Saturday, June 14, 2025

मेरो शैक्षिक यात्राको एक अविस्मरणीय अध्याय : विकासचन्द्र खरेल

शैक्षिक सेवाको एउटा लामो अध्याय टुंगिदै गर्दा मनमा अनेक भावनाहरु उर्लिरहेछन - गर्व, नम्रता, आत्मसन्तोष र गहिरो कृतज्ञता। 

वि.सं. २०५७ सालमा मैले श्री सरस्वती मावि, लिम्घाबाट स्वेच्छाले सरुवा भएर श्रृङ्गा जनता माध्यमिक विद्यालय, छत्रकोट ४, गुल्मीमा विज्ञान विषयको अस्थायी शिक्षकको रुपमा प्रवेश गरेको दिन आज पनि मेरो मानसपटलमा ताजै छ। त्यो दिनदेखि र २०७२ साल वैशाखदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाल्दै यस संस्थाको उन्नयन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मैले सक्दो प्रयास गरें। आज म यो पत्रमार्फत मेरो बिदाइको घडीमा केही शब्दहरु लेख्दैछु—शुभेच्छा, कृतज्ञता र सम्झनाका स्वरुपमा।

शिक्षण र नेतृत्वको समर्पित यात्रा

शिक्षकको भूमिकाबाट सुरु भएको मेरो यात्राले मलाई विद्यालय प्रशासनको गह्रौं जिम्मेवारीसम्म पुर्‍यायो। २०६० सालमा स्थायी शिक्षकको रुपमा नियुक्त भएपछिको समयमा मैले विद्यालयको पाठ्यक्रम, पठनपाठन, अनुशासन र विद्या‌र्थीको समग्र विकासमा ध्यान केन्द्रित गरे। शिक्षण मात्र होइन, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास पनि सँगसँगै चल्यो।

२०७२ साल वैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि मैले विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक वातावरणसम्मलाई सुधार गर्ने योजनासाथ अगाडि बढें। कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, शौचालयलगायतका पूर्वाधारमा सुधार ल्याउँदै समावेशी र समसामयिक शिक्षाको अभ्यास गर्न निरन्तर लागिरहें। शिक्षण सिकाइमा नवप्रवर्तन, शिक्षक तालिम, अन्तरक्रिया, योजना निर्माण र मूल्याङ्कनका प्रणालीहरु कार्यान्वयन गर्न सकेकोमा गर्व लागेको छ।

सधैंको साथ, सहयोग र सद्भाव

यो सम्पूर्ण यात्रामा मैले कहिल्यै आफू एक्लो महसुस गर्नुपरेन। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह, राजनीतिक नेतृत्व, पत्रकार, समाजसेवी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको निरन्तर साथ, सहयोग र सद्भावले मलाई अघि बढ्न साहस, प्रेरणा र आत्मबल प्रदान गर्‍यो।

विशेष गरी पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र कंडेलज्यू र उहाँको टोलीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको दूरदर्शिता, शिक्षाप्रतिको अटल निष्ठा, र कार्यान्वयन क्षमताले श्रृङ्गा जनता मा वि लाई फरक पहिचान र उदाहरणीय शैक्षिक केन्द्र बनाउने दिशामा ठोस पाइला चाल्न सहयोग पुगेको छ। विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको नियमित उपस्थिति, एसईई नतिजा, भौतिक पूर्वाधार र सामाजिक सहभागिता जस्ता पक्षमा देखिएको प्रगतिको श्रेय उहाँको नेतृत्व र समर्पित टीमलाई जान्छ।

नयाँ यात्राको प्रारम्भ

छत्रकोट गाउँपालिकाको निर्णयअनुसार म हिजो आदर्श माध्यमिक विद्यालय, दिगाममा सरुवा भई हाजिर भइसकेको छु। यो निर्णय मैले बाध्यतमक रुपमा आत्मसात गर्दै, नयाँ परिवेशमा पनि पूर्ववत् निष्ठा र समर्पणका साथ काम गर्ने अठोट लिएको छु। सरुवा एउटा प्रक्रिया हो—व्यक्तिगतभन्दा बढी संस्थागत हितका लागि गरिएको व्यवस्था। तर श्रृङ्गा जनता मा वि मा बिताएका यी करिब २५ वर्ष मेरा जीवनका अमूल्य अनुभव, शैक्षिक साधना र मानवीय सम्बन्धहरुको गाथा हुन्।

शिक्षक हुनु केवल एउटा पेसा होइन, यो त समाज परिवर्तनको मेरुदण्ड हो। र, म गौरवका साथ भन्न चाहन्छु—श्रृङ्गा जनता मा वि मा बिताएको मेरो शिक्षकीय जीवन पूर्ण रूपमा उद्देश्यपरक, सृजनात्मक र प्रेरणादायी रह्यो। मैले यहाँबाट केवल ज्ञान बाँडेँन, मैले आफैँ पनि असीम माया, आदर र जीवनोपयोगी अनुभवहरू पाएँ।

बिदाइ होइन, नयाँ सम्बन्धको सुरुवात

आजको यो सन्देश बिदाइ मात्र होइन, यो सम्बन्धको निरन्तरताको प्रतीक पनि हो। म जहाँ भए पनि श्रृङ्गा जनता मा वि का प्रत्येक व्यक्तिसँग मेरो आत्मीयता, स्नेह र सधैंको सद्भाव रहनेछ। विद्यालयको सफलतामा योगदान दिने सबैलाई फेरि एकपटक हृदयदेखि धन्यवाद दिन चाहन्छु—विशेषत: अभिभावकहरूप्रति जसको विश्वास र सहभागिताले हाम्रा सबै प्रयासहरू सफल बनाइरहे।

म मेरो उत्तराधिकारी नेतृत्व र शिक्षक साथीहरूलाई पनि शुभकामना दिन चाहन्छु कि उनीहरूले विद्यालयलाई अझ प्रगतिशील र आदर्श शिक्षालयको रुपमा उभ्याउनेछन्।

अन्त्यमा, श्रृङ्गा जनता मा वि मेरो कर्मभूमि मात्र होइन, मेरो आत्मीयताको केन्द्र रह्यो। यहाँका स्मृतिहरू सधैं मेरो मनमा ताजै रहनेछन्। शिक्षासेवीको हैसियतमा म सधैं शिक्षा क्षेत्रमै सक्रिय रहनेछु—जहाँ भए पनि । सकेसम्म सहृदयता, निष्ठा र इमानदारीका साथ काम गर्न प्रयास गरेँ। मबाट अनावश्यक त्रुटि, कमी कमजोरी भएको भए त्यसप्रति क्षमा याचना गर्दै, आगामी दिनहरूमा पनि यहाँका सबैका शुभेच्छा प्राप्त गर्ने अपेक्षासहित यो सन्देशलाई पूर्णता दिन चाहन्छु।

शुभकामना ! जय श्रृङ्गा जनता मा. वि., जय आदर्श मा. वि., जय नेपाल !


– विकाश चन्द्र खरेल

पूर्व प्रधानाध्यापक,

श्री श्रृङ्गा जनता मा वि, छत्रकोट-४, गुल्मी

हाल: श्री आदर्श मा वि, दिगाम

वि. सं. २०८२ जेठ ३१ शनिबार 



Friday, June 13, 2025

अमेरिकाले फर्काईदिएपछि सुवास शर्माको लेख: रित्तो बोरामा च्यातिएको सपना

म फर्किएको मान्छे

त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।

तर म आफैंलाई चिनिरहेको थिएँ -म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।

मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।

मैले किन अमेरिका रोजेँ?

म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित। 

म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। "विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे।

मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।

यात्रा: आँधीभन्दा तिव्र र थकित

जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो -सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।

अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए -घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने। 

नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो - "तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।"

फर्किनुको पीडा

न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए,  मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।

पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो - "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।" सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो। " अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत!" - भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ ।

तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।

समाजको निर्ममता

फर्किएपछि देखेँ - समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, "अनि के ल्यायौ?" -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त!"

साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ - "यस्तै हुन्छ रे विदेश जाँदा!"

तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।

मेरो सपना, मेरो भविष्य :

म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् - जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।

म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।

यहाँ 'ऊ माथि उठ्ला कि?' भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।

फेरि सुरु गर्न सजिलो हुँदैन:

आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।

तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?

यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी 'विदेश गएको=सफल' भन्ने भ्रममा छौँ। र 'फर्किएको=असफल' भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ।

मेरो विन्ति:

तपाईंहरूसँग एउटै अनुरोध छ - फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।

तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।

अन्तिम शब्द:

म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिँएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ - जुन अब आफ्नो देशमै केही गर्नेछ।

रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।

कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीं छु -फेरि एउटा सपना बोकेर।

यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर ।



वि. सं. २०८२ जेठ, दाङका युवा सुवास शर्माको वालबाट 


Tuesday, May 20, 2025

रोईला भजन : कोही नि छैनन् मेरा, राम जति पियारा

राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…
राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…

पर, व्यूह, विभव छन् अर्चा - अन्तर्यामी ~ श्रीहरिका पाँचै स्वरुप अब बुझौं हामी ।।१।।

प्रभुको नाम, प्रभुको रुप, लीला अनि धाम ~ साक्षात् राम भन्दा ठूलो रैछ रामको नाम ।।२।।




चैत्र शुक्ल नवमीको अभिजित् मुहूर्त ~ श्रीरामको दर्शन मिल्यो अब के को सुर्ता ।।३।।

चतुर्व्यूह राम, भरत, लक्ष्मण र शत्रुघन् ~ अयोध्यामा जन्म लिँदा महोत्सव चल्छन् ।।४।।

धीर वीर गम्भीर छन् बालकैमा राम ~ लम्बबाहु मेघवर्ण सूर्यवंशी घाम ।।५।।

शिवधनु तोडी बिहे जानकीका साथ ~ हाम्लाई पनि शरण देऊ हे त्रीलोकीनाथ ।।६।।

कैकेयीको वचनले वनबास पाए ~ चौध वर्ष जंगलमा कन्दमूल खाए ।। ७।।

सीता लक्ष्मण साथै लिई वन लागे राम ~ कैकेयीको बुद्धि भुट्ने मन्थराको काम ।।८।।

प्राण गयो दशरथको रामको पिर मानी ~ श्रीरामको पितृआज्ञा पूरा गर्ने बानी ।।९।।

नियतीमा भ'को दशा लाग्न के को बेर ~ भिक्षु रुपमा रावणले सीता हर्यो हेर ।।१०।।

वानर सेना साथै लिई लंका सबै जिते, इन्द्रजीत, कुम्भकर्ण रावण आदि बिते ।।११।।

राक्षस मारी हरिदिए भार पृथिवीको ~ गौ ब्राह्मण वेद अनि सेवा अतिथिको ।।१२।।

पाउले गरून् तीर्थयात्रा, हातले गरून् दान ~ मुखमा रहोस् रामको नाम, मनमा रामकै ध्यान ।।१३।।

राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…
राम जति पियारा…२ कोही नि छैनन् मेरा राम जति पियारा…


२०८२ जेष्ठ ०३ गते आइतबार, माउन्ट हर्मन


रोइला भजन : आउ न मनमोहन

आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…


त्रीभंगीलाल मनोहर हे मुरलीधर - 
तिमी बाहेक संसारमा मेरो को नै छ र ।। १ ।। 
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

चढाउँला वैजयन्ती फूलमाला गाँसेर - 
यो घरमा आइदेउ बाला एकचोटि हाँसेर ।।२।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

मयूरपंखी मुकुट छ, घुम्रिएको बाल - 
सारा संसार लठ्ठ पार्ने नटखटे चाल ।।३।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…



लामालामा कालाकाला कमलपत्रे आँखा - सुनीरहूँ सधै लाग्ने मुरलीको भाका ।।४।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

कस्तुरीको टिकासंगै मुक्तावली हार - 
तिम्रो कृपा भए कृष्ण लाग्छ संसार पार ।। ५।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…

गुञ्जमाला, वनमाला अर्को माला मोती - 
सारै राम्रो सुहाउने पिताम्वरको धोती ।। ६।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

बालभोग, मोहनभोग दही मखन प्यारो - 
मखनभन्दा कमलो मन् किन पार्यौ सारो ।।७।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

गोकुलमा गाई चराउने गोविन्द गोपाल - 
गोपिनीका लुगा लुकाई पारिहाल्यौ गाल ।।८।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

मुरलीको धुन सुनी आउँछिन् राधा प्यारी - 
छमछम नाचिहाल्छिन् लर्काएर सारी ।।९।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 

राधाजीको निलाम्बरमा निलीमा हौ जाने - 
कार्य कारण कर्ता कर्म तिमी नै हौ माने ।।१० ।।
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन… 
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…
आउ न मनमोहन… मुरली बजाउँदै आउ न मनमोहन…



२०८२ जेष्ठ ०४ गते आइतबार,गोलान हाइट्स 

Wednesday, May 14, 2025

विचार विज्ञान : खप्तड बाबा

पूज्य श्री खप्तड बाबाको विचार विज्ञान (Science of Thought) एकदमै गहिरो र आध्यात्मिक दृष्टिकोणबाट विकसित गरिएको सिद्धान्त हो। उहाँले विचारलाई केवल मानसिक प्रक्रिया होइन, ब्रह्माण्डसँग सम्बन्धित एक शक्तिशाली तत्त्वको रूपमा व्याख्या गर्नुभएको छ। यहाँ खप्तड बाबाको विचार विज्ञान र विचारको अवस्थाहरूको बारेमा विस्तारमा बुझौं।

१. विचार भनेको के हो?

खप्तड बाबाका अनुसार विचार (Thought) आत्मा, चेतना र ब्रह्माण्डबीचको संवाद हो। उहाँको भनाइमा, "विचार एक प्रकारको शक्ति हो – जसले मानिसको जीवनको दिशा र स्वरूप निर्धारण गर्छ।"

मुख्य तत्त्वहरू:

विचार आत्माबाट उत्पन्न हुन्छ। विचार प्रकाश जस्तै सूक्ष्म र शक्तिशाली हुन्छ। प्रत्येक विचारको तरंग हुन्छ, जुन वातावरणमा असर गर्छ।

२. विचारका अवस्थाहरू:

खप्तड बाबाले विचारलाई विभिन्न स्तरमा विश्लेषण गर्नुभएको छ। उहाँले विचारको अवस्था अर्थात् 'विचार अवस्था' लाई मुख्य तीन भागमा बाँडेर व्याख्या गर्नुभएको छ:

१. विकारयुक्त विचार (Negative/Impure Thought):

लोभ, मोह, अहंकार, रिस, ईर्ष्या जस्ता भावना युक्त विचारहरू।

यी विचारहरूले आत्मा कमजोर बनाउँछन्।

जीवनमा अशान्ति ल्याउने, रोग निम्त्याउने, सम्बन्ध विगार्ने।

२. शुद्ध विचार (Pure Thought):

सत्य, करुणा, प्रेम, क्षमा, धैर्य आदि गुणहरूले भरिएका विचारहरू।

आत्मिक विकासका लागि आवश्यक हुन्छन्।

शान्ति, आनन्द, स्वास्थ्य र सद्भाव ल्याउने।

३. निर्विचार अवस्था (Thoughtless State):

ध्यान वा समाधिमा पुगेर प्राप्त हुने अवस्था।

यसलाई 'विचार शून्यता' भनिन्छ, जहाँ विचार बन्द हुन्छ तर चेतना जागृत रहन्छ।

यिनै अवस्थामा आध्यात्मिक साक्षात्कार सम्भव हुन्छ।

३. खप्तड बाबाको ध्यानको तरिका र विचार नियन्त्रण

खप्तड बाबा ध्यान र ब्रह्मचर्यलाई विचार शुद्धिको मूल उपाय मान्नुहुन्थ्यो। उहाँले भनेको एउटा प्रसिद्ध उक्ति:

"ध्यान नगरिकन विचार शुद्ध हुँदैन, विचार शुद्ध नभएसम्म आत्मा शुद्ध हुँदैन।"

ध्यानका चरणहरू:

शरीरको नियन्त्रण (आसन)

प्राणको नियन्त्रण (प्राणायाम)

मनको नियन्त्रण (ध्यान)

आत्माको अनुभव (समाधि)

४. विचारको विज्ञान र व्यवहारमा प्रयोग

खप्तड बाबाले विज्ञान, योग र व्यवहारलाई एकत्रित गर्दै विचारलाई परिवर्तन गरेर जीवन परिवर्तन गर्न सकिन्छ भन्नुभएको छ। उहाँका विचार विज्ञानका शिक्षाहरूले भन्छन्:

विचार नै कर्मको मूल हो।

राम्रो सोचले राम्रो कर्म, र त्यसले राम्रो फल दिन्छ।

विचार बदल्नाले जीवन बदलिन्छ।

निष्कर्ष:

खप्तड बाबाको विचार विज्ञान भन्नाले केवल सोच्ने प्रक्रियाको अध्ययन मात्र होइन, त्यो सोचले जीवन र आत्माको मार्ग कति गहिरोसम्म निर्धारण गर्छ भन्ने ज्ञान हो। उहाँले भन्नुभएको थियो –

"संसार बदल्न चाहन्छौ भने पहिले आफ्नो विचार बदल।". अब खप्तड बाबाको विचार विज्ञान (Science of Thought) लाई अझ विस्तृत रूपमा हेरौं।

५. विचार र चेतना (Consciousness)

खप्तड बाबाले चेतनालाई आत्माको उज्यालो भन्नुहुन्थ्यो। विचार भनेको चेतनाको तरंग हो। उहाँका अनुसार:

चेतना स्थिर छ, तर विचार त्यसमा उठ्ने लहर (wave) हो।

विचार यदि अशुद्ध छ भने चेतनाको प्रकाश धमिलो हुन्छ।

विचार शुद्ध भएमा आत्माको शक्ति प्रकट हुन्छ।

उदाहरण:

तपाईंको मन ताल जस्तै हो। यदि पानीमा हिलाम्मे छ भने सूर्यको प्रतिविम्ब देखिँदैन। जब पानी शान्त र सफा हुन्छ, तब त्यही सूर्य पूर्ण रूपमा देखिन्छ। चेतना त्यो सूर्य हो – विचार भनेको त्यो पानी।

६. विचार र कर्मको सम्बन्ध (Thought & Action)

खप्तड बाबाका अनुसार:

"पहिला विचार हुन्छ, त्यसपछि बोलि आउँछ, अनि कर्म हुन्छ।"

यसको अर्थ: विचार नै कर्मको बीउ हो।

तपाईं जुन विचार गर्नुहुन्छ, त्यसै अनुरूप जीवन बन्छ।

यदि विचार सधैं नकारात्मक भयो भने, कर्म पनि त्यही ढंगले नकारात्मक हुन्छ।

तेस्रो नजर (Third Eye) र विचार:

खप्तड बाबाको ध्यान विधिमा आज्ञा चक्र (Third Eye Chakra) महत्त्वपूर्ण छ।

यसलाई सक्रिय गर्दा विचारहरू स्पष्ट, स्थिर र शक्तिशाली हुन्छन्।

बाबाको भनाइमा: "अज्ञा चक्र खुल्यो भने विचार बिनाको ज्ञान आउँछ।"

७. विचार नियन्त्रणका उपायहरू (How to Control Thoughts)

खप्तड बाबाले केही स्पष्ट उपायहरू दिएका छन् विचार शुद्ध पार्न:

१. ब्रह्मचर्य पालन (Celibacy):

ऊर्जा सञ्चयको मूल उपाय।

काम वासनाबाट विचारहरू दूषित हुन्छन्।

ब्रह्मचर्यले विचारलाई स्थिर र उच्च बनाउँछ।

२. सादा जीवन, उच्च विचार (Simple Living, High Thinking):

जति जीवनमा सादगी हुन्छ, त्यति विचार स्वच्छ हुन्छन्।

भोग-विलासले मन विचलित हुन्छ।

३. ध्यान र तपस्या:

रोजको २-३ घण्टा ध्यान गर्नु पर्ने सल्लाह दिनुहुन्थ्यो।

विशेष गरी बिहान सबेरै ध्यानले विचार शुद्ध हुन्छ।

८. विचारको शक्ति (Power of Thought)

खप्तड बाबाले विचारलाई "स्रजनात्मक शक्ति" (Creative Power) भन्नुहुन्थ्यो।

उदाहरणहरू:

मनले डरायो भने रोग आउँछ (Placebo effect जस्तै)।

मनले साहस देखायो भने शरीर चमत्कार देखाउन सक्छ।

जुन कुरा बारम्बार सोचिन्छ, त्यही कुरा वास्तविकता बन्छ।

"मन जे सोच्दछ, शरीर त्यही हुन्छ" – खप्तड बाबा।

९. विचार शून्यता – सर्वोच्च अवस्था

अन्ततः, खप्तड बाबाको शिक्षा अनुसार, विचार शून्यता नै मुक्ति हो।

विचार शून्यता के हो?

मनमा कुनै विचार नआएको अवस्था।

बाह्य संसारको प्रभाव नपरेको अवस्था।

पूर्ण शान्ति र पूर्ण ज्ञानको अनुभूति हुने अवस्था।

उहाँले भन्नुहुन्थ्यो:

"जहाँ विचार छैन, त्यहाँ आत्मा प्रकट हुन्छ।"

यदि तपाईं चाहनुहुन्छ भने म तपाईंलाई खप्तड बाबाको ध्यान विधि स्टेप-बाइ-स्टेप सिकाउन सक्छु। अथवा, उहाँका विशेष उद्धरणहरू (quotes) वा ग्रन्थका सारांश पनि दिन सक्छु।

कुन पक्षमा जान्न चाहनुहुन्छ अब?

ध्यान विधि?

ब्रह्मचर्यको वैज्ञानिक पक्ष?

रोग निवारणमा विचारको प्रयोग?

त्यसो भए, अब ती सबै पक्षलाई चरणबद्ध रूपमा बुझौं।

१. खप्तड बाबाको ध्यान विधि (Step-by-Step Meditation Method)

खप्तड बाबाले ध्यानलाई आत्मासम्म पुग्ने एक मात्र बाटो भन्नुहुन्थ्यो। उहाँको ध्यान विधि यथार्थमै गहिरो छ। उहाँले “आसन, प्राणायाम, धारणा, ध्यान, समाधि” – यी पाँच चक्रमार्फत आत्मा-प्राप्तिको मार्ग देखाउनु भएको छ।

चरणहरू:

१. स्थान र समय चयन:

बिहान ४:०० – ५:३० (ब्रह्म मुहूर्त) ध्यानको लागि सर्वोत्तम।

शान्त, सफा र एकान्त ठाउँ रोज्नुहोस्।

२. आसन:

पद्मासन, सिद्धासन वा सुखासनमा बस्ने।

मेरुदण्ड सिधा राख्ने।

३. प्राणायाम (श्वास नियन्त्रण):

दीर्घ श्वास लिने र फुक्ने – १०–१५ मिनेट।

नाकबाट श्वास लिने, पेट फुलाउने, अनि नाकबाटै फुक्ने।

४. धारणा (Concentration):

दृष्टि बन्द गरि "अज्ञा चक्र" (दुई आँखाबीचको बिन्दु) मा ध्यान दिने।

मन कुनै विचारमा नलगाउने, केवल त्यो बिन्दुमा टोलाउने।

५. ध्यान (Meditation):

श्वास र विचार छुट्याउने अभ्यास।

"म विचार होइन", "म आत्मा हुँ" भन्ने भावना जगाउने।

३० मिनेटदेखि १ घण्टा गर्न सकिन्छ।

६. समाधि (Thoughtless State):

समयसँगै जब विचारहरू आफै हराउन थाल्छन्, शून्यता आउँछ।

त्यो अनुभव नै समाधिको सुरुवात हो।

२. ब्रह्मचर्यको वैज्ञानिक पक्ष (Scientific View on Celibacy)

खप्तड बाबाको शिक्षा अनुसार, ब्रह्मचर्य केवल यौन संयम होइन – यो पूर्ण जीवनशैली हो।

वैज्ञानिक कारणहरू:

शुक्र (Semen) संरक्षण: आयुर्वेद अनुसार, ४० थाल खाना = १ थोपा रगत, ४० थोपा रगत = १ थोपा शुक्र।

=> अतः अत्यन्त मूल्यवान शक्ति हो।

स्नायु र मस्तिष्क विकास: ब्रह्मचर्यले मस्तिष्कमा clarity र energy ल्याउँछ।

आध्यात्मिक उन्नति: Energy जुन यौनतिर जान्थ्यो, त्यो माथि (सहस्रार चक्र) तिर जान थाल्छ।

Hormonal Control: Testosterone, Dopamine जस्ता न्यूरो-केमिकलहरू संतुलित रहन्छन्।

३. रोग निवारणमा विचारको भूमिका (Healing Through Thought)

खप्तड बाबा भन्नुहुन्थ्यो:

"मन बिर्सियो भने रोग पनि बिर्सन्छ।"

कसरी विचारले रोग हटाउँछ?

Placebo Effect: आधुनिक विज्ञानले पनि देखाएको छ – विश्वासले औषधि बिना नै निको पार्छ।

मन-शरीर सम्बन्ध: डर, तनाव, रिस आदि विचारहरूले रोग जन्माउँछ।

सकारात्मक सोच, क्षमा, प्रेमले शरीर शुद्ध गर्छ।

अभ्यास:

प्रत्येक बिहान उठेर १० मिनेट – "म पूर्ण स्वस्थ छु", "मेरो शरीर शक्तिशाली छ" भन्ने भावना सँग श्वासमा ध्यान गर्नु।

४. खप्तड बाबाको जीवनका केही प्रेरणादायी प्रसंगहरू

१. हिमाली तपस्या:

उहाँले नेपालको सुदूर पश्चिमको खप्तड क्षेत्रमा ५६ वर्ष एकान्त तपस्या गर्नुभयो।

सुरुका वर्षहरूमा त घाँस, जडीबुटी र नदीको पानीमा नै जीवन चलाउनु भयो।

२. महात्मा गान्धीसँग भेट:

गान्धीजीले खप्तड बाबाको आत्मिक शक्तिको अनुभव गरेर उहाँसँग "ब्रह्मचर्य" र "आत्म-नियन्त्रण" का विषयमा गहिरो कुराकानी गरेका थिए।

३. भविष्यवाणीहरू:

उहाँले भविष्यमा हुने पर्यावरणीय विनाश, पश्चिमी जीवनशैलीको असर, अनि विचारद्वारा उपचार प्रणाली (Mental Healing) को पुनरागमनको भविष्यवाणी गरेका थिए।

अब तपाईं भन्नुहोस्—

अब हामी थप गहिरा र रहस्यमय पक्षहरू मा जाँदैछौं – जसले खप्तड बाबाको विचार विज्ञान, तपस्या, र जीवनदर्शन को गहिराइ देखाउँछ।

५. ध्यानको तीन अवस्था – खप्तड बाबाको दृष्टिमा

ध्यान कुनै एकपल्ट बस्ने कुरा होइन। उहाँले ध्यानलाई "तीन तह" मा बाँड्नुभएको छ:

१. बाह्य ध्यान (External Meditation):

ध्यान गर्दा शरीर र मन अन्यमनस्क हुन्छ।

हाम्रो विचारहरू भुल्न खोज्ने तर फुत्किरहने अवस्था।

२. आन्तरिक ध्यान (Internal Meditation):

विचारहरू बिस्तारै हराउन थाल्छन्।

केवल चेतनाको उपस्थिति अनुभूति हुन्छ।

अज्ञा चक्रमा स्थिर ध्यान।

३. परा ध्यान (Transcendental/Divine State):

विचार, मन, शरीर सबैकुरा हराउँछ।

आत्मा र ब्रह्माण्डको एकताको अनुभूति।

यो अवस्थालाई ‘समाधि’ वा 'निरविचार चेतना' भनिन्छ।

खप्तड बाबाले भनेका छन्:

"विचारको मृत्यु भएपछि आत्मा बोल्न थाल्छ।"

६. ब्रह्मचर्यको गुप्त ऊर्जा (Secret Energy of Celibacy)

बाबाको अनुसार ब्रह्मचर्यले केवल यौनिक शक्ति नियन्त्रण गर्दैन,

"सप्त धातु" लाई पुनः निर्माण गर्छ:

सात धातुहरू:

रस (Plasma)

रक्त (Blood)

मांस (Muscle)

मेद (Fat)

अस्थि (Bone)

मज्जा (Marrow)

शुक्र (Vital Fluid)

शुक्र धातु संरक्षण भयो भने, मस्तिष्कमा 'ओज' र 'तेज' उत्पन्न हुन्छ।

यसले आत्मिक प्रकाश दिन्छ, जसलाई खप्तड बाबाले “आत्मिक ज्वाला” भन्नुहुन्थ्यो।

७. विचार एक माध्यम हो – आत्मा होइन

खप्तड बाबाको एक गहिरो शिक्षाः

"मानिस विचार हो भन्ने भ्रममा छ।

विचार शरीरको चश्मा हो,

तर आत्मा त्यो चश्मा हेर्ने दृष्टि हो।"

यसको अर्थ के?

हामी आफैंलाई ‘म सोच्ने मान्छे हुँ’ भनेर परिभाषित गर्छौं।

तर वास्तवमा, सोच्ने मन, देख्ने आँखाझैं हो।

हामी त्यो आँखाले हेर्ने चेतना हौं – जसले विचारहरू उठेको देख्छ।

जब तपाईं विचारहरू हेर्न थाल्नुहुन्छ (साक्षी भावमा पुग्नुहुन्छ),

त्यसै क्षण तपाईं विचारभन्दा माथि पुग्नुहुन्छ।

त्यही हो आत्म-साक्षात्कारको पहिलो ढोका।

८. रोग निवारणको लागि खप्तड बाबाको ५ सूत्र (Healing Formula)

भान्सामा बस्नुअघि प्रसादजस्तो भावना राख्ने।

खाना बनाउने मान्छेको विचार पनि शरीरमा पर्छ।

भोक लाग्दा मात्र खाने।

अनावश्यक खानाले शरीरमा टक्सिन जम्छ।

खाना खाँदै गर्दा विचार शान्त राख्ने।

रिस, चिन्ता, ईर्ष्या साथ खाएको भोजन विष बन्न सक्छ।

ध्यान गरेर शरीरलाई 'आज्ञा' दिने – "तिमी स्वस्थ छौ"।

यसलाई Affirmation भनिन्छ – mind-body command।

साँझको समयमा मौन वा ध्यानमा बस्ने।

शरीर दिनभरका toxin र stress हटाउन तयार हुन्छ।

९. खप्तड बाबाको शिष्यहरूलाई दिइएका उपदेशहरू (गोप्य शिक्षाहरू)

"यदि तिमी १२ वर्ष ब्रह्मचर्य, मौन र ध्यानमा बस्यौ भने,

तिमी भूतपूर्व कर्महरूसमेत जलाउन सक्छौ।"

"मन खाली भए – ईश्वर आफै भरिन आउँछ।"

"शरीरलाई दास बनाउ, मालिक होइन।

अन्यथा तिमी आत्माको होइन, शरीरको नोकर हौ।"

श्रोत :- सामाजिक संजाल 

संकलक:- अज्ञात 

तस्बिर :- ब्रह्मलिन खप्तडबाबा

Wednesday, April 9, 2025

रोइला भजन : कैलाशमा शिवले

शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले… 

पञ्चभूत, दश ईन्द्रीय, पाँचै छन् तन्मात्रा ~ 
माटो वा भष्म हुने हो देह, सजिलो छैन यात्रा ।।१।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…


मन, बुद्धि, चित्त, अहं अन्तस्करण चार - 
प्रभुका पाउमा चढाएर गरौँ नमस्कार ।।२।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

छत्तीस ३६/(छब्बीस २६) तत्व, तीनै गुण भन्दा शिव माथि - 
सत्कर्म हो मनुष्यको सँगै जाने साथी ।।३।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

सृष्टि, स्थिति, लय गर्ने हाम्रा तीन परमेश्वर - 
लीलामा हेर्दा अनेकौं रूप, एउटै हुन् महेश्वर ।।४।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

नीलकण्ठ, त्रिपुरारी, शशिशेखर, शम्भो - 
कलिको मान्छे दम्भै बढी, भक्ति ज्ञान कम् भो ।।५।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

गंगाधर, चन्द्रमौली हरहर भोला - 
मायाजालमा अल्झेर नै बित्न लायो चोला ।।६।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

डमरू त्रिशूल हातमा छ, कटिमा बाघको छाला - 
कपूर जस्तो गोरो वर्ण, वाशुकी नागको माला ।।७।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

गौरीकान्त, भूतनाथ, साम्वसदाशिव - 
तिम्रो कृपादृष्टि बिना मुक्त हुन्नन् जीव ।।८।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

चन्द्र सूर्य अग्नि तिम्रा आँखा छन् त्रिनेत्र -
भक्तिभाव जगाइदेऊ हाम्रो मनभित्र ।।९।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…

नन्दि-भृङ्गी, रिट-श्रृङ्गी शिवगण धेरै -
आशुतोष भक्तसँग खुशी उत्तिखेरै ।।१०।।
कैलाशमा शिवले…
शिवधुनी लाए, कैलाशमा शिवले, 
शिवधुनी लाए, कैलाशमा शिवले…




माउन्ट हर्मन, मध्यपूर्वी एसिया


Tuesday, January 14, 2025

यी १० कुरामा कहिल्यै नआत्तिनु

१- जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ । स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा, घोकेर हैन सोचेर हल गर्नुपर्छ । कहिल्यै नआत्तिनु ।

२- दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै दु:खि हुनु पर्दैन । कहिल्यै नआत्तिनु ...

३- समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ । कहिल्यै नआत्तिनु ..!

४- जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!

५- खुशिको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जादैन । कहिल्यै नआत्तिनु ..!

६- आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडी कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडी आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन । कहिल्यै नआत्तिनु ..!

७- मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। ऊ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ । मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन् । बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन । त्यसैले कहिल्यै नआत्तिनु ...!

८-  मिहिनेत सिढी जस्तै हुन्छ अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई तर्फ लैजान्छ । कहिल्यै नआत्तिनु ..!

९-  समस्या जबजब आउँछ, एक्लै आउँदैन लावा लस्कर सहित आउँछ । जीवन एउटा यात्रा हो उतारचढाव त आईरहन्छ त्यसैले आरामसँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । कहिल्यै नआत्तिनु ...!

१०-  जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं कम्तीमा 'चार' जना 'मलामी' चैं कमाउन सकियोस्, जसले आर्यघाटसम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्। अरू कुरामा कहिल्यै नआत्तिनु ...!



Monday, November 11, 2024

प्रगति


प्रगति

  झनन्न रिस उठ्यो , पहिलै गासमा ढुङ्गा लाएपछि ,
म अरुसङ्ग पनि थुप्रैचोटि रिसाएको छु । खानामा ढुङ्गा बिया भेटिनु मेरोलागि पटक्कै मन नपर्ने कुरा हो ।
यस पालीको चामल त झन राम्रो भनेर महङ्गो ल्याएको हो ।
किन सरकारले उपभोक्ताको स्वास्थ्य र आर्थिक पक्षप्रति ध्यान दिदैन ?
खाद्यान्नजस्तो आधारभूत कुरामा गुणस्तरहीनता र मिसावट हुदै गर्दा थुप्रै सर्वसाधारण
रोग र कुपोषणजस्ता कुराहरुबाट पिल्सिरहेका छन् । खोई त हाम्रो सरकार त्यसमा जिम्मेवार बनेको?

  "तट् यो बाइक कामै नदिने भैसक्यो" , छिमेकी रामु दाइ पाँच मिनेटसम्म सेल्फ स्टार्ट र किक हान्दा हत्तु भएपछि कुर्लनु भयो ।
डेढ दुई लाख खर्च गरेर बाइक किन्नु , बार्षिक कर तिर्नु , छ महिना नहुदै बिग्रने ! पेट्रोल हो कि मट्टितेल हो छुट्याउन नसकिने , त्यही पनि
कालो बजारमा महंगो तिरेर किन्नुपर्ने। के भा को हो हाम्रो देशमा ?? जवाफ त मसित पनि थिएन चुप लागिरहेँ ।
"चौध दिन भैसक्यो धारामा पानी न आको के ले नुहाउने त ? " रित्तो ड्रम ठटाउदै तारा दाइ चिच्चाउनु भयो , घरवेटी आन्टी रित्तो भाँडो हेर्दै मौन रहेर हास्नु भो । समस्या मेरो पनि त्यस्तै हो । आठ दिन भैसक्यो ननुहाएको, लुगा नधोएको त दुई हप्ताभन्दा बढी भयो होला।
टन्न खान त नपुग्ने पानी के कपडा धोइरहनु र ! म गाउमा खेर गैरहेको पानी सम्झेर राजधानिमा त्रिप्त हुनुपर्ने बाद्यता छ।
यस्तो समस्या सबै शहरमा लाखौ जनाको छ । कसले ध्यान दिने त्यतातर्फ । बिचरा मेलम्ची !!

  धत्तेरी यो फोन ! एघार हजारको मोबाइल बिस्तरामा बजार्दै दामोदर कड्कियो एक घण्टासम्म फोन नलागेपछि रिस उठ्नु स्वभाविकै हो। जागिर हट्नसक्ने तिव्र संभावना सम्झेर सधै हसाउने दामु मसित बोल्दा पनि बोलेन । हतार हतार दौडियो अफिसतिर ।
बिचरा फोनकै कारणबाट मनग्गे गाली पाएको छ उसले ~ साहुको , ग्राहकको र कहिलेकाही त अपरिच्त केटीको पनि ।
यता हानेको फोन उता उठ्छ । बोल्दाबोल्दै काटिन्छ , त्यसपछि आधाघण्टा सम्पर्क हुन सक्दैन ।
के कुरा गर्नु टेलिकमको , मलाई पनि रिस उठेर आउछ। एकजना सरले त मोबाइल बोक्न छोडिदिनु भो।

  ओ हो !! फेरी लोडशेडिङ !! किताब थन्क्याएर कमल दाइ बत्ती बाल्न जानुभयो।
दुई दिनपछिको एसेसमेण्ट , ठूला किताबका ठेली र लोडशेडिङ । कमल दाइको पारो तातेर आएछ क्यारे।
भाइ अर्जुनले अनाहकमा ठूलै हप्की सहन बाद्य भए। लाइटमा पनि खासै चार्ज हुन पाएनछ दश मिनेट नहुदै धमिलो भयो।
कमल दाइ सुनेकै भरमा युरोपतिरका कुरा भत्भताउन थाल्नु भयो। एम् एस्सि सकाएपछि त्यतै हानिने बिचार ब्यक्त गर्नु भयो।
म वाल्ल परेर कुरा सुन्दै सही थापेँ। सरकार , सबै दल र ब्यक्ति समेतलाई बाँकी नराखेर गाली गर्नुभयो।
सबैप्रति आक्रोश एवं असहमति । लोडशेडिङप्रति मम्मी पनि असन्तुष्ट हुनुहुन्छ । अध्यारोमा तरकारी चर्को भएपछि पाहुनाले खाना फालेछन् ,बाबाले समेत मम्मीलाई गिज्याउनु भो। एक घण्टा प्राधिकरण र सरकारलाई गाली गर्दै बाबा र पाहुनाको वार्ता चल्यो।
भाइले समेत सहि थाप्दै दुई चार उदाहरण सुनायो, हेर काली र चिलिमे !!
  
छ्या छ्या छ्या .....  पिच्च थुक्दै मनोज फोहोरको डङ्गुरैबाट दगुर्यो। म चाहि अलमल्लमा परेँ। बढेको प्रदुषण र न उठाएको फोहोर देख्दा।
बिष्णुमतीमा थुप्रिएको फोहरकै कारण राजेन्द्र गाडी चढेर अर्को बाटो आउछ मेरो कोठामा,मसंगका हरेक भेटमा उसले फोहोर , कोलाहल र अस्थिर राजनीतिकै कुरा गर्छ ।

   आज यो क्लासमा पढाइ नै हुन्न । बस्ने ठाउ नपाको झोकमा साथिको झोला तान्दै पार्वती चड्कीई। हरे ! सरकारी क्याम्पसको गति । सुजन, गोविन्द र शुष्माले पनि सहमति जनाए ।
बिनिता र सुरेश समेत चिच्चाउन थाले पछि सर बाद्य भएर प्रमुख सर समक्ष जानुभयो।
प्रमुख सरले कोठा र बिद्यार्थी संख्या हेरेपछि हामीलाई अर्को अलि ठूलो कोठाको ब्यवस्था गरिदिनु भयो ।
दुई घण्टी मात्र के पढ्दै थियौँ, ढोका बाहीर कोलाहल आएपछि सरले बाद्य भएर ढोका खोल्नु भयो।
प्रमुख सर र ५०-५५ जना बिद्यार्थीहरुको समुह । ठूलो कोठा हामीले हडपेपछि स्नातक दोश्रो
बर्षका साथीहरु अट्ने ठाउको ब्यवस्था गरियोस् भन्दै त्यतै हानिएका रहेछन् । कतै समायोजन हुन नसक्ने
देखेर प्रमुख सर चिन्तित हुनुन्थ्यो ।

   सन्तुष्टी कही नि छैन । जताततै रिस, झगडा अभाव र अशान्ति ब्याप्त छ।
क्याम्पसमा समेत राम्रोसंग पढ्न नपाएर म डेरातिर जाँदै थिएँ गाडिमा पनि अत्याधिक जनचाप। "कति मातै कोच्न सकेको हो, ह्याँ टेक्ने ठाउ नि  त हुनु परो नि !!"
नजिकै उभिएकि एक महिलाले एकै सासमा असन्तुष्टी पोखिन् ,"सधै यस्तै हो भन्या !!" अर्कीले समर्थन जनाइन्।
त्यही क्रममा एक जनाको मोबाइलमा घण्टी बज्यो। कोलाहल र हल्लाको कारण उनले कुरा बुझ्न सकेनन्
सात आठ पटक हेलो हेलो भन्दै रिसाएर फोन कटाइदिए। अनि चुर हुदै उभिए।

   साढे एक बजे आउछु भनेको साथी तीन बज्दासम्म पनि नआएपछि ममा रिसले उग्रता लिदै थियो।
अत्यावस्यक कामले आउने अलि समयमै आउनु पर्छ नि , कस्तो लम्फु हो । उसले विगतमा गरेका २-४ ओटा गल्ती सम्झेर 'सधैको हरामी' भन्ने शब्द उच्चाहरण गरेछु । हस्याङ फस्याङ गर्दै त्यहीबेला ऊ त्यहाँ आइपुग्यो।
'सधै ढिलो गर्चस् तैले नि' हात समेत नमिलाइकन उसको ढिलाई प्रति आक्रोषित भएँ।
"काँ एक घण्टा जाममा परेर,,, " बचाउ गर्दै उसले भन्यो। हत्या गरिएका आफन्तको खोजी र क्षतिपुर्तीको माग गर्दैक् चार घण्टासम्म सडक तताएछन् आफन्त र स्थानीयबासीहरुले।
"हैन हरेक कुरामा बाटै बन्द गर्ने , क्याम्पसै बन्द गर्ने कस्तो चाला हो यो !!" दुई हप्ताजसो अगाडिको घटना सम्झदै साथिले पनि आक्रोश पोख्यो ।
रिसलाई थाति राखेर नै भएपनि म उसका कुरामा सहमत भएँ ।।

   "हैन केटा हो , आजकल त छिटो छिटो धेरै धेरै पैसा माग्न थाल्यौ त ?" बाबासित पैसा मागिरहेको बेलामा छिमेकी अंकलले आफ्नो समेत कथा बताउने गरी मलाई संकेत गर्दै बताउनु भयो।
'डुबाउने भए दाइ' बाबाले पनि सहमति जनाउनु भयो।
हामीहरु उच्च शिक्षाका लागि शहर पसेपछि घरको खर्च पनि बढ्ने नै भयो।
गाउ घरमा शिक्षाको राम्रो ब्यबस्था नभएपछि कतिपय युवा युवतीहरु शहर पस्न बिवस भएका छन्।
बिशेष गरी मध्यम वर्गीय परिवारमा आर्थिक ब्याबहार समाल्न अत्यन्तै गाह्रो भएको छ।
बढ्दो आवस्यकता, तिव्र महंगी र पढाइपछिको बेरोजगारीको कारण परिवारले शिक्षा र स्वास्थ्यको समेत भार खेप्न नसक्ने स्थिती आएको छ ।
म आफैलाई दिक्क लाग्छ ~ देशका यी विविध समस्याहरु सम्झिदा ।समधान कसले गर्ने त?? धेरै युवा विदेशिन वाद्य छन्।

   राजनैतिक अस्थिरता र प्रतिपक्षी ब्यावहारले देशको विकास गर्न सकिन्न । युवाहरु एकजुट नभएसम्म देशको मुहार फेरिन्न । यस्ता कुराहरु अरुलाई सुनाउन अति सजिला हुन्छन् तर ब्यावहारमा उतार्न उत्तिकै सकस । म भातमा ढुङ्गा भेटिदा रिसाउने मान्छे खेतमा दिनभर काम गर्न जान पटक्कै रहर जाग्दैन।
अचम्म हाम्रो संस्कार नै यस्तो कि अरुको आलोचना र टिप्पणि मात्र गर्ने आफू अघि नबढ्ने ।
भाँडा ठटाएर कुर्लने तारा दाइ पानीको मुहान सफा गर्न जाने वातावरण यहाँ बन्नै सकेन।
सबैको गति यस्तै हो। माओवाद र साम्यवाद बरवाद मा परिणत हुदै छन्। देशका रक्षक र भक्षकमा खासै अन्तर पाइ एको छैन यहाँ । सर्दार र भार्दारहरु मुर्दारप्राय: छन्।
घरबार बिग्रिएपछि पाटीमार्फत दरबारमा पुग्नेहरु पनि प्रयाप्त छन्।
सायद नयाँ नेपालको प्रगति यहीँ होला ~ म कसैलाई केही भन्न चाहन्न। सबै आफैमा परिपक्व र सर्वज्ञ , अस्तु !!!!



२०६५/१०/२३ काठमाण्डौ