गजल
सुरताल नमिलेको गीत
भाछ जिन्दगी यो ।
आफ्नो हानी अरुलाई
हित भाछ जिन्दगी यो ।
दुबोमाथि बिहानीमा
मोती बनी शोभा दिने,
सूर्य रस्मी चर्कदाको
शित भाछ जिन्दगी यो ।
सधैं हार पराजय धोकामा
नै रम्न थालेँ,
अर्को एउटा हारमा नि
जित भाछ जिन्दगी यो ।
बँचिने पो हो कि भयभीत
भाछ जिन्दगी यो ।
मुटुभित्र पीडाहरु
दन्किदा नि हाँसेको छु,
देखावटी संसारको रित
भाछ जिन्दगी यो ।
नयाँ भन्नु छैन केही
उस्तै दिन सधैंभरी,
बर्तमानभित्र नै अतीत
भाछ जिन्दगी यो ।