सल्लाघारीको वनमाथि मन्दिरहरु र वनभन्दा केही तल
हाम्रो सानो गाँऊ ~ साँच्चै स्वर्गजस्तो ।
गाँउको पुछारमा हाम्रो घर , घरमा म र मेरी आमा । दिदीको चाही पोहोरै विवाह भईसकेको
थियो। अहिलेको तिजमा आउनुहुन्छ रे , आमाले भन्नुहुन्छ । शहरभ्न्दा नि,,,कै पर हाम्रो
गाँउ । म पनि गाँउकै स्कुलबाट +२ पास भएँ । आमाले मलाई निकै दु:ख सहेर र मेरोलागी कती
दिनसम्म भोकै बसेर कतिका मेलापात गरेर पढाउनु भएको हो ।
मैले अहिले पनि सम्झन्छु,
म तीन कक्षामा पढ्दा एकपटक आमासंग सोधेको थिएँ- " हामी किन जम्मा तीनजना मात्र
छौँ ,रामे साने शिवे अरु सबैकोमा त कती धेरै जना छन । तिनीहरुकोमा त दाइ र बा पनि छन
, हाम्रोमा चै किन छैनन् " त्यतिबेला दिदी घाँस काट्न जानु भएकोले घरमा आमा र
म मात्र थियौँ । मेरो अबोध प्रश्नले आमाले केही उदास स्वरमा भन्नु भएको थियो-
"तेरो दाइ तँभन्दा दश बर्ष जेठो थ्यो , तँ दुई बर्षको हुँदा बा र दाइ शहर पसेका थिए बाले कमाउने र दाइले
उतै पढ्ने भनेर , छ बर्ष भो तिनीहरुको केही खबर आको छैन न त फर्केर नै आए । यती भन्दै
आमाले एउटा पूरै परिवारको फोटो देखाउदै बा र दाइलाई , म आमाको काखमा थिएँ । मलाई
फोटो देखाइदिदा आमाको आँखामा आँशु टल्पलाइरहेका थिए । आमाको आँखामा आँशु हेर्न नसकी मैले अन्तैतिर हेरेथेँ ।
मैले आज फेरी त्यै
दिन सम्झेँ , खै किन आँखा रसाए मन भारी भयो ।
एक हप्ताअघि मैले आमासंग
अब शहर गएर काम खोज्ने र प्रसस्त पैसा पठाउने
कुराको सल्लाह गरेथेँ । आमाले मलिन स्वरमा भन्नु भएको थियो- " त तेरो भाग्यले
अगाडि पढ्न पाइनस, राम्रो काम पाए त ठिकै पनि हो ।" आमाले कस्तो कामलाई राम्रो
काम भन्नु भएको हो (गर्नलाई सजिलो वा पैसा बढी हुने)मलाई थाहा भएन तर शहर जाने स्विक्रिती
दिनुभयो ।
केही पैसा जम्मा गरी
म पर्सीपल्ट शहर जाने भएँ । आमाले मेलापात गरेर नै भएपनी मेरो लागि बाटोखर्च पुर्याइदिनुभयो
।
जानेबेलामा मैले भने-"आमा
चिन्ता नगरी बस्नुहोला । मैले काम पाउनासाथ फोन गरेर खबर पठाउला । " आमाले बाटोमा
नास्ताको लागि मकैको रोटी र गुन्द्रुकको अचारसंगै केही पैसा समेतको एउटा झोला दिनुभयो
। मैले भने-" आमा पैसाको दु:ख परे त्यो कालो बाख्रो बेचिदिनुहोला, तपाईलाई नि
सजिलो हुन्छ । " आमालाई ढोगी म गाँउघर वनपाखा सबैलाई छोडी शहरतिर लागेँ । आमाले
आफू एक्लै बसेर सारा दु:ख सहेर पनि मलाई शहर पठाउनु भयो । म जिन्दगीकै पहिलोपल्ट शहर
आएँ ।
अनौठो शहर , ठूला ठूला
घरहरु , रमझम र गाडीहरु देखेर म साह्रै दंग भएथेँ । संयोगवश त्यसैदिन एउटा होटलमा वेटरको
काम पाएँ । तलब पनि ठिकै हुने र काम पनि सजिलै थियो । मैले भोलिपल्ट नै फोनबाट गाँउमा
खबर पठाएँ । त्यो होटल सामान्य नास्ताघर मात्रा नभै भट्टिपसल समेटा भएको कुरा त्यहाँ
काम गर्दै जाँदा थाहा भयो । त्यो होटलमा दैनिक दश बाह्र जना जँड्याहा पनि आउने गर्दा
रहेछन । तिनीहरु सबै उस्तै र उत्रै देखिन्थे । सबैको उमेर करिब पच्चिस तीस बर्षको हाराहारीमा
देखिन्थ्यो । मैले जँड्याहातिर खासै ध्यान दीइन, जँड्याहातिर पनि के चासो दिइरहनु र
!!
म शहर आएको पनि लगभग
दुई महिना भैसकेछ । दिन कती छिटो बितेको, अब त म शहरसंग पनि राम्रै परिचित भएँ । होटलभित्र
काम गर्ने केटाहरुसंग पनि राम्रो परिचय बन्यो । घरिघरि आमाको याद र घरको चिन्ताले सताउथ्यो
। एकदिन गाउबाट रमेश दाइ शहर आउनुभएको देखी उहाँसंगै आमालाई केही पैसा पठाइदिएँ, अनी गाँउका सबैलाई मेरो
सम्झना पनि पठाएँ । कामको खासै चाप नभएको दिनमा
म ढोकामा उभिएर सडकतिर हेर्दै थिएँ, अचानक मेरो आँखा एउटी बीस बाइस बर्षे युवतीमाथि
परे, जो एक जना उस्कै उमेरकोजस्तो देखिने युवकसंग मस्तिसाथ हिडिरहेकी थिई । मैले कता
कता त्यो युवतीलाई चिनेझै लाग्यो । निकै बेर गमेर सोचेपछि सम्झिएँ त्यो त गाउकै मैयानानी
त हो जो चार पाँच बर्षअघी गाउबाट हराई भन्ने हल्ला चलेको थियो । मैले फेरी निकै पर
परसम्म हेरेँ तर उशको कुनै पत्तो थिएन । आँखा वरिपरी आमाको चित्र देखेजस्तै लाग्यो
र हिंड्नेबेला बा र दाइ जस्तै नहराउनु दिदी पनि पराई भै, तँ बाहेक त अब अरु को छ र
भनेको पनि सम्झेँ । शायद आमा बिमारई पो हुनु भो कि !!
दिनहरु क्रमश बित्दै
गए,म शहर आएको पनि आठ महिना बितिसकेछ, आउने महिना त दशैँ छ,दशैँमा घर जानको लागि पैसा अत्यन्त जोगाएर
राखेको छु । आमालाई र दिदीलाई पनि त केही कपडा लगिदिनु छ ।
एकदिन होटलको कामले
म तरकारी बजार जाँदै थिएँ केही पर मान्छेहरुको भिडभाड देखेँ । निकै हल्लाखल्ला भएकोले
कुरा बुझ्न भनी म पनि त्यतै लागेँ ।
ओहो हाम्रो होटलका
एक जँड्याहा ग्राहकलाई सबैले लात्तीले हान्दै र थुक्दै थिए । एउटा भद्र मानिसले भने-"
यस्ता चोरलाई त्यहाँ लाउनै पर्छ । " उसको खुट्टामा चोट लागेको रहेछ , रगत बग्दै
थियो । कसैले अझै हान्दै थिए । मैले कुरा बुझेँ एक महाजनको पैसा चोर्न खोज्दा रंगेहात
उनी पक्रिएछन ।
त्यस घटनाको लगभग एक
सातापछि पुन: उक्त जँड्याहा र अन्य तीनजना उसका साथी हाम्रो होटलमा आई दुई बोतल रक्सी
र तीनओटा गिलास मागी रक्सी खाँदै गफ गर्न थाले । म उनिहरुको चाला हेर्दै थिएँ । रक्सीकै
तालमा उसले आफू पिटिएको र झन्डै प्रहरीखोरमा नथुनिएको कुरा दोहोर्यायो । अरुले पनि
आ आफ्ना घटना सुनाउन थाले ।
कुरैकुरामा रक्सी थपेर
एकजनाले सोध्यो- "ओ भक्ते, दशैँमा घर जान्नस कि क्या हो ?"
भक्ते भन्ने ले उत्तर
दियो- "क्यार्न घर जाने हँ, बा परारै यैँ मरे , घरमा आमा बैनी र भाइ थे, तिनीहरु
नि उतै मरेहोलान् । पन्ध्र बर्ष भो म घर नगएको , कस्का लागि जाने हँ ! मेरो को छ र
, दशैँ न सशैँ म त राष्ट्रिय जँड्या , ठुलो चोर हा हा हा हा हा हा ,,,,,,,, उसले रक्सीकै
तालमा उत्तर दियो ।
म झसंग भएँ दिदीले
आफ्नो बिहेको अघिल्लो भनेको कुरा पनि सम्झेँ "आमा भक्त दाइ र बा पनि भएको भए कती
जाती हुन्थ्यो होला !!"
मेरो मनमा दाइको (जँड्याहाको)
कुराको ठुलो डेरा जमायो -" बा परारै यै मरे ,,,, तिनीहरु नि उतै मरे होलान् ।
मेरो को छ र?,,, म त राष्ट्रिय जँड्या ,,,,"
मैले एकपटक त्यो जँड्याहालाई
हेरेँ । मैले एकै पटकमा आमा दिदी र जँड्याहालाई सम्झेँ र त्यही ठुलो स्वरले चिच्याउन
मन लाग्यो । "आमा! मैले दाइलाई भेटाएँ ई हेर्नु त !!"
मैले आँफैलाई सम्हाल्न
सकिन , मानौ म खुशीले पागल भएछु ।
२०६३-०३-२७ बलेटक्सार
गुल्मी