Tuesday, June 24, 2025
अकण्टक भावना (शिखरिणी छन्द)

Saturday, June 21, 2025
प्रेम

Saturday, June 14, 2025
गण्डकी महिमा
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥
अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥
खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥
कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥
छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥
कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटिविनाशनः ॥२७॥
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥
श्री भविष्योत्तरपुराणे श्रीकृष्णयुधिष्ठिरसंवादे गण्डकीमाहात्म्ये शालग्रामस्तोत्रम् सम्पूर्णम् ।।
यस्तो परमपवित्र गण्डकी क्षेत्रभित्र जन्मन वा बस्न पाउनु हाम्रो अहोभाग्य हो । यही पावन धरामा जन्मेर पनि कालीगण्डकीको महत्त्व बुझ्न नसकेका हामीहरू आफ्नो सुगन्ध पत्ता लगाउन नसकेर भौतारिने कस्तुरी जस्तै भएका छौँ । यिनको थोरै मात्र पनि महत्त्व बुझेर अनुशरण गरियो भने सर्वेश्वर भगवान् शालग्रामका कृपाले हाम्रो जीवन धन्य र मृत्यु सार्थक हुनेछ भन्ने ध्येय अनि रूरू हृषिकेश भगवानको प्रेरणाबाट सबै स्थानीयबासीको जनजिब्रोमा सजिलै भिज्न सकोस् भनी गुल्मीमै जन्मिएको 'रोइला' लोकभजनको भाकामा केही शब्दरूपी पुष्पमाला उनै माता कालीगण्डकीका चरणकमलमा सभक्ति अर्पण गर्दछु । शुभमस्तु 🙏 🕉️
कालीगण्डकी महिमा (रोइला भजन)
मुक्तिनाथ देवघाट, हृषिकेश रुरु - नारायणको गालाबाट भयो यात्रा सुरु ।१।
गण्डकीको महिमा - छैन केही सीमा - गण्डकीको महिमा…छैन केही सीमा - गण्डकीको महिमा… छैन केही सीमा - गण्डकीको महिमा




मेरो शैक्षिक यात्राको एक अविस्मरणीय अध्याय : विकासचन्द्र खरेल
शैक्षिक सेवाको एउटा लामो अध्याय टुंगिदै गर्दा मनमा अनेक भावनाहरु उर्लिरहेछन - गर्व, नम्रता, आत्मसन्तोष र गहिरो कृतज्ञता।
वि.सं. २०५७ सालमा मैले श्री सरस्वती मावि, लिम्घाबाट स्वेच्छाले सरुवा भएर श्रृङ्गा जनता माध्यमिक विद्यालय, छत्रकोट ४, गुल्मीमा विज्ञान विषयको अस्थायी शिक्षकको रुपमा प्रवेश गरेको दिन आज पनि मेरो मानसपटलमा ताजै छ। त्यो दिनदेखि र २०७२ साल वैशाखदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्दै यस संस्थाको उन्नयन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मैले सक्दो प्रयास गरें। आज म यो पत्रमार्फत मेरो बिदाइको घडीमा केही शब्दहरु लेख्दैछु—शुभेच्छा, कृतज्ञता र सम्झनाका स्वरुपमा।
शिक्षण र नेतृत्वको समर्पित यात्रा
शिक्षकको भूमिकाबाट सुरु भएको मेरो यात्राले मलाई विद्यालय प्रशासनको गह्रौं जिम्मेवारीसम्म पुर्यायो। २०६० सालमा स्थायी शिक्षकको रुपमा नियुक्त भएपछिको समयमा मैले विद्यालयको पाठ्यक्रम, पठनपाठन, अनुशासन र विद्यार्थीको समग्र विकासमा ध्यान केन्द्रित गरे। शिक्षण मात्र होइन, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास पनि सँगसँगै चल्यो।
२०७२ साल वैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि मैले विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक वातावरणसम्मलाई सुधार गर्ने योजनासाथ अगाडि बढें। कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, शौचालयलगायतका पूर्वाधारमा सुधार ल्याउँदै समावेशी र समसामयिक शिक्षाको अभ्यास गर्न निरन्तर लागिरहें। शिक्षण सिकाइमा नवप्रवर्तन, शिक्षक तालिम, अन्तरक्रिया, योजना निर्माण र मूल्याङ्कनका प्रणालीहरु कार्यान्वयन गर्न सकेकोमा गर्व लागेको छ।
सधैंको साथ, सहयोग र सद्भाव
यो सम्पूर्ण यात्रामा मैले कहिल्यै आफू एक्लो महसुस गर्नुपरेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह, राजनीतिक नेतृत्व, पत्रकार, समाजसेवी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको निरन्तर साथ, सहयोग र सद्भावले मलाई अघि बढ्न साहस, प्रेरणा र आत्मबल प्रदान गर्यो।
विशेष गरी पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र कंडेलज्यू र उहाँको टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको दूरदर्शिता, शिक्षाप्रतिको अटल निष्ठा, र कार्यान्वयन क्षमताले श्रृङ्गा जनता मा वि लाई फरक पहिचान र उदाहरणीय शैक्षिक केन्द्र बनाउने दिशामा ठोस पाइला चाल्न सहयोग पुगेको छ। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, एसईई नतिजा, भौतिक पूर्वाधार र सामाजिक सहभागिता जस्ता पक्षमा देखिएको प्रगतिको श्रेय उहाँको नेतृत्व र समर्पित टीमलाई जान्छ।
नयाँ यात्राको प्रारम्भ
छत्रकोट गाउँपालिकाको निर्णयअनुसार म हिजो आदर्श माध्यमिक विद्यालय, दिगाममा सरुवा भई हाजिर भइसकेको छु। यो निर्णय मैले बाध्यतमक रुपमा आत्मसात गर्दै, नयाँ परिवेशमा पनि पूर्ववत् निष्ठा र समर्पणका साथ काम गर्ने अठोट लिएको छु। सरुवा एउटा प्रक्रिया हो—व्यक्तिगतभन्दा बढी संस्थागत हितका लागि गरिएको व्यवस्था। तर श्रृङ्गा जनता मा वि मा बिताएका यी करिब २५ वर्ष मेरा जीवनका अमूल्य अनुभव, शैक्षिक साधना र मानवीय सम्बन्धहरुको गाथा हुन्।
शिक्षक हुनु केवल एउटा पेसा होइन, यो त समाज परिवर्तनको मेरुदण्ड हो। र, म गौरवका साथ भन्न चाहन्छु—श्रृङ्गा जनता मा वि मा बिताएको मेरो शिक्षकीय जीवन पूर्ण रूपमा उद्देश्यपरक, सृजनात्मक र प्रेरणादायी रह्यो। मैले यहाँबाट केवल ज्ञान बाँडेँन, मैले आफैँ पनि असीम माया, आदर र जीवनोपयोगी अनुभवहरू पाएँ।
बिदाइ होइन, नयाँ सम्बन्धको सुरुवात
आजको यो सन्देश बिदाइ मात्र होइन, यो सम्बन्धको निरन्तरताको प्रतीक पनि हो। म जहाँ भए पनि श्रृङ्गा जनता मा वि का प्रत्येक व्यक्तिसँग मेरो आत्मीयता, स्नेह र सधैंको सद्भाव रहनेछ। विद्यालयको सफलतामा योगदान दिने सबैलाई फेरि एकपटक हृदयदेखि धन्यवाद दिन चाहन्छु—विशेषत: अभिभावकहरूप्रति जसको विश्वास र सहभागिताले हाम्रा सबै प्रयासहरू सफल बनाइरहे।
म मेरो उत्तराधिकारी नेतृत्व र शिक्षक साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु कि उनीहरूले विद्यालयलाई अझ प्रगतिशील र आदर्श शिक्षालयको रुपमा उभ्याउनेछन्।
अन्त्यमा, श्रृङ्गा जनता मा वि मेरो कर्मभूमि मात्र होइन, मेरो आत्मीयताको केन्द्र रह्यो। यहाँका स्मृतिहरू सधैं मेरो मनमा ताजै रहनेछन्। शिक्षासेवीको हैसियतमा म सधैं शिक्षा क्षेत्रमै सक्रिय रहनेछु—जहाँ भए पनि । सकेसम्म सहृदयता, निष्ठा र इमानदारीका साथ काम गर्न प्रयास गरेँ। मबाट अनावश्यक त्रुटि, कमी कमजोरी भएको भए त्यसप्रति क्षमा याचना गर्दै, आगामी दिनहरूमा पनि यहाँका सबैका शुभेच्छा प्राप्त गर्ने अपेक्षासहित यो सन्देशलाई पूर्णता दिन चाहन्छु।
शुभकामना ! जय श्रृङ्गा जनता मा. वि., जय आदर्श मा. वि., जय नेपाल !
– विकाश चन्द्र खरेल
पूर्व प्रधानाध्यापक,
श्री श्रृङ्गा जनता मा वि, छत्रकोट-४, गुल्मी
हाल: श्री आदर्श मा वि, दिगाम
वि. सं. २०८२ जेठ ३१ शनिबार

Friday, June 13, 2025
अमेरिकाले फर्काईदिएपछि सुवास शर्माको लेख: रित्तो बोरामा च्यातिएको सपना
म फर्किएको मान्छे
त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।
तर म आफैंलाई चिनिरहेको थिएँ -म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।
मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।
मैले किन अमेरिका रोजेँ?
म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित।
म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। "विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे।
मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।
यात्रा: आँधीभन्दा तिव्र र थकित
जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो -सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।
अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए -घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने।
नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो - "तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।"
फर्किनुको पीडा
न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए, मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।
पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो - "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।" सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो। " अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत!" - भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ ।
तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।
समाजको निर्ममता
फर्किएपछि देखेँ - समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, "अनि के ल्यायौ?" -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त!"
साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ - "यस्तै हुन्छ रे विदेश जाँदा!"
तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।
मेरो सपना, मेरो भविष्य :
म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् - जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।
म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।
यहाँ 'ऊ माथि उठ्ला कि?' भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।
फेरि सुरु गर्न सजिलो हुँदैन:
आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।
तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?
यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी 'विदेश गएको=सफल' भन्ने भ्रममा छौँ। र 'फर्किएको=असफल' भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ।
मेरो विन्ति:
तपाईंहरूसँग एउटै अनुरोध छ - फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।
तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।
अन्तिम शब्द:
म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिँएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ - जुन अब आफ्नो देशमै केही गर्नेछ।
रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।
कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीं छु -फेरि एउटा सपना बोकेर।
यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर ।
वि. सं. २०८२ जेठ, दाङका युवा सुवास शर्माको वालबाट
