अकण्टक भावना ( शिखरिणी )
विशेष आभार :- [ प्रान्जल प्रेम @pranjalprem र कमल शर्मा @InnocentIdiot_ ]
झुलेका जौ जस्तै लहलह अहा केश शिरको ।
छ है ध्यानै तान्ने नभ घनघटा लेक तिरको ।।
हर्यौ निद्रा मेरो चयन मनको शान्ति सजिलै ।
कहाँ भेट्ने होला मन अधिर भो आज अति नै ।। १ ।।
म तड्पिन्छु तिम्रो खबर जब मिल्दैन दिनमा ।
डुबेँ क्या हो ज्यादै अतुल गहिरो प्रेम रिणमा ।।
कठै सोच्दा सोच्दै टिलपिल हुदोरैछ नयन ।
म मात्रै पो हो या विचलित तिमी छौ अब भन ।। २ ।।
अहा अंगालोमा उनिरहुँ अझै लाग्छ कहिले ।
र देख्दा सारीमा बनुबनु म सप्को कि अहिले ।।
जसै झोला भिर्छौ म बनु कि फिता टाँसिन त्यहीँ ।
तिमी हिड्दा तिम्रो छम छम बनु पाउजु कहीँ ।। ३ ।।
तिमी प्रज्ञा आभा बनिरहु सधैं यैँ वरिपरी ।
तिमी आस्था मेरी ढलमल नहोस् जीवनभरी ।।
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना ।
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।। ४ ।।
२०७१ बैशाख , सिन्धुली