BBC, CNN, France24 म तिमिहरुलाई हेरिरहेको छु। म तिमिहरुको सबै झुटहरु बताईरहेको छु। म ईब्राईहिम ट्राओरे, र म आज तिमिहरुको नकाव उतार्न लागिरहेको छु।
हो, तिमिहरुले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमिहरुले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमिले खतरनाक तानाशाहका रुपमा ब्राण्डिङ गर्यौ। जसलाई तिमिहरुले पश्चिमा जगतको बिरोधी शासकका रुपमा उभ्यायौ।
म आज सत्य सुनाउन चाहन्छु, र यो पटक तिमिहरुले माईक बन्द गर्न सक्दैनौ। यो पटक तिमिहरुले क्यामेरा हटाउन सक्दैनौ। यो पटक तिमिहरुका सम्पादकले यो भासन काट्न सक्दैनन्।
किनभने अब त्यो संसार रहेन, जसमा तिमिहरुको एकाधिकार थियो। अब करोडौँ मानिसहरुले यो आवाज सुन्नेछन्। तिमिहरुको सम्पादनबाट गुज्रिएर होईन, तिमिहरुको झुटमा बेरिएर होइन, तिमिहरुको फोहरमा लत्पतिएर होईन। म ३४ बर्षको भएँ। मैले मेरो जिवनको हरेक दिन तिमिहरुको झुटमा बिताएको छु। बाल्यकालमा टिभिमा अफ्रिका देख्थेँ। सँधै त्यही तस्विरहरु : झिंगाले घेरिएका बच्चाहरु, खडेरिग्रस्त जमिन, हतियार, युद्ध, भोकमरी, मृत्यू। यहि अफ्रिका हो भनियो र त्यसैलाई बिस्वास गरेर बसियो। हामी लज्जित थियौँ आफैसंग, हामी आफ्नै भुमिप्रती लज्जित थियौँ, हामी आफ्नै नागरिक प्रती लज्जित थियौँ। तर म जब हुर्किएँ, पढेँ, रिसर्च गरेँ र प्रश्नहरु गर्न थालेँ तब मैले बुझेँ तिमिहरुले देखाएको अफ्रिका सत्य थिएन, तिमिहरुले कथा बनाएर सुनाएको कुरा झुट थियो। बर्षौँसम्म तिमिहरुले आफ्नै स्क्रीप्ट बनाएर अफ्रिकालाई कुरुप देखायौ। हरेक समय उहीँ र उस्तै कथा सुनायौ, देखायौ। तिम्रो अफ्रिकाको शब्दकोषमा कुनै आशा छैन, कुनै बिकास छैन, कुनै प्रगती छैन, कुनै बिद्रोह छैन, कुनै नैतिकता छैन र गर्वको ईतिहास छैन न त कुनै बिजयको ईतिहास नै। त्यसैले म सोध्न चाहन्छु, न्युयोर्क टाईम्स, वाशिङ्टन पोस्ट, गार्जियन तिमिहरुले कहिल्यै अफ्रिकाको सफलतालाई आफ्नो हेडलाईन बनायौ? अफ्रिकाको प्रविधिका बारे कति पटक लेख्यौ? ईथियोपियाको रिफरेस्टेशनका बारे कति पटक देखायौ?
यो शक्तिशाली भासण हो अफ्रिकी मुलुक बुर्किना फासोका सैन्य राष्ट्रपती इब्राहिम ट्राओरेको । उनलाई यतिखेर सिंगो अफ्रिकी महादिपका लागि उदियमान लिडरका रुपमा चित्रीत गर्ने गरिएको छ भने पश्चिमी बिश्वले उनलाई सबैभन्दा ठूलो खतरा मानिरहेको छ।
बुर्किना फासो सन १८९६ बाट सन् १९६० सम्म फ्रान्सको उपनिबेश रह्यो। सन् १९६० मा औपचारिकता स्वतन्त्रता प्राप्त गरे पनि फ्रान्सले आफ्नो हस्तक्षेप कहिल्यै हटाएन। देशको अर्थतन्त्र , प्राकृतिक सम्पदा, राजनिती र सुरक्षा जस्ता बिषयमा फ्रान्सले सँधै निर्णायक भुमिका खेलिरह्यो। बुर्किना फासो सुनका लागि प्रसिद्ध छ तर देशका सुनखानिहरुमा फ्रान्सको मनोमानी चल्थ्यो। सुन उत्खनन् गर्ने, प्रशोधन गर्ने र अन्तर्राष्ट्रिय बजारमा लैजाने काम फ्रान्सेली कम्पनिहरुको थियो। बुर्किजहरु सस्तो मजदुर बाहेक अरु हैसियतमा थिएनन्। फ्रान्सले आफ्नो अनुकुलको सत्ता निर्माण गर्थ्यो। सुरक्षाका नाममा आफ्ना सैनिकहरु तैनाथ गर्थ्यो। जसले गर्दा स्वतन्त्रताको लामो समयसम्म पनि राज्यमा चरम गरिबी, भ्रष्टाचार, अन्याय, भोकमरी र राजनैतिक अस्थिरताको अबिराम दुस्चक्रमा फसिरहेको बुर्किना फासोको यो अवस्था सँधै टिकिरहन सम्भव थिएन। सन् २०१० तिर जनताहरु संगठित हुँदै यी सारा बेथितिका बिरुद्ध आन्दोलित हुन थाले। जसले गर्दा राजनैतिक अस्थिरता थप चुलियो। त्यही अस्थिरता निरन्तर चलिरहँदा सन् २०२२ जनवरिमा सेनाले सत्ता हातमा लियो। तर नयाँ सैन्य शासकले पनि देशको अवस्थामा आवस्यक परिवर्तन गर्न सकेनन् र सेनाभित्रै असन्तुष्टि बढ्दै गयो। फलस्वरूप फेरि सन् २०२२ को सेप्टेम्बरमा अर्को सैन्य कु भयो र यो पटक भने सैन्य क्याप्टेन इब्राहिम ट्राओरेलाई देशको नेतृत्व गर्ने जिम्मा दिईयो। यहि बिन्दुबाट बुर्किना फासोको नयाँ ईतिहास प्रारम्भ भयो।
नेतृत्व सम्हालेपछी ट्राओरेले लगातार देशका लागि आवस्यक कदम चाल्न थाले। बिश्वलाई नै तरंगित बनाउने उनको सबैभन्दा महत्वपुर्ण निर्णय थियो फ्रान्ससंगको रक्षा सम्झौता खारेज गर्ने। यहि सम्झौताका आधारमा फ्रान्सले दशकौँदेखी अप्रत्यक्ष उपनिबेश चलाईरहेको थियो। सन् २०२३ जनवरिमा यो निर्णय गर्दै उनले फ्रान्सेली सेनालाई १ महिनाभित्र देश छोडेर जान अल्टिमेटम दिए। उनको दृढताका सामु फ्रान्सको केही लागेन र उसले आफ्ना सेना फिर्ता लियो। त्यस संगै उनले चीन, रुस, टर्की जस्ता देशहरुसंग नवीन सम्झौता गर्दै सैन्य सहायता लिए, आफ्ना सेनालाई सैन्य तालिम दिलाए, हतियार ब्यबस्थापन गरे। राजनैतिक स्वतन्त्रताका लागि आत्मनिर्भर अर्थतन्त्र जरुरी हुन्छ भन्ने बुझेका ट्राओरेले देशका सुन उद्योगहरुमा देशको नियन्त्रण रहने कदमहरु उठाए। आफैले सुन उद्योगहरु संचालन गर्ने र निर्यात गर्ने बन्दोबस्त गरे। बिदेशी कम्पनिहरुको खानी अनुमती रद्ध गरे। अघिल्लो बर्षको अगष्टमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले गरेको ऋण सहायताको प्रस्तावलाई अस्विकार गरिदिए। जसले आफ्नो देशलाई बाह्य शक्तिहरुको आर्थिक जालो (Economic Trap) बाट बचाउने अभियानको शुरुवात गर्यो। उनले खाद्य संकटबाट बाहिर आउन निशुल्क कृषि उपकरण बितरण, उर्जा संकट टार्न चिनको सहयोगमा सौर्य उर्जा केन्द्र, रुसको सहयोगमा आणविक उर्जा केन्द्रको स्थापना गर्ने सम्झौता गरे।
इब्राहिम ट्राउरे मुख्य रुपमा पुँजिवादी र औपनिबेसिक विश्वका बिरुद्धमा छन्। यहाँ प्रस्तुत उनको भासन अफ्रिकी मुलुकहरुमा भईरहेको प्राकृतिक स्रोतहरुको शोषण तथा नव उपनिवेशका बिरुद्ध लक्ष्यित छ। उन्को यो अभिब्यक्ती केवल राजनैतिक भासन मात्र नभएर अफ्रिकी मुलुकहरुको साझा पीडा, आक्रोस, आशा तथा अपमानहरु बिरुद्धको प्रतीक हो। पश्चिमी संचार माध्यमहरुले अफ्रिकाका बिरुद्ध अपमान पुर्ण तस्विर निर्माण गरेको, समाचारहरु तोड्मोड गरेर प्रस्तुत गरेको आरोप लगाएका छन्।
ती तिनै संचार माध्यम हुन् जसले बिश्वलाई अफ्रिकी मुलुकहरुको यस्तो तस्विर देखाए जहाँ रुग्न र फोहरी शरीर भएका केटाकेटी, नाङ्गै भुतुङ्गै देखिने गरिब मानिसहरु, भोकमरी ग्रस्त मगन्तेहरु, एक छाक खानका लागि हतियार बोकेका बालबालिकाहरु, खडेरिग्रस्त सुक्खा र फुस्रा पाखाहरु मात्र छन्। हर कोहि सामान्य मान्छेले अफ्रिका भन्ना साथ हाम्रो दिमागमा आउने तस्विर यहि नै होला सायद।
ट्राओरे सोध्छन्, "यति धनी अफ्रिकालाई कसरी गरिव बनाएर राखियो?"
अफ्रिका त्यो ठाउँ हो जहाँबाट बिश्वको ७० प्रतिशत कोवाल्ट आउँछ। कोवाल्ट त्यो चिज हो जसको अभावमा हाम्रा कुनै पनि बिद्युतिय सामान (मोबाईल, ल्यापटप, बिजुलिबाट चल्ने गाडी) हरु बन्दैनन्। तर बिडम्बना कोवाल्ट उत्खनन् गर्ने मजदुरहरु एउटा मोबाईल खरिद गर्न सक्दैनन्। बिश्वको ९० प्रतिशत प्लाटिनम दक्षिण अफ्रिकाबाट आउँछ तर त्यहाँको मानिसहरु बेरोजगारिको सिकार छन्। बिश्वको ३० प्रतिशत सुन अफ्रीकी महादिपबाट आउँछ तर संसारलाई सुन दिने त्यो महादिप गरिबिको चपेटामा छ। संसारमा सर्वाधिक महंगो हिराको कुल खपतको ६५ प्रतिशत अफ्रिकी मुलुकहरुबाट आउँछ तर त्यहाँका मजदुरहरु दैनिक १ डलर पाउन संघर्षरत छन्। संसारका ठुला शहरहरु उज्यालो बनाउने बिजुली उत्पादनमा प्रयोग हुने युरेनियमको ३५ प्रतिशत हिस्सा अफ्रिकी मुलुकबाट आउँछ तर त्यहि अफ्रिका अँध्यारो छ।
यसरी अफ्रिकालाई सँधै पश्चिमी बिश्वको आँखाबाट हेर्दा देखिने जुन दृष्य थियो त्यो दृष्य ट्राओरेको राष्ट्रबादी कदमहरुले क्रमशः भत्काउन थालेको छ। अफ्रिका त्यो महादिप हो जो सबैभन्दा सम्पन्न बन्ने हैसियत राख्दछ तर उपनिबेशबादले आजसम्म सबैभन्दा पिछडिएका मानिसहरु बस्ने थलो बनाईदियो।
ट्राओरेको उदय भएको केवल ३ बर्ष हुन लाग्यो। उनले सिंगो अफ्रिका महादिपलाई नयाँ क्षितिज देखाईरहेका छन्। नेतृत्वमा तागत भए समय धेरै नलाग्दो रहेछ। तर डर यो छ कि ट्राओरे अर्को क्रीस हनि नबनुन्।
समर्थकहरुले Che Guevara of South Africa उपनाम दिईएको इब्राहिमलाई राष्ट्रवादी सलाम।
सन्दर्भ सामग्रीहरु : बिश्वघट्ना, विकिपिडिया, ChatGpt