ठेका फोर्ने दही चोर्ने बाच्छा फुकाइदिने,
गोपीहरू न्वाउन थाल्दा सारी लुकाइदिने ।।
कालेकृष्ण मोराले
धुरुक्कै रुवायो- यशोदाका छोराले, कालेकृष्ण मोराले ।।
गोपीहरू न्वाउन थाल्दा सारी लुकाइदिने ।।
कालेकृष्ण मोराले
धुरुक्कै रुवायो- यशोदाका छोराले, कालेकृष्ण मोराले ।।
माटो निल्ने गोबर दल्ने, बाँदरलाई घिउ ख्वाउने -
निदाएका बालबच्चा चिमोटेर रुवाउने । २।
कालेकृष्ण मोराले……
निदाएका बालबच्चा चिमोटेर रुवाउने । २।
कालेकृष्ण मोराले……
राति उठ्ने, दु:ख दिने जे पायो त्यैं खाने ।
गाई छोडेर ग्वालबाल यमुनामा लाने ।३।
कालेकृष्ण मोराले…
पौडीमा छन् ग्वालबाला - धानको बीउ गाईलाई,
गाउँभरिका गुनासोले टाउको दुख्छ माईलाई ।।४।।
कालेकृष्ण मोराले……
कालिय नाग भगाउने, गोवर्धन उठाउने -
सारा लीला आफू गर्ने, अरूलाई कुटाउने ।५।
काले कृष्ण मोराले…
वृन्दावनमा तिरिरिरी मुरली बजाउने ।
कपडामै पिसाब फेर्न कत्ति नलजाउने ।६।
कपडामै पिसाब फेर्न कत्ति नलजाउने ।६।
काले कृष्ण मोराले…
२०८२ कात्तिक ७ गते शुक्रबार, माउण्ट हर्मन


No comments:
Post a Comment