Friday, December 24, 2021

गजल



छ यो जून उस्तै, छ यो घाम उस्तै ।
यहाँ प्रेममा घाउका डाम उस्तै ।।

तिमीसंग तिम्रै शहर् फेरियो  रे,
म उस्तै छु साथी र छन् गाम उस्तै ।।

पुगेथेँ जहाँ भेट हुन्थ्यौँ तिमी म,
नयाँ पात्र देखेँ छ त्यो ठाम उस्तै ।।

बिलाएर सीता न फर्किन् अयोध्या,
कठै शून्यतामा रह्यो राम उस्तै ।।

मनैभित्र बस्थ्यौ तिमी मुस्कुराई,
जसै निस्कियौ बल्झिने नाम उस्तै ।।



रुक्न : फऊलुन् ×४
[ बहर : मुतकारिब, छन्द : भुजंगप्रयात ]

No comments:

Post a Comment