Showing posts with label Story ( कथा ). Show all posts
Showing posts with label Story ( कथा ). Show all posts

Wednesday, March 16, 2016

एउटा अधुरो कथा

   एउटा अधुरो कथा

    आधासरो कपाल फुलिसकेछ, उसको अनुहारको चार्म भने उस्तै लाग्यो। दृष्ट्रि त उसको पहिलादेखि नै दार्शनिकको जस्तो हो गाढा सोचाइमा डुबेजस्तो, ध्यानमा मग्न बुद्धको हेराइजस्तो सधै गहन । डि.आइ.जी को बर्दी उसको शरीरमा यति सुहाएको थियो कि म धेरैबेरसम्म हेरेको हेरै भएँ ।
   बरिस्ठ जापानी कुटनीतिज्ञ नागासुमीको बोलिले म झसङ्ग भएँ । उनि तेस्रो पटक स्वयम्भू डाँडा चढेको यो अनुपमताको वर्णन गरिहेका छन् । म उनकै कुरामा सहि थाप्नु बाहेक बोल्नुपर्ने आश्यकता छैन । दुबैजनाको साटो उनी एक्लै बोलिरहेका छन् । उनले स्वयम्भूका आँखाको वर्णन गरिरहदा मेरो दृष्टि एकपल डि.आइ.जि. को तारायुक्त निसान गाडिमा पुग्यो । राम्ररी हेर्न नपाउँदै गाडि घुम्तिबाट मोडिएर गयो ।

++++++++ ++++++++     +++++++++++++     ++

        आखिरी जेठको उखर्माउलो गर्मिमा तलब बुझेको सबै पैसा सकिन लागेको थियो । नेपालको सामान्य सरकारी तलबले शहरमा जेनतेन छाक टार्न सम्म पुग्थो।अलि धक फुकायर खान र लउन पनि कतैन कतैबाट खर्चकटैति गर्नु पर्ने। तर एक्लो ज्यान भएको बेलामा नि मस्ति नगरे कहिले गर्नेत? त्यस माथि पनि Corpedium theory – seize the day grab the time बाट प्रभावित हुँदा जागिर प्रति पनि अलि वितृष्णा बढेको थियो मनमा, न त भनेको बेला बिदा पाइने न त आफुले चाहेको ठाउँमा निर्धक्क घुम्न पाइने । तैपनि नयाँ ठाँउमा पोस्टिङ परेकोले एक दुई वर्ष जागिरको निहुँमा नयाँ ठाँउ घुम्न पाइने भएपछि म जागिरमा थामिरहेको थिएँ । नयाँ ठाँउमा जानुअघि आफ्नो सर्वाधिक निकटका दुई साथिसंग एकरात मज्जाले  बिताउने कार्यक्रम मैले तय गरिसकेको थिएँ । दुई चार हजार खल्तिमा भएको बेलामा मैले मनेलाई फोन गरे–शुक्रवारको अपराहन्न सेटिङ त हाम्रो पुरानै लोकेशनमा हो बालेको कोठा । बालेको कोठा र गैरिगाँउको हटलेमनमा मलाई विछट्टै खालको आनन्द आउँछ। त्यसमाथि कलेज सर्कलका हामी थ्रि इडियट्स हामी (म मने र बाले) नभेटेको पनि डेढ महिना जति भैसकेको रहेछ। ग्राजुएसन लेभलको कलेज जीवन सकेपछी गधे पस्चिसीका सबैजना आ-आफ्नै धुनमा मस्त। आ-आफ्नै भविष्य र सोचाइले ब्यस्त । शनिवार सबैलाई बिदा मिल्नेहुँदा शुक्रबारको रातलाई Happy Friday night बनाउने सल्लाह गरी दुवै इडियटलाई बोलाई म पनि हिड्दै रत्नपार्कतर्फ लागेँ।म पुगिसक्दा मने पनि आइसकेको रहेछ। केहिवेर पुस्तक पसलहरु चाहारेर यात्रालाई गन्तब्यतर्फ मोडियो। जेठ अन्तिमका लामा दिनहरुमा दिँउसोको सवा चार बजेतिर सूर्य जोड जोड ताप दिइरहेको थियो-अलिकति हिड्दापनि ज्यान पसिनाले निथ्रुक हुने । प्रहरी निरीक्षकको परीक्षा तयारीमा लागेको हुँदा मनेले किताब किन्न भन्दै अद्धैतमार्गदेखि रामशाह पथसम्म सबै पुस्तक पसलमा उसले खोजेको किताबहरु सोध्दै हिँडनु परेको थियो । अन्तत:  पुस्तक पाएपछि बडो उमङ्ग साथ उसले भन्यो “ल अव म तँलाई चिसो खुवाउँछु ।“ नजिकैको पसलमा चिसो र चुरोट तानेपछि शरीरले पनि केहि राहत अनुभव गर्‍यो । पसिना अलि ‌ओभाउन पाए सन्ध्या कालको सूर्य पनि अलि नरम हुँदै गयो । रु. ७५ जम्मा जम्मी पसलमा बुझाएर बालेकोमा जाने गाडी चड्न हामीले बाटो काट्यौ ।
      उफ् .... नजिकै ट्राफिक रहेछन् कमसेकम माइतीघर नपुगी गाडी रोक्न पाउने सम्भावना देखिएन । “उहिबाटै गाडि नचढेर तेरो बुद्धि .....” मनेलाई कटाक्ष हान्दै हिँड्नुको अर्को कुनै विकल्प थिएन । माइतीघरमा पनि ट्राफिक हत्तेरी बबरमहलै पुग्नु पर्ने भो गाडी चड्न त “कहिले काँहि हिँड्नु पनि स्वास्थ्यको लागि राम्रो हो ।” आफ्नो दोषको बचाउ गर्दे मनेले बोल्यो कुरै कुरामा बबरमहल पुगियो । रुमालले पसिना पुछ्दै गाडि कुर्न थालियौं । त्यहा बाट पनि दुईवटा गाडी छुटाईयो । के सारो भिड हो बसमा कतै टेक्ने ठाउँ पनि छैन त । तेस्रो बस पनि उतिकै भिड देखे पछि आधा घण्टा जतिको बाटो हिँडेरै जाने बिचार गरीयो – बालेलाई हामी आईरहेको जानकारी गराएर ।
बाटोको साइड लागेर विस्तारै हामी हिँडिरहयौं । यतिखेरको हिँडाइमा पनि निकै आन्नद आईरहेको थियो । आफ्नै सुरमा गफ गाफ सँगै यात्रा अगाडी बढी रहेको थियो । बानेश्वरमा चिसो सँगको क्षणिक विश्रामले ज्यानमा जोस पलायो । लगत्तै यात्रा बढ्यो ।
++++++++ +++++++++ +++++++
      चुर्लुम्मै डुबिएछ नि मायामा । शय रुपैयाँको रिचार्जले दुई दिन पनि पुग्न छाडिसक्यो । कमाइसमाई केही छैन । उता पढाइको सत्यानाश । जति बेला पनि कुरा कहिल्यै नसकिने यि केटीहरु सित । दिनमा दशचोटी फोन हुन्छ कहाँबाट पुगोस् त रिचार्ज कार्डले । बोली नसुने पनि मन भुटभुटिन्छ । यो लवसवको चक्कर पनि डेन्जरै रहेछ । चिन्नु न जान्नु कताबाट लव परो परो । यी मोवाईल र इन्टरनेटले सजिलो गराई दिएका छन् धन्न हो टेक्नोलोजिको विकास । अन्धै बनाईदिँदो रैछ नि प्रेमले । आफूलाई समेत बिर्सिने । धत् यस्तो नि हुन्छ - ‘विनाशकाले विपरित बुद्धि‘ ‘मलाई त उसैले बढि फोन गर्छे यार ।’ बालकृष्ण (बाले) ले भन्यो “दिनमा दशचोटी फोन चार वटा एस.एम.एस. रुटिनै भै सक्यो, मिस कल त कति कति ।”
एक्जामको रुटिन आईसक्यो, भर्खरभर्खर लव डिप हँदै गएको उसकै पो चिन्ता लाग्छ त खाली । मन त हो आखिर बोली नसुनेसम्म निन्द्रा नै लाग्दैन । ‘मनेले थप्यो – धन्न उसैले अलि अलि कमाउने रैछ र हो, आफ्नो त उपाय छैन हो ।’

    म पनि त्यै ड्याङको मुला न हुँ, के फरक थिएँ र  ! पढाइमा पनि मन जाँदैन । मोबाइल बिग्रेर आफ्नो त बोलि समेत राम्रो सुनिन्न । म्यासेजबाटै काम चलाइएको छ – कहिलेकाही यसो साइबरबाट च्याटमा बस्यो दिन ग'को पत्तै हुन्न । मनमुटु सबै साटियो । आफ्नो भन्दा पनि उताकै बढी चिन्ता हुने ।
     “सारै मायालु र लच्छिनकी छे मेरी मायालु त” मनले भन्थो “प्रोजेक्टमा काम गर्न थालेदेखि राम्रो पैसा कमाउदि रहिछ महिना महिनामा मलाई नि त्यसको हिस्सा आइरहन्छ । तपाईले राम्ररी पढ्नु, पैसा म पठाइहाल्छु नि भनिरहन्छे ।” परीक्षा सकिना साथ जागिरको मेसो गर्नुपर्छ अब । उसको पनि बिहेको कुरा चलिराछ रे । हप्तैपिच्छे केटाहरुलाई टार्दै बसिरहन्छे विचरा । बालुले थप्थ्यो “हुर्केका केटाकेटिहरु बेको कुरा त चलिरहन्छ तर गतिलो जागिर नखाएर त कसरि ब्या गर्नु । ल्याईसकेपछि त पाल्नु नि पर्छ । यै पाराले उपाय उपाय हुदैन, नभन्दै बालु जागिरतिर लागिहाल्यो । महिना दिनमा त नयाँ मोबाइल पो किनिसकेछ । अनि प्रेमिकासंगका बार्तालापहरु  फोनमा कल  रेकर्ड गर्यो र तिनै रेकर्डहरु सुन्दै झनै रोमान्चित हुने । मायाप्रिति अझ झाँगिदै जान थालेछ ।

       झाँगिदै गएको मायाप्रितिसंग बि.ए. सेकेण्ड इयरको परीक्षा पनि मज्जाले सकियो । हरेक परीक्षाको विहान प्रेमिकाले बेस्ट अफ लक भन्ने म्यासेज र कल दुबै आउने । परीक्षा सकाएर सबैजना आ-आफ्नो घर तर्फ लागियो । घरमापनि मायालुको फोन निरन्तर रह्यो । कहिले खानाखाने बेलामा फोन आएर समस्या । बाउआमाले पनि छोरो लभमा फसेको कुरा सजिलै चाल पाइहाले । कुरा लुकाउन पनि जरुरी भएन । दुईचार दिन भने अलि असहज अनुभव भयो घरमा । बाबु आमाका पनि त हामीप्रति केही आकांक्षा र चाहाना पक्कै हुन्छन । छोरो नबिग्रियोस सधै लगनसिल होस् , ठूलो मान्छे बनोस् । र बुहारी पनि कुल खानदानकै होस् । परम्परागत मर्यादा पनि त पुरानो पुस्तामा अलि बढि नै छ नि ।

       “दमकमा उसंगको भेट अत्यन्तै स्मरणीय रह्यो । दुईजना टाँसिएर बाटोको छेउमा गफ गर्दै बसिराबेला कताबाट घुम्दै बाउ पनि टुप्लुक्कै आइपुगेछन् । पछि घर पुगेर दुई घण्टासम्म बाउलाई स्पष्टिकरण दिनुपर्यो यार । धन्न बाउ कन्भिन्स भए । आमाले भने अलि चित्त दुखाएजस्तो लाग्यो ।“ थर्ड इयरको कक्षा चलेको पहिलो भेटमै मनेले सुनायो ।

“ लभ न गरिएको हो मन मिलेपछि ” बालुले भन्यो “के बिग्रिएको छौं र हामी, जुवातास खेलिन्न, रण्डीबाजी गरिन्न रक्सी खाएर बाटोमा बौलाउँदै हिंडिएको छैन । साँचो माया गर्नु त खास समस्या नै होईन है ।‘’

“तर आमाको मन नि दुखाउन हुन्न यार तैले, बिस्तारै आमालाई नि कन्भिन्स गर् न । ‘’ मैले यति नै सुझाव दिएँ । बाउ कन्भिन्स भएसि मम्मी आफै कन्भिन्स हुन्छन ।‘’ पढाई पनि अब सकिन लाइसक्यो अब करियरतिर पनि सोच्नु पर्छ । उमेरसंगै रेस्पोन्सिबिलिटि पनि बढ्दो छ ।

माया गरेपछि मरिहत्ते नै गर्छन् केटीहरु, अरु बिकल्पै सोच्दैनन्  फस्ट एण्ड फाईनल ... त्यही वर्ष नै मनेले सुरक्षा सेवामा नाम निकाल्यो । हाम्रोभन्दा पनि  केटीकै बढी प्रेरणा र सहयोग रह्यो त्यो सफलतामा । केही दिनपछि मने तालिमको लागि नवलपरासीतिर लाग्यो । हामी थ्री ईडियट्सबाट घटेर टु ईडियट्स भयौं, म र बाले केही दिन न्यास्रो लागेता पनि मनेको सफल सुरुवातमा हामी पनि खुशी भयौं ।

      प्राइभेट सेक्टरकै भएपनि राम्रै कमाइ हुने जागिर भेटेपछि र त्यसमा दरिएपछि त्यहीं बर्ष नै बालुले पनि आफ्नै प्रेमिकासंग बिहे गर्यो । बिहेमा मने आउन सकेन तालिमको कारण बाँकी  निकै रमाइलो रह्यो ।

समयसंगै सबै आ-आफ्नै धुनमा ब्यस्त हुनुपर्यो । सरासर ब्याचलर सकाउने त म एक्लो इडियट बने । अरु दुई इडियट्ससंग पनि बेलाबेलामा कन्ट्याक्ट भैरहन्थ्यो र मने काठमाण्डु आउँदा एकरात संगै जमिन्थ्यो । बिहेपछि पनि हामीप्रति बालेको ब्यावहार सधै उस्तै रह्यो । भाउजूलाई पनि हामी थ्री इडियट्सको कथा पूरै थाहा थियो। भाउजू भएपनि हामि बालेकोमै जम्मा हुन्थ्यौ र रात त्यहिँ बिताईन्थ्यो। ब्याचलर सकिएपछि म पनि  सरकारी जागिरकै पछाडि लागेँ । दुई बर्षमै तीनठाउँ पोष्टिङ थुप्रै नयाँ जिल्ला टेक्ने अवशर पाइयो तर जागिरकै कारण घर जाने क्रम भने निकै पातलियो । दुईढाई बर्षको अन्तरालमा समयसंगै केही परिवर्तन पनि हुनु स्वभाविकै हो ।

      तेरो र मेरो भाग्यमा लभस्टोरी सक्सेसफुल रैन रैछ । बानेश्वर चोकको जेब्रा क्रसिङ काटिसक्नासाथ मैले कुराको प्रसंग कोट्याएँ ।
   ‘’हो यार” मनेले अगाडी थप्यो मलाइ अचम्म लाग्छ ती दिनहरु सम्झिदा । जब मसंग केही थिएन उसले निकै माया गरी । आजको यो मेरो अवस्थामा उसको निकै ठूलो हात छ । अहिले मसंग जागिर छ, पढाइ छ, अझै केही गर्छु भन्ने हिम्मत छ, दुईचार हजारको लागी कसैको आश गर्नु पर्दैन तर ऊ मबाट टाढिई । उसंग देखेका सब सपना भताभुङ्ग भए यार । मलाई मरिहत्ते गर्ने केटी ठूलो आशा देखाएर यसरी अन्तै बे गर्ली भन्ने मलाई कल्पना समेत थेन ।

      शान्तिनगरको पुलनेरको नाङ्ले पसलमा एउटा चुरोट सल्काउदै उसले भन्यो “ चारबर्ष सम्मको लभ कसरी एक महिनामै टुक्रिदो रैछ यार । बे पछि त मलाइ फेसबुकमा नि ब्लक हानिछे । उसलाई मेरो माया बढी भयो ।‘’
“उसको बाध्यता पनि त तैले बुझिनस् नि ? ‘’ मैले भने ।

     चुरोटको लामो सर्को तान्दै मने बोल्यो “पच्चिस वर्ष पुग्न लागेकि केटी, गाउघरमा हल्ला त चलिहाल्छ नि त्यै नि वैशाखमा म घर गएर सबै कुरा सेटल गर्ने प्रयास गरें । सब ब्यर्थ गयो । उसकै घर पुगेर पनि सबै कुरा बताएँ तर उसका बाबाले खासै बुझ्न चाहेनन् । एक दुई महिनामै बिहे गर्ने स्थिति त अहिले मेरो काँ छ र ? यता इन्सपेक्टर तयारी गर्ने पर्यो । एक बर्ष पनि उसले अब नपर्खने रे । उसको बोली अलि चर्को भयो “ अहिले आएर तर्किन खोज्ने, मेरो जागिर मन नपर्ने नानाथरिका शंका गर्ने कति सम्म जायज कुरा हो ? ’’

    पुलबाट झरेर फोहरले ढाकिएको बाग्मती किनारै किनार हामी हिंड्यौ । सुर्यले चन्द्रागिरीको नेटो काटिसकेको थियो । हल्का चलेको बतासले वाग्मतीको दुर्गन्ध नाकमै ल्याइ पुर्याउथ्यो । चुरोटको ठुटो बाग्मतीतिर मिल्काएर उ बोल्न थाल्यो । “जब मम्मीलाइ कन्भिस गराएर म उसको घर गएँ, ऊ टाढिने कुरा गरी । बाउले समेत अब पर्खिन नसक्ने कुरा सुनाए । म निरास भएर घर फर्किएँ । मम्मीलाइ सबै कुरा सुनाए । अनि मम्मिले भन्नुभो “ आफै सोच त तैले कस्ती केटी रोजेको रैछस…. अझै नि केही बितेको छैन त्यस केटीबाट मन हटा मरिहत्ते नगर, तँ आफै बुझ्ने छस मैले अरु के भनु’’ मम्मिको कुरा सारै चित्त बुझ्यो मलाइ त्यो बेला ।
    ‘’तर भन्नासाथ बिर्सन पनि काँ सजिलो छर, ट्रु लभ पो हो त जिन्दगीको पहिलो प्रेम” मैले छोटो टिप्पणि गरें ।

     हो त यार कहिलेकाहीं सारै सेन्टिमेन्टल हुन्छु उसको यादले । बेलाबेलामा सब होश हराउँछ पागल जस्तै हुन्छु म । तीनचारोटा चुरोट नखाई मन थामिदैन । कसोकसो उसको नम्बर डायल भै सक्छ मोवाइलमा तर घन्टि जान नपाउँदै कटाइहाल्छु, अनि क्यै गर्न मन लाग्दैन । ताल उही हो अनि रक्शिले मातिन मन लाग्छ, चुरोट मात्रै खाइरहुँ जस्तो लाग्छ तर पेशागत मर्यादाले त्यति पनि गर्न सक्दिन । ‘’ उभिएरै उसले यति भनिसक्यो ।

  अचेल फोनसोन क्यै हुँदैन ? पाइला बढाउँदै मैले सोधें ।

    “ म गर्दिन अब मनेले भन्यो ‘गरेर पनि के फाइदा छ र ? उ खुशी रहोस् त्यति हो । बे गरेको एक महिनापछि उसैले एकचोटी फोन गरेकि थी ।
के भन्थी त ? सोधेँ ।

   “मैले आत्महत्या मात्रै गर्न सकिन । पलपल मरिराछु प्लिज मलाई बिर्सनु अब, आफ्नो याद बल्झाएर थप चोट नदिनु । मेरो यस्तै भाग्य रहेछ ।’’

  कसरी तैले याद बल्झाइस् र ? उसको कुरा बिचैमा काटेर मैले प्रश्न गरें ।
उसले भन्यो “उसलाइ एउटा नयाँ नम्बरबाट मिसकल र म्यासेज आएछ । उसले मेरो नम्बर भन्ठानिछे । अच्चम लाग्छ, बे गरेर गै सकेपछि पनि ऊ मलाई शंका गर्न छाडिन । म किन मिस्कल हान्थें अब । यसको नयाँ रिलेशनसिपमा म किन तगारो बन्नु लभ टुटेपछि ।‘’

“के भनिस्त अनि ?’’ मैले सोधें ।

   जब त्यो नम्बर मेरो हैन भन्ने उसले बुझी अनि त्यो कसको नम्बर हो पत्ता लगाइदिन निकै रिक्वेस्ट गरी । मैले नि उसलाइ भने ठीक छ तिमी मेरी प्रेमिका थियौ भनेर त हैन तर अरु जो सुकैले भनेको भए पनि मानवताको नाताले मैले सक्दो सहयोग गर्थे । मैले कसको नम्बर हो पत्ता लगाइदिने प्रयास गर्छु । तिमी मलाई यतिसम्म निकृष्ट सम्झन्छौ भन्ने मैले एक रति नि सोचेको थिइन । मैले अब तिमिलाई किन डिस्टर्व गर्थें । तिमी सधै खुशि रहनु यै हो मेरो कामना ’’ मनेले भन्यो ।

    “छाड्दे अब, नयाँ तरिकाले सोच्नु पर्छ, जिन्दगि नयाँ तरिकाले चल्छ’’ मैले सुझाएँ। कुरै कुरामा बालुको कोठामा पुगिसकिएछ । राति सब टेन्सन हटाउनु पर्छ । ‘’

  “यस्तै हो जिन्दगी आफुले चाहे जस्तो काँ हुन्छ र । छाड्दे यी कुरा अब । बालेको ढोका ढकढकाउदै मनेले भन्यो ।

  ढोका खोल्दै बालु दम्पतिले निकै खुशीसाथ हाम्रो स्वागत गरे प्लेटमा आँप तयार रहेछ जुत्ता खोलेर हातखुट्टा धुनासाथ हात हातमा आयपुग्यो ।

   “ ए ! भनेसि मनकामना माइसित छोरा मागेर आइयो’’ भित्तामा झुण्डिइ रहेको मनकामनामा खिचिएको बालु दम्पतिको फोटो तर्फ ईङ्गित गर्दै मैले भने ।

  “छ्या !!! बाबुपनि के जिस्केको होला ‘’ भाउजुले लजाएर राती हुँदै भनिन् ।

  “हामी त बुढी लिएर नि जान पाएनौ मनकामनातिर, गर्लफ्रेण्डले नि छोडेका हामी जस्तालाई पर्खनु पर्दैन है बाले, अब जोश गरे हुन्छ ।‘’ मनेले आगोमा ध्यू थप्यो । भाउजू बोल्ने शब्द नपाएर हाँस्दै किचन तर्फ लागिन् । हामी इडियट्स पनि कोठाबाट उठेर हटलेमनको स्वाद लिने पुरानै ठाउँतर्फ लाग्यौँ ।
..............._______________……………………………………

    आधा शताब्दीको जिवन यात्रामा दुई दशक त प्रदेशमै बिताइएछ, त्यसमा पनि डेढ दशक त जापानमा मात्रै । आइ.एन.जि.ओ.को लिंक पाएपछि जागिरको वास्ता नराखी म हुत्तिएँ । तीनचार वर्षको दुर्गम क्षेत्रमा पाएको कार्य कुशलता र सफलताले प्रवन्धक, सहायक निर्देशक हुदै निर्देशकको गरुङ्गो पदसम्म पुर्यायो । देशका पिछडिएका ठाउँहरुमा स्वास्थ्य र शिक्षामा दिनसक्नेजति योगदान पुर्याउन म कहिल्यै पछाडि परिन । आफ्नो जिवन प्रति मलाइ गर्व नै  छ । सेवाको बाँकि हिस्सा जन्मभूमिमै बिताउने चाहना साथ नेपाल फर्किएँ । जापानमा रहँदाका अनन्य मित्र वरिष्ठ कुटनितिज्ञ नागासुमिले पनि मलाई पछ्याए। फेरि तीन महिना नेपाल राम्ररी घुम्ने योजना सहित उनी आए मसंगै ।

    देशको विकृति र गुण्डागर्दीलाइ तह लगाउने तथा सामाजिक अमनचयन कायम गर्ने कार्यमा मने कहिल्यै चुकेन । म कसैलाई थाहा नदिई सुटुक्कै नेपाल आएँ । श्रीमतीले उताको सबै ब्यवस्था मिलाएर छोरीको ग्रयाजुएसन सकिएपछि अर्को वर्ष मात्र नेपाल आउन पाउने भएपछि म यताको ब्यवस्था गर्न हतारमै कोही साथीलाई फोन नगरी सरप्राइज तरिकाले नेपाल आएँ । दुईवर्ष अघि बालुसंग टोकियोमै भेट भएको थियो सम्मेलनमा आएको बेला एकरात त मेरो अपार्टमेन्ट मै विताएको थियो । प्रख्यात कम्पनिको कन्ट्रीम्यानेजर भैसकेर पनि उ उस्तै थियो । थ्रि इडियटसको प्रसंग निक्लदा मेरी श्रीमतीले पनि खुब चाख दिएर सुनिथिन् । कार्य व्यस्तता र परिस्थितिसंगै साथीहरु घरपरिवार र देशबाटै टाढा हुनुपरेता पनि बेलाबेलामा सम्पर्क भै रहन्थ्यो । म नेपाल नआएको साढे चारवर्ष पुरा भैसकेछ । मनेसंग प्रत्यक्ष भेट नभएको पनि झण्डै नौ वर्ष भै सकेछ ।
.................------------...............------------
स्वयम्भूको मूल स्तुपमा नागासुमीले ॐ मणि पद्मे हुँ भन्दै एक चक्कर पूरा गरुञ्जेल भित्तामा अडेश लगाएर मैले बालुलाई फोन लगाएँ ।

सरलाई अचम्म लाग्ला म स्वयम्भूबाट काठमाण्डौं नियाल्दै छु भन्दा बालुले हाँस्दै ए त्यो मलाई थाहा छ, अझै झर्ने बेला भएन र तलतिर भन्यो । अनौपचारिकतामै फोन राखेर म र नागासुमी स्वयम्भूबाट फर्कियौं ।

   तल ओर्लेर रिङरोडको साइडबाट स्वयम्भू गेटका मूर्तिहरुको फोटो लिदै गर्दा म झस्किएँ ।

“हामीलाई अत्तोपत्तो नदिई नेपालमा ? ’’

     पछाडि फर्केर हेरेँ डि.आइ.जि. मनोज र बालुसंगै मलाई हेर्दै हाँसिरहेका थिए । म सारै अच्चमित भएँ । मनेले कतिखेर मलाई देखेछ, कतिखेर बालेलाई बोलाउन भ्याइसकेछ र उल्टो मलाई नै सरप्राइज दिन स्वयम्भूमा त्यसरी कुरेर बसेको रहेछ । आखिर पुलिस अफिसर न हो । माथि आधाघण्टा अगाडि ऊ गाडी चढ्दै गर्दा मैले मात्र उसलाइ देखेँ भन्ठानेको ऊ त झन् तेज पो निस्कियो । कपडा बदलेर बिदा समेत मिलाएर आउन भ्याइसकेछ ।

   केहीबेरको कुराकानीपछि बालुले आफ्नो जिपको ढोका खोल्दै भन्यो “पहिला त्यैँ पुरानो हटलेमन सेन्टर त जाने होला ? ‘’ मने र म खुब हाँस्यौ । नागासुमीले अच्चम मान्दै बालुलाई हेरिरहे
.................  ............... ..................      ...................

२०७१, सिन्धुली






Saturday, July 18, 2015

भैँसी

   भैँसी

कथाकार :- अरुण ज्ञवाली ( Arun Gnawali  )

कुलचन्द्र पन्डितको घरमा भर्खर एउटा भैँसी ब्याएको थियो त्यो भैँसीले पाएको सानो पाडि बल्लबल्ल पाइला हिंड्नसक्ने भएको थियो बर्खाको समय थियो, वारिपारीको हरियाली मनोरम बातावरण देख्दा सानो पाडि अत्यन्तै खुशी थियो       तर त्यो पाडिको खुशी धेरै बेर टिक्न पाएन केहीबेरमै कुल्चन्द्र पन्डितले दाम्लो ल्याएर पाडिलाई बाँधिदिए       
समय बित्दै गयो भर्खर ब्याएको भैंसि पाडि दिनभरी किलामा बाँधिएर बस्थे बिहान साँझ भैंसिले दिने दुध पनि पाढिले राम्ररी खान नपाउदै लतार्दै लगेर किलामा बाधिदिन्थे सबै दुध मानिसले नै लैजाने गर्थे त्यो देखेर एक दिन पाडीले आमा भैँसिलाइ मान्छेले किन हामीलाई एसरी बाँधेर राखेका अनी मेरो भागको दुध जबर्जस्ती लगेका भनेर सोधी आमा भैंसिले पाडिलाई मानिसहरुले आफुहरुलाई घास खान दिएको अनी पालेको कारण त्यसो गरेको जवाफ दि   
  अर्को बर्ष भैँसीले फेरी पाडो पाइ दिन पछी पाडो पनि हुर्किदै गयो पाडि पाडो साह्रै मिल्ने गर्थे दुबै नजिकै बाँधिनु पर्ने कारण मानिसले दिएको मिलिजुली खान्थे करिब बर्ष पछीको कुरा हो कुलचन्द्र पन्डितले पाडो बेचिदिए आफु भन्दा सानो आफ्नो भाईलाई आफुबाट छुटाएर लगेपछी दिन पाडिले केही खाइन तर कुलचन्द्र पन्डितकी पत्नी साह्रै कडा स्वभाबकी थिईन एक साँझ उनले लठ्ठी ल्याएर पाडिलाई पिट्न थालिन पिटाइ पाडिले पहिले पनि खाएकी थीइ तर त्यस दिनको पिटाईले उसको ज्यानभरि चोट लाग्यो त्यो रात धेरै रोइ तर उसको पिडा सम्झिने उसकी आमा मात्र थीइ जो आँफै असहाय थीइ      
त्यै बर्ष कुल्चन्द्र पन्डितले आमा भैँसीलाई पनि बेचे आमा भैँसी अब ब्याउन नसक्ने बुढी भैसकेकि थीइ यस्तो थारो भैँसी पालेर के गर्नु ? पुर्नेलाई दिए पोखरा लैजान्छ , एक साँझ पन्डित दम्पतिले कुरा गरेको भैँसी पाडिले सुने त्यो रात दुबै आमा छोरिले केही खाएनन भैँसीले त्यो घरमा धेरै बर्ष बिताएकी थीइ कुलचन्द्र पन्डितले त्यो भैँसी किनेर ल्याउदा एउटा राम्रो गोठ सम्म थिएन एक बर्ष सम्म टिनको पातोमुनी साह्रै कस्टपूर्ण समय बिताएकी थीइ भैंसिले कहिले घामले पोल्थ्यो कहिले जाडोले अत्याउँथ्यो त्यै छाप्रोमा बस्दा बाघले उसको एउटा पाडो खाइदिएको थियो ति सबै दु: कष्ट सहेर अनी धेरै पटक ब्याएर अाफ्ना मालिकहरुको सेवा गरेपनी अब बुढी भएपछी बेचिनु पर्ने भएपछी उसले मन थाम्न सकिन अर्को दिन पुर्नेले पैसा दिएर भैँसिको दाम्लो फुकाउन लाग्यो पन्डितले तलाई भैँसी सस्तै दिएँ है पुर्ने भन्दै नोठ गन्दै थिए पुर्नेले दाम्लो फुकाएर  बुढो भैँसिलाई लतार्दै लग्यो एक अर्काले देखुन्जेल भैँसी पाडि कराइरहे अली पर मोढमा पुगेपछी पुर्नेले भैँसिलाइ एक पटक जोडले हान्यो , बिचरा बुढो भैँसी पुर्नेले जता जता लैजान्छ तेतै तेतै गयो      
कुलचन्द्र पण्डितको कान्छो  छोरो कपिल पाडि भन्दा केही महिना पछी जन्मेको थियो कपिलले सानोमा खान साह्रै दु: दिन्थ्यो उसलाई खुवाउनु परेमा त्यै पाडि देखाउन लैजानु पर्थ्यो आँफै पनि अली अली बोल्न सक्ने भएपछी आँय जाम भनेर भनिरहन्थ्यो भैँसीको गोठमा गएपछी कपिलले पाडिलाई चलाई रहन्थ्यो पाडि पनि कपिललले चलाऊदा आनन्द मान्थी सानोमा ति दुई साथी नै थिए ।चार बर्ष पुगेपछी पाडि ब्याइ , अब भैँसी भै पहिलो पटक ब्याउदा उसले पाडो पाइ पहिलो पटक ब्याउदा पुसको रातिको समय थियो असाद्धै चिसो , साह्रै कस्टपूर्ण समय उसले बल्ल बल्ल बिताइ ब्याउदाको शारिरिक पिडा अत्यन्तै चिसो मौसमले उसलाई हरेक पल बिताउन बर्ष बिताएजस्तै हुन्थ्यो यता कुलचन्द्र पण्डितको भने भैंसिले पाडो पाएकोमा खुशीको सिमा नै थिएन 'जनावर पालेर मार्नलाई बेच्ने  , मार्न लैजाने  , मार्न सहयोग गर्ने , मार्ने , मासु पकाइदिने   मासु  खाने सबैलाई हत्या गरे सरह नै पाप लाग्छ ' पन्डित जी प्रवचनमा यस्तै भन्थे तर उनी आँफैलाई त्यस्तो पाप कती लागेको त्यो उनलाई मतलव थिएन , उनलाई पैसा सँग मात्र मतलब थियो
  कपिल बर्षको नपुग्दै पन्डितनी आमै सार्है बिरामी भईन आमा लामो समय सम्म बिरामी भएपछी कपिलले छोरी भैँसिकै दुध खाएर हुर्कियो सानो कपिललाई देख्दा भैँसी साह्रै खुशी हुन्थी अनी कपिल पनि भैँसी पाडोलाई असाद्धै माया गर्थ्यो करिब् बर्ष पालेपछि कुल्चन्द्र पन्डितले भैँसीको पाडो बेचिदिये    पुर्ने राइँलो आएर पाडोलाई लतार्दै पिट्दै लगे भैँसी धेरैबेर रोइ कती दिन घास खाइन तर त्यँहा उसको पिडा बुझ्ने को थियो ?  भगवान ले मान्छेलाई दिमाग मन दिएका छन ता कि संसार को सबैभन्दा बिकसित प्राणिले  सजिलै सँग ठीक बेठिक, असल खराब छुट्टाउन सकोस असहाय जीबहरुलाई माया सुरक्षा प्रदान गरोस , तर मानिसले सधैं असहाय जीबहरुलाई यातना दिने तद्पाउने बाहेक अरु राम्रो केही गर्न सिकेकै छैन   
त्यै भैँसीको दुध खाएर कपिल हुर्कियो यतिसम्मकी उसलाई तिर्खा लागेपनी पानी पिनुको सट्टा दुध नै खान्थ्यो समय बित्दै गयो अनी कपिल पनि पढ्न जान थाल्यो केही बर्षपछी भैँसी फेरी ब्याइ अर्को पाडो  पाइ एक बर्षपछी धेरै दुध दिने भैँसी पाडो  कुल्चन्द्र पन्डितले खिमबहादुर लाई बेचे दशै अाउनै लागेको समयमा राम्रो पैसा पार्न सकेकोमा पन्डित जी मख्ख भए एउटा उजाड दिउसो खिमबहादुर उसका साथीहरु आएर भैँसी पाडो लगे  आफु जन्मेको धेरै समय बिताएको घर छाड्ने बेलामा भैँसिलाइ साह्रै नरमाइलो लाग्यो उसलाई अन्तिम समयमा एकपटक कपिललाई देख्न मन लागेको थियो तर स्कुल गएको कारण भैँसीको अन्तिम इच्छा पनि पुरा हुन पाएन   
खिमबहादुर दलित संघको नेता थियो अधिकाम्स  दलितहरुको आर्थिक अवस्था अझै दयनिय रहेपनी खिमबहादुरको आर्थिक अवस्था अरुको तुलनामा मजबुत थियो उसको जेठो छोरो दुबै ( UAE) थियो भने कान्छोले पढ्दै थियो ।भैँसिलाइ कुलचन्द्रकहाँको बसाइ कस्टपूर्ण थियो नै खिमबहादुर कहाँको त्यसभन्दा पनि कयौँ गुणा कस्टपूर्ण थियो खिमबहादुर आफु कुनै काम गर्दैनथ्यो दिनभरी टक्सार बजार तिर गएर संगठनको काम गर्थ्यो वा त्यसै हल्लन्थ्यो राती रक्सी पिएर आउँथ्यो उसको घरमा झगडा नभएको कुनै रात हुँदैनथ्यो कती पटक झगडा पिटापिट मा पुगेर टुंगिन्थ्यो रक्सिको नसामा खिमबहादुर कैयौँ पटक भैँसी काट्छु भन्दै खुकुरी लिएर हिड्थ्यो छोरो श्रीमती आएर उसलाई समाएर लैजान्थे   
अगिल्लो बर्ष जन्मिएको पाडो निकै खाइलाग्दो भएको थियो खिमबहादुरको घरमा आउने हरेक मान्छे पाडो हेरेर छक्कै पर्थे   जाडो गर्मी बर्षा बितेर फेरी दसैं अाउनै लागेको थियो यो दशैको लागि भनेर खिमबहादुरको जेठो छोरो टिकाराम पनि दुबइबाट घर आएको थियो अष्टमिको दिन बिहानै खिमबहादुरको घरमा वल्लो घरको नन्दे पल्लो घरको झबे सम्मका मानिस जम्मा भएका थिए खिमबहदुरको जेठो छोरो टिकाराम कान्छो छोरो टेकबहादुर मिलेर आगनमा त्रिपाल बिछाए नन्दे झबे मिलेर डेप्ची पानी उमाले खिमबहादुरले आगनको कुनापट्टी ठुलो हसिया उदाएको भैँसी पाडोले देखेनन टेकबहादुर आएर पाडोलाई फुकाएर लग्यो पाडो भैँसी आँय गर्दै कराए उताबाट खिमबहादुरले उदाएको ठुलो हसिया लिएर आएपछी मात्र भैँसी पाडोले कुरा बुझे एकैछिन कस्ले काट्ने भनेर बिबाद चल्यो अन्तत दशैकै लागि भनेर बिदेसबाट आएको टिकारामले काट्न पाउनुपर्ने तर्क बलबान ठहरीयो   नन्देले पाडाको दाम्लो बेसरी समाएर तान्यो, झबेले दुबै खुट्टा समाएर पछाडी तान्यो, टेकबहादुर  रगत थाप्ने भन्दै बाँटा लिएर आयो पाडो त्यहाँबाट भाग्न अन्तिम बल लगायो तर उसको केही सिप चलेन टिकारामले हसियाले मार हान्न ठीक्क पर्दा पाडोले दुबै आँखाबाट तररर आसुँ बगायो तर उसले बगाएको आँसुको त्यहाँ कुनै मुल्य थिएन जीवनको अन्तिम घडीमा उसलाई मानिसप्रति असाद्धै रिस उठ्यो चरम निरासाले डरले उसले अरु केही सम्झिएन त्यत्तिकैमा पहिलो मार उसको घाँटिमा बज्रियो यो मारले उसको घाँटी छिनिएन पाडो पिडाले रन्थनिएर आँय आँय गर्दै उफ्रिन थाल्यो छिनिएन हा हा हा हा गरेको आवाज वरीपरी गुन्जियो पाडोलाई काट्न लागेदेखिनै भैँसीका आसुँ आँखाबाट भुइसम्म चुहेका थिए आफ्नो छोराको त्यो हालत देख्नासाथ भुइमा थचक्क बसी टिकारामले पाडोलाई फेरी हान्यो तर पाडो फेरिपनी छिनिएन पाडो भैँसिको करुणाजनक आवाजले सायद ढुङ्गाको मन  पग्लियो तर संसारको सबैभन्दा बुद्धिमानी प्राणी मानिसको मन पग्लिएन नन्दे झबेले पाडोलाई समाइरहे टिकारामले मार हानिरह्यो पाँच पटकको पालिमा पाडो छिनियो टेकबहादुरले देप्चीमा रगत थाप्यो अरु सबै गललल हाँसे मानिस भनिने राक्षसहरुको हिम्श्रक नाङ्गो नाच देखेर भैँसी एकैछिन आँय आँय गरेर कराइ त्यस पछी मुर्छा परी     मान्छे आफुलाइ एक थोपो रगत निकाल्न आँट आउँदैन सियोले घोच्यो भने डाक्टरकहाँ गएर उपचार गराउनु पर्छ तर त्यै मान्छेले अरुलाई पनि दुख्छ भन्ने कुरा सोच्न सक्दैन के मान्छेले आफ्नो छोरा छोरी अरुले मारिदिएको सहन सक्छ ? अब एउटा गम्भिर प्रश्न भगवानको अगाडि तेर्सिएको थियो के मानिस साच्चै संसारको सबै भन्दा बुद्धिमान सब्य प्राणी हो ?

  दशै पछी टिकाराम फेरी बिदेस गयो अरु पनि आफ्नो काममा ब्यस्त हुन थाले जाडो महिनाको एक दिन खिमबहादुर नयाँ लुगा लगाएर कतै जान आँटेको थियो , उसले स्वास्निलाइ कोट ल्याइदिन अह्रायो स्वास्निले कोट ल्याएर लगाइदिएई कहाँ जान लाग्नुभएको भनेर सोधी 'सदरमुकाममा दलित संघको कार्यक्रम ' खिमबहादुरले जवाफ दियो 'बाहुन छेत्रीहरुले हाम्लाई हेपे , एक्काइसौँ शताब्दिमा पनि यो देशमा छुवाछुत हटेको छैन , हाम्ले छोएको पानी चल्दैन, हाम्लाई कोठा भाडामा दिदैनन , के हाम्लाई काट्दा रगत रातो आउँदैन ? के हाम्लाई दुख्दैन ? हाम्ले फेर्ने सास उनिहरुले फेर्ने सास फरक ? यो अन्याय सहन हुँदैन संघर्स गर्नुपर्छ ' खिमबहादुरले एकै सासमा भन्यो गोठमा बाँधिराखेको उसको कुरा सुनेर जोडले करायो ' मान्छे हामी जनावरलाई काट्दा पनि रगत रातो आउँछ , तिमीहरुले अत्याचार गर्दा हाम्लाई पनि दुख्छ , हाम्ले फेर्ने सास पनि तिमीहरुले फेर्ने जस्तै अन्तिम कुरा तिमी मानिसहरुलाई अाफ्ना आफन्त मर्दा जती पिडा हुन्छ हामी जनावरहरुलाई पनि तिमीहरुले हाम्रो आफन्त मारिदिदा त्यतिनै पिडा हुन्छ , साच्चै छातीमा हात राखेर सोच तिमीहरुले हामी जनवरलाई कती अत्याचार गरेका छौ ? हामीले यो कहिले सम्म सहनु पर्ने ?' भैँसीको आवाजमा यस्तै कुराहरु थिए तर खिमबहादुर पनि एउटा अहंकारले ओतप्रोत मानिसको प्रतिनिधि पात्र थियो उसले भैँसी आयँ आयँ गरेको मात्र बुझ्यो उसको पुकार बुझेन