Thursday, November 11, 2021

गजल


गजल (मुतकारिब बहर)

बिरानो भयो त्यो रातको कहानी !
थियो प्रेमजस्तै घातको कहानि !!

बिरानै बिरानो भयो सम्झनामा ,
हरायो कतै प्रभातको कहानी !!

बितेका कुरामा म झस्कन्छु कैले,
अनौठो छ पैलो लातको कहानी !!

बढेको नङैले दुख्यो चस्स घोच्दा,
कि बिर्स्यौ र तिम्रै हातको कहानी !!

फिजाएर हल्ला नभाको सबैले,
घरैमा चलेको जातको कहानी !!

Sunday, November 7, 2021

I Dont Dignify Your God !!

Yes, I dont dignify your god and dont think god solely your own.
I dont respect stone, I praise soul you absorb labour ~ I admire the labours.
Watching crippled hateful squint ~ you make statue, imposing brutality ~ you expose pride.
You build temple with black money & corruption. You do evil & make Pooja .......







नवित्तेन तर्पणियो मनुष्य:

म तिम्रो भगवान मान्दिन


हो, म तिम्रो भगवान मान्दिन र भगवान तिम्रो निजी पनि ठान्दिन ।
म ढुङ्गा पूज्दिन, मनलाई पूजा गर्छु ।
तिमि श्रम चुसिलिन्छौ , म श्रमिकको आराधना गर्छु ।
अशक्तहरुलाई हेय द्रिष्टिले हेरेर मुर्ति बनाउछौ । निरंकुशता लादेर अभिमान देखाउछौ
भ्रष्टाचार र कालोधनले मन्दीर बनाउछौ । तिमी पाप गर्छौ ~ पूजा लगाउछौ ।
भिखारीलाई थुकेर मुर्तिमा पैसा चढाउछौ । छ दिन पाप गरेर एक दिन ब्रत गर्‍छौ ।
आत्मामा भगवान नदेखेर ढुङ्गामा खोजी हिड्छौ ।
अपवित्र मनले द्यौता खुशी बनाउने कुउद्यत गर्छौ तिमी ।
म तिम्रो भगवानको उपहास त गर्दिन तर तिम्रो भगवान मान्दिन ।।
शोषकको खुट्टा घसेर गरिबको खिल्ली उडाउछौ।
मान्छेलाई लात हानेर मुर्तिअगाडि झुक्छौ ।
निर्दोष पशुको वलि दिएर कलंकित बर माग्छौ , पसिना चुसेर भोज लगाउछौ तिमी ।।
अरुलाई मारेर आफू बाँच्छौ , अरुलाई लडाएर अघि बढ्छौ ।
म नास्तिक होइन तर तिम्रो भगवान मान्दिन !!