संसारका पवित्रतम् नदीहरूमध्ये हाम्री गण्डकी शीर्षस्थानमा पर्दछिन् । साक्षात् नारायणका गालाको पसिना स्वरूपमा निर्झरित गण्डकीले उनै सर्वेश्वर नारायणको अर्चाविग्रह भगवान् शालग्राम (चक्रशिला) लाई जन्मदिने भएकोले शालग्रामलाई गण्डकीनन्दन (गण्डकीका पुत्र) पनि भनिन्छ ।
उत्तरपूर्वी मुस्ताङको नेपाल तिब्बत सीमा स्थित ६,२६८ मिटर अग्लो न्हुबिने हिमाललाई गण्डकीको उद्गमस्थल मानिन्छ । उद्गमस्थलबाट स्थानीय भाषामा स्छौमा नामले दक्षिणतर्फ बगेपछि ल्होमान्थाङ नजिकै न्हेचुङ खोलामा मिसिएर मुस्ताङ खोलाका नामले अनि कागवेनीमा काग खोला र मुस्ताङ खोला मिसिएपछि कालीगण्डकी नामले बहने यी नदिमा संसारको सबैभन्दा अग्गो र गहिरो कालीगण्डकी गल्छी समेत प्राकृतिक रूपमा निर्मित छ । गण्डकीका मुख्य सहायक सात नदीहरूमा कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, मर्स्याँङ्दी, दरौँदी र त्रिशूली हुन् भने विभिन्न ठाउँमा अन्य सहायक नदीहरू समेत समेट्दै चितवनको देवघाट नजिक त्रिशूलीसँग मिसिएर नारायणी (सप्तगण्डकी) नामले प्रसिद्ध छन् । त्यस्तै, भारतको पटनानेर भागीरथी गंगामा मिसिएर अन्तत: गंगासागर हुँदै बंगालको खाडीमा समाहित हुन्छिन् ।

नेपालको लुम्बिनी, गण्डकी, नारायणी, धवलागिरी आदि क्षेत्रमा बस्ने बासिन्दाको घरघरमा नित्य शालिग्राम पूजा हुनुको साथै मृत्युुपश्चात् शवदाह लगायतका कर्म पनि कालीगण्डकीको तटमै गर्ने प्रचलन छ । यहाँ अलि ठूलो पूजाआजा भयो भने फूलपाती सेलाउन समेत गण्डकीमै जाने परम्परा छ । यहीँ गण्डकी तटबाट जडभरत, महर्षि पराशर, महर्षि वाल्मीकि, महर्षि देवदत्त, ऋष्यश्रृङ्ग्य, श्रृङ्गी ऋषि आदि अनेकौं सिद्ध सन्तहरु र हाम्रा कयौं पुस्ताहरूको ध्यान, तप एवं साधना पूर्ण तथा जीवन मुक्त (मोक्ष) भएको छ ।
नेपालका प्रमुख चार धामहरूमध्ये हरिहर क्षेत्र (देवघाट), रुरुक्षेत्र (रिडी) र मुक्तिक्षेत्र (मुक्तिनाथ) गरी ३ धाम पनि गण्डकी काखका अवयव एवं धरोहर हुन् । शिरमा दामोदर अनि मुक्तिदाता भगवान् मुक्तिनाथ सजाएर हृदयस्थलमा रुद्रवेणी र हृषिकेश हुँदै पाउमा आदिप्रयाग देवघाटसम्म पुग्दा छटाहरुमा त्रिवेणी, राम्दी, आलमदेवी, गलेश्वर, सेतीवेनी, कागवेनी आदि थुप्रै पवित्र धार्मिक, सांस्कृतिक, आध्यात्मिक, प्राकृतिक एवं पर्यावरणीय स्थानहरूमा गण्डकीको कलरव ध्वनि निसृत छ । गण्डकीतटमा तर्पण र पिण्डदानादि श्राद्धकर्म गर्दा आफ्ना चौध पुस्ता (पितादि सप्त, मातामहादि सप्त) तृप्त हुने धार्मिक मान्यता छ । असंख्य शालग्राम भगवानलाई अविरल स्नान गराउँदै निर्झरित जल आफैँमा अनुपम तीर्थमणि नै हो जसको एकै थोपा मात्र पनि मुखमा पर्यो भने निःसन्देह जीवात्मा धन्य हुन्छन् ।
गण्डकीको व्यापक महिमा हाम्रा सामान्य दुईचार टुटेफुटे लौकिक शब्दहरूबाट उजागर गर्न सकिने विषय हुँदै होइन । स्वयंसिद्ध गण्डकी महिमा विम्वात्मक रूपमा यस्तो पाइन्छ :-
"रवीन्दुक्षये त्वं कुरुक्षेत्रधामा,
सदा माघमासे प्रयागेणतुल्या ।
पितृश्राद्धकाले गयापुण्यदात्री,
मृतौ काशिकामुक्तिदाsसि प्रसिद्धा ।।"
अर्थात्, सूर्य र चन्द्र ग्रहणमा स्नान गर्दा कुरुक्षेत्रमा नुहाएको फल मिल्ने, माघ महिनामा स्नान गर्दा तीर्थराज प्रयागमा स्नान गरेको फल मिल्ने, पितृश्राद्धादि कर्ममा गयाश्राद्धको फल मिल्ने र गण्डकी किनारमा देह त्याग वा शवदाहादि कर्म गर्दा काशी विश्वनाथले जस्तो मुक्ति दिन समर्थ कालीगण्डकी प्रसिद्ध छन् ।
मोक्षदायिनी कालीगण्डकी र शालग्राम शिलाको महिमा केही उपनिषद्हरु, श्रीमद्भागवत, अन्य पुराणहरु, महाभारत, आनन्दरामायण, मुक्तिक्षेत्र माहात्म्य, मुकुन्दमालास्तोत्र लगायत ग्रन्थहरुमा प्रसस्तरूपमा पाइन्छन् ।
"शालग्रामसमीपे तु क्रोशमात्रं समन्तत: ।
कीटोsपि म्रियते याति वैकुण्ठभुवनं ध्रुवम् ।।
पशुपक्षिमृगा मर्त्या वृक्षा ग्रावास्तृणानि च ।
तज्जलस्पर्शनादेव गच्छन्ति स्वर्गमुत्तमम् ।।"
मुक्तिक्षेत्रमाहात्म्यबाट उद्धृत यस श्लोकमा शालिग्रामशिलाको एक कोश दुरी वरपर कुनै किरा मर्यो भने पनि वैकुण्ठलोक प्राप्त गर्दछ । पशु, पंक्षी, वन्यजन्तु, वृक्ष, पत्थर र झार समेत कालीगण्डकीको जल स्पर्श मात्रले समेत स्वर्गलोक प्राप्त गर्दछन् भनेर बताइएको छ ।
"शालग्रामशिलारूपो तव गर्भगत: सदा ।
स्थास्यामि तव पुत्रत्वे भक्तानुग्रहकारणात् ।।"
वराहपुराणमा वर्णित यस श्लोकमा विष्णु भगवान् स्वयंले आफू गण्डकी पुत्रको रूपमा शालग्राम शिला भएर भक्तहरुको अनुग्रहका निम्ति गण्डकीको गर्भमा सदा रहनेछु भन्नुभएको छ ।
गुल्मी जिल्लामा जन्मिनुभएका संस्कृतविद्वद्विभूषण पण्डित श्री उमानाथ पन्थीले कालीगण्डकीकै महिमा वर्णन गरेर गण्डकीगौरव नामक संस्कृत काव्य समेत रचना गर्नुभएको छ ।
"तव गर्भसमुद्भवा: शिला भजता चक्रिसरूपताssप्यते ।
जनयित्रि न मेsत्र संशयस्तव योगादितरा सरिद्यथा ।। "
काव्यको उदाहरणस्वरूप उद्धृत उपर्युक्त श्लोकमा पण्डित उमानाथ पन्थीले हे गण्डकी श्रद्धापूर्वक नित्य तिम्रो गर्भबाट उत्पत्ति भएका शालिग्रामशिला पूजा गर्ने मानिसहरु अन्त्यमा भगवत्सारुप्यमुक्ति प्राप्त गर्दछन् यसमा कुनै संशय छैन भनेर गण्डकीको महिमा बताउनुभएको छ ।
त्यस्तै, भविष्योत्तर पुराणमा भगवान् श्रीकृष्ण र युधिष्ठिरको संवादमा गण्डकी माहात्म्य अन्तर्गत निम्नानुसार अनुष्टुप छन्दको ३२ श्लोकमा रहेको शालग्राम (शालिग्राम) स्तोत्र समेत लोक प्रसिद्ध रहेको छ । जसमा शालग्राम शिलाको रूप, लक्षण, प्रतीक चिन्ह, महत्व, विधि, निषेध आदि सबै कुराको निरुपण भगवान् श्रीकृष्ण स्वयंले गर्नुभएको छ :-
अस्य श्रीशालग्रामस्तोत्रमन्त्रस्य श्रीभगवान् ऋषिः नारायणो देवता, अनुष्टुप् छन्दः श्रीशालग्रामस्तोत्रमन्त्रजपे विनियोगः
युधिष्ठिर उवाच :-
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥
श्रीभगवानुवाच :-
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
शालग्रामो भवेद्देवो देवी द्वारावती भवेत् ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥३॥
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥
अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥
नैवेद्ययुक्तां तुलसीं च मिश्रितां विशेषतः पादजलेन विष्णोः ।
योऽश्नाति नित्यं पुरतो मुरारेः प्राप्नोति यज्ञायुतकोटिपुण्यम् ॥१०॥
खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥
कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥
शङ्खचक्रगदाकूर्माः शङ्खो यत्र प्रदृश्यते ।
शङ्खवर्णस्य देवानां वामे देवस्य लक्षणम् ॥२०॥
दामोदरं तथा स्थूलं मध्ये चक्रं प्रतिष्ठितम् ।
पूर्णद्वारेण सङ्कीर्णा पीतरेखा च दृश्यते ॥२१॥
छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥
कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटिविनाशनः ॥२७॥
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥
श्री भविष्योत्तरपुराणे श्रीकृष्णयुधिष्ठिरसंवादे गण्डकीमाहात्म्ये शालग्रामस्तोत्रम् सम्पूर्णम् ।।
यस्तो परमपवित्र गण्डकी क्षेत्रभित्र जन्मन वा बस्न पाउनु हाम्रो अहोभाग्य हो । यही पावन धरामा जन्मेर पनि कालीगण्डकीको महत्त्व बुझ्न नसकेका हामीहरू आफ्नो सुगन्ध पत्ता लगाउन नसकेर भौतारिने कस्तुरी जस्तै भएका छौँ । यिनको थोरै मात्र पनि महत्त्व बुझेर अनुशरण गरियो भने सर्वेश्वर भगवान् शालग्रामका कृपाले हाम्रो जीवन धन्य र मृत्यु सार्थक हुनेछ भन्ने ध्येय अनि रूरू हृषिकेश भगवानको प्रेरणाबाट सबै स्थानीयबासीको जनजिब्रोमा सजिलै भिज्न सकोस् भनी गुल्मीमै जन्मिएको 'रोइला' लोकभजनको भाकामा केही शब्दरूपी पुष्पमाला उनै माता कालीगण्डकीका चरणकमलमा सभक्ति अर्पण गर्दछु । शुभमस्तु 🙏 🕉️
कालीगण्डकी महिमा (रोइला भजन)
मुक्तिनाथ देवघाट, हृषिकेश रुरु - नारायणको गालाबाट भयो यात्रा सुरु ।१।
गण्डकीको महिमा - छैन केही सीमा - गण्डकीको महिमा…छैन केही सीमा - गण्डकीको महिमा… छैन केही सीमा - गण्डकीको महिमा
हरिहर- रूरूक्षेत्र - मुक्तिक्षेत्र, जाउँला -
कालीगंगा नुहाएर पवित्र भै आउँला ।२।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
दामोदर कुण्डदेखि - देवघाटसम्म ।
शालीग्राम उब्जाउँछ्यौ थरिथरि टम्म ।३।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
सूर्य चन्द्र ग्रहणमा कुरुक्षेत्र जस्ती,
तिम्रो जलको कोशौँ सम्म पावन गाउँबस्ती ।४।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
कागवेनी, रुद्रवेणी त्रीवेणीधाम सुस्ता ।
श्राद्ध गर्दा तृप्त हुन्छन् आफ्ना चौध पुस्ता ।५।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
जड भरतले यहीँबाट मोक्ष प्राप्त गरे ।
एकैपल्ट जस्ले न्वाए, भवसागर तरे ।६।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
श्रीहरिको पसिना भै - बग्दै आइन् काली ।
भक्तिभाव टक्राउछौँ - मनको बत्ती बाली ।७।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
देवघाट पाउमा छन्, शिरमा मुक्तिनाथ ।
कल् कल् बग्ने कालीगंगा, भुक्तिमुक्ति साथ ।८।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
देवदत्त, पराशर - वाल्मीकिको भूमि ।
ध्यान ज्ञानको सिद्धि दियौ - बग्दै घुमिघुमी ।९।
गण्डकीको महिमा -
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
पूज्य डा. चक्रपाणि आचार्य गुरूको प्रेरणा एवं आचार्य सन्तोष सुवेदीको सहयोगमा
वि. सं. २०८२ जेष्ठ ८ गते, माउन्ट हर्मन
No comments:
Post a Comment