त्यहाँ मुक्ति प्राप्त हुनेमा सन्देह छैन ।
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥
भावार्थ: जन्मदेखि नै गरेका पापहरुको प्रायश्चित्त जो चाहन्छ त्यसका निम्ति शालग्रामशिलाको जल पाप हरण गर्न समर्थ छ त्यस्तो शालग्राम शिलालाई नमस्कार छ ।
अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
भावार्थ: अकालमृत्यु हरण गर्ने, सम्पूर्ण रोग नाश गर्ने यस किसिमको शालग्राम स्वरूप विष्णुको पाउको जल पिएर शिरमा धारण गर्दछु ।
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
भावार्थ: शङ्खमा जल राखेर केशव (शालग्राम भगवान्) को वरिपरि घुमाउनाले (शङ्खार्घ अर्पण) मनुष्यहरुको अङ्गमा लागेका ब्रह्महत्या आदि पापहरु डढाउँछ (नाश हुन्छन्) ।
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
भावार्थ: चक्र अङ्कित शालग्राम शिलालाई स्नान गराएको जल नित्य पिउनाले ब्रह्महत्याजन्य पाप नाश गर्दछ ।
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥
भावार्थ: हजारौँ अग्निष्टोम यज्ञहरु तथा शयौँ वाजपेय यज्ञहरुबाट जुन फल प्राप्त हुन्छ त्यति नै फल शालग्राम विष्णुको नैवेद्य ग्रहण गर्नाले प्राप्त हुन्छ ।
नैवेद्ययुक्तां तुलसीं च मिश्रितां विशेषतः पादजलेन विष्णोः ।
योऽश्नाति नित्यं पुरतो मुरारेः प्राप्नोति यज्ञायुतकोटिपुण्यम् ॥१०॥
भावार्थ: विशेषत: तुलसी मिश्रित नैवेद्यले युक्त विष्णुको(शालग्रामको) पादोदकले जसले नित्य मुरारि (नारायण) भगवान्को समीपमा स्नान गर्दछ उसले हजारौँ यज्ञबाट प्राप्त हुने कोटि-कोटि पुण्य फल प्राप्त गर्दछ ।
खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
भावार्थ: खण्डित भएका (फुटेका), चर्केका, आगोले डढेका शालग्रामशिला जहाँ हुन्छन् त्यहाँ समेत दोष हुँदैन । (अर्थात् , सग्ला शालग्राम उपलब्ध नभएमा त्यस्ता खण्डित शालग्राम शिला पूजा गर्दा समेत दोष लाग्दैन, अन्य मूर्ति वा प्रतिमा खण्डित भएमा पूजा गर्न मिल्दैन ।)
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
भावार्थ: शालग्राम शिलाको सेवाको क्रममा मन्त्र पूजा, तीर्थ, भावना, स्तुति, पूजनसामग्री केही आवश्यक पर्दैन ।
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
भावार्थ: मन, वचन र शरीरमार्फत गरिएका ब्रह्महत्यादि सम्पूर्ण पापहरु शालग्रामशिलार्चन गर्नाले तुरुन्त नाश हुन्छन् ।
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
भावार्थ: अनेक वर्णले युक्त भएका, अनेक नैवेद्य एवं पाप-पुण्यका फल तथा अनेक वर-प्रसादले सुशोभित लक्ष्मीकान्त नारायण (शालग्राम) भगवान् को महिमा म बताउँछु ।
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥
भावार्थ: स्वयं नारायणको स्वरूप लिएर प्रकट भएका र कर्मले मध्यभागमा चक्राकार भएका एवं वर-प्रसादयुक्त लक्ष्मीकान्त (शालग्राम) भगवान्को महिमा म बताउँछु ।
कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
भावार्थ: कृष्ण (कालो रङ्गका) शालग्राम शिलाको फेदमा जहाँ सुक्ष्म चक्र देखिन्छ त्यस्ता चक्रले सौभाग्य र सन्तति दिनुका साथै सबै प्रकारका सुख पनि प्रदान गर्दछन् ।
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
भावार्थ: वासुदेव भगवानका चिह्नहरु देखेर मात्र पनि सबै पापबाट मुक्ति पाइन्छ । शालग्राममा दायाँ हातमा श्री धारण गरेका र वायाँ हातमा हरियो वर्णले युक्त भगवान्लाई देखिन्छ ।
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
भावार्थ: वराह स्वरूप तथा कुर्म स्वरूप भगवान्का अङ्गचिह्नहरुले चिह्नित तथा गोपद चिह्न वाराह र वामन स्वरूप शालग्राममा देखिन्छन् ।
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥
भावार्थ: पीताम्वर देवताहरुले समेत भयावह देख्ने रक्तवर्णका नारसिंहावतार भगवान् शालग्रामावतार भई मोक्ष प्रदान गर्नुहुन्छ ।
शङ्खचक्रगदाकूर्माः शङ्खो यत्र प्रदृश्यते ।
शङ्खवर्णस्य देवानां वामे देवस्य लक्षणम् ॥२०॥
भावार्थ: शङ्ख-चक्र-गदा-कूर्म स्वरूप शालग्राम शिला जहाँ शङ्ख देखिन्छ, उक्त शिलामा देवताहरुको वायाँ भागमा शङ्खवर्णको देवताको लक्षण हुन्छ ।
दामोदरं तथा स्थूलं मध्ये चक्रं प्रतिष्ठितम् ।
पूर्णद्वारेण सङ्कीर्णा पीतरेखा च दृश्यते ॥२१॥
भावार्थ: बीचमा चक्र अवस्थित दामोदर तथा स्थूल शालग्राम शिलामा पूर्ण द्वार युक्त पहेँलो रेखा पनि देखिन्छ ।
छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
भावार्थ: छत्राकार शालग्राम राज्यप्राप्ति, गोलाकार शालग्रामअत्यन्त श्री प्राप्ति चेप्टो शिला महादु:ख, शूलाग्र (अगाडी चुच्चो परेको) शालग्राम रणोन्मुख गराउने हुन्छन् ।
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
भावार्थ: चक्राकार सुनौलो वर्णका शिलामा निधारमा शेषनागको फणा, शिरभागमाथि सुनौलो वर्ण वामदेव शालग्रामको लक्षण हो ।
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
भावार्थ: पिङ्गल शालग्रामचक्रको वायाँ भागमा कृष्णवर्ण देखिन्छ भने लक्ष्मी र नृसिंहदेवहरुको फरक वर्ण देखिन्छ ।
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
भावार्थ: लम्बोष्ठ शिला पूजन गर्नाले दरिद्र हुन्छ, पिङ्गल शिला (कैलो रङ्गको शिला पूजन गर्दा हानि, लग्नचक्र शिला पूजनले रोग र चिरिएको शिला पूजनले मृत्युदोष हुन्छ ।
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥
भावार्थ: नारायण (शालग्राम) को चरणोदक र पूजाको प्रसाद सर्वदा मस्तकमा धारण गरियोस्, विष्णुको प्रसाद तुलसीदल मिसाएर ग्रहण गरियोस् ।
कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटि
भावार्थ: उपर्युक्त कार्य गर्ने व्यक्ति हजारौँ कोटि कल्प वैकुण्ठमा वास पाउँछ, शालग्राम शिलाको विन्दुमात्रले पनि करोडौँ हत्याजन्य पाप नाश गर्न समर्थ छ ।
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
भावार्थ: त्यसकारण सदा सालग्रामको पूजा गरियोस्, जुन द्विजले सधैँ ध्यान पूर्वक पूजा गरेर जसले शालग्राम शिला स्तोत्र पाठ गर्दछ त्यो व्यक्ति जुन लोकमा हरि रहनुहुन्छ त्यस्तो परम पवित्र स्थान (वैकुण्ठ धाम) प्राप्त गर्दछ र सबै पापबाट मुक्त भई विष्णुलोक जान्छ ।
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
भावार्थ: दशावतार भगवान्का पृथक् पृथक् स्वरूपहरु देखिन्छन्, जसले यथाक्रम विष्णु भगवान्को पूजा गर्दछ त्यसले इच्छाएको राज्य प्राप्त गर्दछ ।
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
भावार्थ: विष्णुनैवेद्य भक्षण गर्नाले करोडौँ ब्रह्महत्या र अगम्य गमन दोष (गर्न नहुने कार्य गर्नुको दोष) नाश हुन्छन् ।
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥
भावार्थ: विष्णु (शालग्राम भगवान्) को चरणोदक प्राशन गर्नाले करोडौँ जन्मका पाप नाश हुन्छन्, विष्णुको चरणोदकको एक बिन्दु मात्र पनि भुईँमा खसाल्नाले चरणोदक प्राशन गर्दा प्राप्त हुने पुण्यको आठ गुणा पाप लाग्दछ ।
(भावार्थ : आचार्य सन्तोष सुवेदीद्वारा )
श्री भविष्योत्तरपुराणे श्रीकृष्णयुधिष्ठिरसंवादे गण्डकीमाहात्म्ये शालग्रामस्तोत्रम् सम्पूर्णम् ।। 🕉️
- 🕉️ जनै (यज्ञोपवित) धारणको महत्व 🕉️
जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ ।
ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै "पारस्करगृह्यसूत्रमा" लेखिएको छ जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ।
"ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेर्यत्सहजं पुरस्तात |
आयुष्यमग्रयं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः ||"
ऋग्वेदका अरू मन्त्रमा पनि भनिएको छ( यज्ञोपवितको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामथ्र्य प्रदान गर्छ । यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ ।
अग्निसमान तेजस्विता, सूर्यसमान शौर्य, चन्द्रसमान शीतलता, दिव्यगुण एवम् सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्ने वेदवाक्यबाट पुष्टि हुन्छ । सधै सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनुपर्ने वेद र गृह्यसूत्रले भन्छन्रु। यसलाई मनोवैज्ञानिक कोणबाट पनि प्रमाणित गर्न सकिन्छ । जो सधै जनै धारण गर्छ, जो सधै सत्यनिष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैं उँचो रहने व्यवहारबाट बुझ्न सकिन्छ ।
"शिशुरूपेण भगवान् रेममाणो जगत्पतिः।
आत्मनः निजरूपं स प्रकाशयति भक्तये॥"
पवीतमा ९ डोरा हुन्छ । तीमध्ये पहिलामा ॐकार, दोस्रामा अग्नि, तेस्रामा नाग, चौथामा चन्द्र, पाँचौंमा पितृहरू, छैटौंमा प्रजापति, सातौंमा अग्नि (कतै वायु पनि लेखिएको), आठौंमा सूर्य एवम् नवौं तन्तुमा विश्वदेवको आवाहन गरिन्छ ।
साथै तीन ग्रन्थि (गाँठा) मा ब्रह्मा, विष्णु र महेश्वरलाई आवाहन एवम् पूजा गरिन्छ । यसकारण अभिमन्त्रित जनैमा बस्ने यी देवताले धारकलाई आफूमा विद्यमान शक्ति र सामथ्र्य प्रदान गर्छन् भन्ने शास्त्रीय वचन पाइन्छ ।
जनैलाई शौचका समयमा दाहिने कानमा बेर्ने चलन छ । जनैमा मलमूत्रको स्पर्श नहोस् भन्ने यसको मूल मर्म हुनुपर्छ । केही परम्परावादीले चिकित्साविज्ञानलाई उद्धृत गर्दै कानका नसाको सिधा सम्पर्क अण्डकोषसँग हुने बताउँछ । बसेर मलमूत्र त्याग गरिँदा कानमा जनै बेरियो भने त्यहाँका नसा दबिई प्रत्यक्ष(अप्रत्यक्ष शुक्राणु पिसाबसँगै बाहिरिनबाट जोगिने, पाचनप्रणाली सहज हुने उनीहरूको भनाइ छ । तर यसलाई अमेरिकाको युनिभर्सिटी अफ इलिनोइमा कार्यरत न्युरोलोजिस्ट (एमडी) डा. द्रोणाचार्य लामिछानेले प्रमाणित गर्न अस्वीकार गरेका छन् ।
यज्ञोपवित कति डोराको लगाउने भन्ने विषयमा शास्त्रमा फरक(फरक व्यवस्था देखिन्छ । हेमाद्रि लगायतका ग्रन्थमा ब्रह्मचारी र संन्यासीले ३ डोरा, वानप्रस्थी तथा उत्तरीय वस्त्र (गाम्छा आदि) लगाउने गृहस्थले ६ डोरा एवम् उत्तरीय नलगाउने गृहस्थले चाहिं ९ डोराको जनै धारण गर्नुपर्ने उल्लेख छ ।
ब्रह्मचारीले समावर्तनपश्चात् ६ डोराको जनै लगाउनुपर्ने हो तर नेपाली समाजमा व्रतबन्धकै दिन समावर्तन विधि पूरा गरिन्छ । त्यसै दिनदेखि उनीहरू ६ डोराका जनै लगाउने गर्छन् । जनै कम्मरभन्दा मुनि जानु हुन्न र माथि पनि उठेको हुनु हुन्न भन्ने ऋषि वशिष्ठले उल्लेख गरेका छन् । जनै पुरानो भएपछि कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकारबीच मतभेद देखिन्छ । एक थरीले ६ महिनामा फेर्ने भनेका भए पनि नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ ।
व्यावहारिक दृष्टिबाट हेर्ने हो भने ऋषिहरूले आर्यलाई अरूबाट छुट्याउन शिखा र सूत्र (जनै) व्यवस्था गरेका हुन्छ । त्यसैले यो आर्यत्वको चिनारी हो । आर्यत्वका त्यस्तै चिह्न शिखा र सूत्र हुन। जनैको सिधा सम्बन्ध व्रतबन्धसँग देखिन्छ । यज्ञोपवित धारण व्रतबन्धमै सुरु हुन्छ । व्रतबन्धको अर्थ हो( अनुशासनमा बाँधिनु । जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ । प्राचीनकालमा ७(८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो ।
गुरुले बालकका प्रज्ञाचक्षु खोलिदिन्थे । त्यसैले व्रतबन्धलाई उपनयन अर्थात् दोस्रो आँखा खोल्नु भनिएको हो । मानिस जन्मँदा पशुसरह हुन्छ जब उसमा संस्कारहरू गरिन्छन, जब उसले शिक्षा प्राप्त गर्छ, तब मात्र उसको प्रज्ञाजन्म हुन्छ । यसैलाई द्विज भनिएको हो । शास्त्रमा ब्राह्मण, क्षत्रिय र वैश्यलाई मात्र द्विजत्वको अधिकार प्राप्त भए पनि व्यवहारमा विद्याविचक्षण स्वामी प्रपन्नाचार्य, योगी नरहरिनाथ आदि थुप्रै मनिषी द्विज ठहरिएका उदाहरण छन ।
आज समाजले द्विजत्वलाई जातिसँग नभएर ज्ञानसँग जोडेको छ । उसले ग्रहण गरेको पेसाका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्यादि छुट्याउनुपर्छ भन्ने बहस सुरु भएको छ ।
मनु, वशिष्ठ र याज्ञवल्क्यहरूको समाजभन्दा आजको समाज धेरै भिन्न छ ।
परम्पराले श्रावणशुक्ल पूर्णिमा (जनैपूर्णिमा) लाई ब्राह्मणको, दसैंलाई क्षत्रियको र तिहारलाई वैश्यको पर्व भनेर वर्गीकृत गरेको भए पनि सबै वर्गका सनातनीले दशैं तिहारलाई सर्वाधिक महत्त्व दिइरहेका छन् । आज समाजको साध्य( आदर्श, ज्ञानार्जन, चिन्तन एवम् अध्यात्मसाधना नभएर द्रव्योपार्जन बन्न पुगेको छ ।
द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।
उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।
तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋण अनि सत्व, रज र तमको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।
जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।
जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक र अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ ।
"ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्रयं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतम् बलमस्तु तेज: ॥" -(पारस्कर गृह्यसूत्र २/२/११)-ऋग्वेद।
🌅
🌅Some beautiful Guidelines 🌅
2● The most satisfying two-letter word "WE"... ► Use it
3● The most poisonous three-letter word "EGO"... ► Kill it
4● The most used four-letter word "LOVE"... ► Value it
5● The most pleasing five-letter word "SMILE"... ► Keep it
6● The fastest spreading six-letter word "RUMOR"... ► Ignore it
7● The hardest working seven-letter word "SUCCESS"... ► Achieve it
8● The most enviable eight-letter word "JEALOUSY"... ► Distance it
9● The most powerful nine-letter word "KNOWLEDGE"... ► Acquire
12 x 8 + 2 = 98
123 x 8 + 3 = 987
1234 x 8 + 4 = 9876
... 12345 x 8 + 5 = 98765
123456 x 8 + 6 = 987654
1234567 x 8 + 7 = 9876543
12345678 x 8 + 8 = 98765432
123456789 x 8 + 9 = 987654321
1 x 9 + 2 = 11
12 x 9 + 3 = 111
123 x 9 + 4 = 1111
1234 x 9 + 5 = 11111
12345 x 9 + 6 = 111111
123456 x 9 + 7 = 1111111
1234567 x 9 + 8 = 11111111
12345678 x 9 + 9 = 111111111
123456789 x 9 +10 = 1111111111
9 x 9 + 7 = 88
98 x 9 + 6 = 888
987 x 9 + 5 = 8888
9876 x 9 + 4 = 88888
98765 x 9 + 3 = 888888
987654 x 9 + 2 = 8888888
9876543 x 9 + 1 = 88888888
98765432 x 9 + 0 = 888888888
Brilliant, isn't it?
And look at this symmetry:
1 x 1 = 1
11 x 11 = 121
111 x 111 = 12321
1111 x 1111 = 1234321
11111 x 11111 = 123454321
111111 x 111111 = 12345654321
1111111 x 1111111 = 1234567654321
11111111 x 11111111 = 123456787654321
111111111 x 111111111 = 12345678987654321
Now, take a look at this...
If:
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z
(Is represented as...)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26.
If:
H-A-R-D-W-O- R- K
8+1+18+4+23+ 15+18+11 = 98%
And:
K-N-O-W-L-E- D-G-E
11+14+15+23+ 12+5+4+7+ 5 = 96%
But:
A-T-T-I-T-U- D-E
1+20+20+9+20+ 21+4+5 = 100%
Then:
L-O-V-E-O-F-G-O-D
12+15+22+5+15+ 6+7+15+4 = 101%
Therefore, one can conclude with mathematical certainty that:
While Hard Work and Knowledge will get you close, and Attitude will
get you there, It's the Love of God that will put you over the top!
It's up to you if you share this with your friends & loved ones just
the way I did..
ACCESS" problem then,
1. Click "Start", input "NCPA.CPL" (without
quotation marks) and press Enter.
2. Right click on the connection that you use
for the local connection, and then click
"Properties".
3. Click to select "Internet Protocol Version 4
(TCP/IPv4)", and then click "Properties".
4. In the Internet Protocol window, let's
change the "Preferred DNS server" to
208.67.222.222 and "alternate DNS server" to
208.67.220.220
ENJOY FREE WIFI !!!
.jpeg)
No comments:
Post a Comment