Thursday, March 19, 2026

भजन (आऊ न बस यसै गृहमा…)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२



जसका घरमा लौ शंख र घण्ट बज्लान्…२

उनैका घरमा लौ होला मेरो बास…२

(कलह घरमा गर्नेले लौ नगर मेरो आस…२)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२


जसका घरमा लौ अतिथि सत्कार होला…२

उनैका घरमा लौ होला मेरो बास…२

(अतिथि हेला गर्नेले लौ नगर मेरो आश…२)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२


जसका घरमा लौ पाञ्चायन् पूजा होला…२

उनैका घरमा लौ होला मेरो बास…२

(घरमा पूजा नगर्नेले नगर मेरो आश…२)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२


जसका घरमा लौ तुलसी बोट होला…२

उनैका घरमा लौ होला मेरो बास…२

(तुलसी-पिपल नपूज्नेले नगर मेरो आश…२)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२


जसका हातबाट गाईको सेवा होला…२

उनैका घरमा लौ होला मेरो बास…२

(गाईलाई हेला गर्नेले लौ नगर मेरो आश…२)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२


जसका घरमा लौ भजनकीर्तन होला…२

उनैका घरमा लौ होला मेरो बास…२

(भजनकीर्तन नगर्नेले नगर मेरो आश…२)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२


जसका घरमा लौ पितृको श्रद्धा होला…२

उनैका घरमा लौ होला मेरो बास…२

(पितृको श्रद्धा नगर्नेले नगर मेरो आश…२)

आऊ न बस यसै गृहमा…२

माता भवानी (लक्षिमी)

आऊ न बस यसै गृहमा…२

No comments:

Post a Comment