मुक्तक
हावासङ्गै उडिजाने भुवा जस्तै जिन्दगानि !
तान्यो खोक्यो चुरोटको धुवा जस्तै जिन्दगानि !!
उजाड उराठ मरुभुमि बन्न मात्रै नसकेको,
पानी सुक्दा अर्थहीन कुवा जस्तै जिन्दगानि !!
हार जित दाउ अनि घात अन्तर्घात सधै ,
तिम्ले जिते मैले हार्ने जुवा जस्तै जिन्दगानि !!
२०६८ - ०९ -०४ बालकुमारी ललितपुर
No comments:
Post a Comment