Thursday, February 9, 2012

Cactus Cant be Paired with Rose

Cactus Cant be Paired with Rose


Great Riddle, The sun welcomed her or she welcomed the sun,
Anyway when I saw an angel , submerged in extreme fun.


The mirror as the piece of alysium ~ Elegant smiling face,
Looking from back , there is dainty every one could guess .





Flow of feelings as she touched my hand , deliberately I enlarged my finger,
I watched her till my eyes could see, though I heard a deep whisper .


I cant fetch her in my  real life , really I am unable because 
As she looks sprouting bud , Cactus cant be paired with Rose ...    




2066-01-13, Kalanki Kathmandu



Friday, February 3, 2012

मैले कविता लेख्न सकिन

मैले कविता लेख्न सकिन

परीक्षाको चापमा मध्यरातसम्म पढेपछि बोझ मस्तिष्कलाई
सान्त्वना दिन किताब थन्काएर डायरी झिकेँ !
आँखा वरिपरी हिसाब घुम्न थाले,
समस्यै समस्याले दिमाग रन्कियो ,
सङ्गै बजेको रेडियो बन्द गरेर कविता सोच्न थालेँ ।
अँह ! कविता फुरेन ~ स्वतन्त्र भए पो कविता आउछ पानीको मूलमा झै !
कोल्टो फर्किएँ , झनै आएन !
बत्ती निभाएर डायरी हुत्याएँ ,
मैले कविता लेख्न सकिन !!


२०६५ कार्तिक , कलङ्की काठमाण्डौ



Friday, January 13, 2012

गजल


गजल

झुक्नै पर्छ भने आखिर अल्किनु नि किन ।
भ्रम पार्न सिसा सुन झै टल्किनु नि किन ।।

तिमी जुन म हुँ माटो भेटै हुन्न भने,
झुठो आश देखाउन झल्किनु नि किन ।।

छोटो स्वार्थ हेर्दिन म आवेशमा आई ,
दाँया जानेभए बाँया ढल्किनु नि किन ।।

पानीबाट बाफ भ ई फेरि पानी बन्न,
घमण्डको रापभित्र भल्किनु नि किन ।।

बुझेकै हो सलाईले पहिला जल्छ आफै ,
आफै पहिला मर्ने जानी सल्किनु नि किन ।।


२०६८-१-१७ , लाजिम्पाट काठमाण्डौ



Wednesday, January 11, 2012

गजल


गजल

कहाँ शितल हुन्छ सानु रुखै ढालेपछि !
शान्ति हुन्न मनभित्र रिस पालेपछि !!

औँशी रात किन नहोस् मनको अध्यारोले,
उज्यालो त हुन्छ पक्कै दीप बालेपछि !!

सुस्त सुस्त सङ्गै हिड्यौँ यौटै लक्ष लिई,
छोडिएँ म तिम्ले पाइला छिटो चालेपछि !!

नफुटेको मनजस्तो बिश्वास र आँट,
हुन्न रैछ टुक्रिएको मन टालेपछि !!


२०६८-०३-१८ लाजिम्पाट काठमाण्डौ



Sunday, December 18, 2011

मुक्तक

मुक्तक

हावासङ्गै उडिजाने भुवा जस्तै जिन्दगानि !
तान्यो खोक्यो चुरोटको धुवा जस्तै जिन्दगानि !!

उजाड उराठ मरुभुमि बन्न  मात्रै नसकेको,
पानी सुक्दा  अर्थहीन कुवा जस्तै जिन्दगानि !!

हार जित दाउ अनि घात  अन्तर्घात सधै ,
तिम्ले जिते मैले हार्ने जुवा जस्तै जिन्दगानि !!


२०६८ - ०९ -०४ बालकुमारी ललितपुर