Wednesday, May 14, 2025

यी १० कुरामा कहिल्यै नआत्तिनु

१- जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुदै छ । स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा, घोकेर हैन सोचेर हल गर्नुपर्छ । कहिल्यै नआत्तिनु ।

२- दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै दु:खि हुनु पर्दैन । कहिल्यै नआत्तिनु ...

३- समय एउटा यस्तो इमान्दार बस्तु हो ,जो पर्खाउन लगाएर कहिल्यै धोका दिदैन । एकदिन अवश्य आउछ । कहिल्यै नआत्तिनु ..!

४- जीवन पनि एक बगैंचा हो । कहिले शरद जस्तै फूल फुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। कहिल्यै नआत्तिनु ...!

५- खुशिको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जादैन । कहिल्यै नआत्तिनु ..!

६- आत्मियताको अंगालो मारेर अंगालो पछाडि छुरा घोप्नेहरूको पनि कमी छैन यहाँ ? तर पछाडी कुरा काट्नेको स्थान पनि पछाडी नै छ, अगाडी आउने हिम्मत उनिहरूमा कहल्यै हुँदैन । कहिल्यै नआत्तिनु ..!

७- मृत्यु मानिस सँग जन्मेदेखी नै पाहुना लागेर बस्छ र उ आयुलाई पनि आफुसँगै लिएर मात्रै फर्कन्छ। ऊ सँगै बसुन्जेल बाँचिन्छ।जब फर्कन्छ, जीवन सकिन्छ । मृत्युमात्रै जीवनको अन्तिम सत्य हो, अरु सब भ्रम हुन् । बाँच्दा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरुलाई तर्साएपनि स्वास र दिन सकिएपछी त्यो खोक्रो शरिरले केही गर्न सक्दैन । त्यसैले कहिल्यै नआत्तिनु ...!

८-  मिहिनेत सिढी जस्तै हुन्छ अनी भाग्य लिफ्ट जस्तै । कुनै पनी समय लिफ्ट बन्द हुन सक्छ तर सिढी जहिले पनी खुल्ला हुन्छ र उचाई तर्फ लैजान्छ । कहिल्यै नआत्तिनु ..!

९-  समस्या जबजब आउँछ, एक्लै आउँदैन लावा लस्कर सहित आउँछ । जीवन एउटा यात्रा हो उतारचढाव त आईरहन्छ त्यसैले आरामसँग यात्रा गर्नुस . .गियर बदल्दै ,बदल्दै । कहिल्यै नआत्तिनु ...!

१०-  जे हुनु छ हुन्छ नै । भएका कुरामा पछुताएर रुनु छैन । बरु सिक्नु छ र जिउनु छ । जिन्दगीमा सकिन्छ भने केही राम्रो काम गरौं कम्तीमा 'चार' जना 'मलामी' चैं कमाउन सकियोस्, जसले आर्यघाटसम्म पुर्याई दुई थोपा आँसु झार्दिउन्। अरू कुरामा कहिल्यै नआत्तिनु ...!



Wednesday, April 9, 2025

रोइला भजन : कैलाशमा शिवले

शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले… 

पञ्चभूत, दश ईन्द्रीय, पाँचै छन् तन्मात्रा ~ 
माटो वा भष्म हुने हो देह, सजिलो छैन यात्रा ।।१।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…


मन, बुद्धि, चित्त, अहं अन्तस्करण चार - 
प्रभुका पाउमा चढाएर गरौँ नमस्कार ।।२।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…

छत्तीस ३६/(छब्बीस २६) तत्व, तीनै गुण भन्दा शिव माथि - 
सत्कर्म हो मनुष्यको सँगै जाने साथी ।।३।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…

सृष्टि, स्थिति, लय गर्ने हाम्रा तीन परमेश्वर - 
लीलामा हेर्दा अनेकौं रूप, एउटै हुन् महेश्वर ।।४।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…


नीलकण्ठ, त्रीपुरारी, शशीशेखर, शम्भो - 
कलिको मान्छे दम्भै बढी, भक्ति ज्ञान कम् भो ।।५।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…

चन्द्रमौली कृपानिधान् हरहर भोला - 
मायाजालमा अल्झेर नै बित्न लायो चोला ।।६।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…

डमरू त्रिशूल हातमा छ, कटिमा बाघको छाला - 
कपूर जस्तो गोरो वर्ण, वाशुकी नागको माला ।।७।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…

गौरीकान्त, भूतनाथ, साम्वसदाशिव - 
तिम्रो कृपादृष्टि बिना मुक्त हुन्नन् जीव ।।८।।
कैलाशमा शिवले…
शिव धुनी लाए, कैलाशमा शिवले, 
शिव धुनी लाए, कैलाशमा शिवले…





माउन्ट हर्मन


Monday, November 11, 2024

प्रगति


प्रगति

  झनन्न रिस उठ्यो , पहिलै गासमा ढुङ्गा लाएपछि ,
म अरुसङ्ग पनि थुप्रैचोटि रिसाएको छु । खानामा ढुङ्गा बिया भेटिनु मेरोलागि पटक्कै मन नपर्ने कुरा हो ।
यस पालीको चामल त झन राम्रो भनेर महङ्गो ल्याएको हो ।
किन सरकारले उपभोक्ताको स्वास्थ्य र आर्थिक पक्षप्रति ध्यान दिदैन ?
खाद्यान्नजस्तो आधारभूत कुरामा गुणस्तरहीनता र मिसावट हुदै गर्दा थुप्रै सर्वसाधारण
रोग र कुपोषणजस्ता कुराहरुबाट पिल्सिरहेका छन् । खोई त हाम्रो सरकार त्यसमा जिम्मेवार बनेको?

  "तट् यो बाइक कामै नदिने भैसक्यो" , छिमेकी रामु दाइ पाँच मिनेटसम्म सेल्फ स्टार्ट र किक हान्दा हत्तु भएपछि कुर्लनु भयो ।
डेढ दुई लाख खर्च गरेर बाइक किन्नु , बार्षिक कर तिर्नु , छ महिना नहुदै बिग्रने ! पेट्रोल हो कि मट्टितेल हो छुट्याउन नसकिने , त्यही पनि
कालो बजारमा महंगो तिरेर किन्नुपर्ने। के भा को हो हाम्रो देशमा ?? जवाफ त मसित पनि थिएन चुप लागिरहेँ ।
"चौध दिन भैसक्यो धारामा पानी न आको के ले नुहाउने त ? " रित्तो ड्रम ठटाउदै तारा दाइ चिच्चाउनु भयो , घरवेटी आन्टी रित्तो भाँडो हेर्दै मौन रहेर हास्नु भो । समस्या मेरो पनि त्यस्तै हो । आठ दिन भैसक्यो ननुहाएको, लुगा नधोएको त दुई हप्ताभन्दा बढी भयो होला।
टन्न खान त नपुग्ने पानी के कपडा धोइरहनु र ! म गाउमा खेर गैरहेको पानी सम्झेर राजधानिमा त्रिप्त हुनुपर्ने बाद्यता छ।
यस्तो समस्या सबै शहरमा लाखौ जनाको छ । कसले ध्यान दिने त्यतातर्फ । बिचरा मेलम्ची !!

  धत्तेरी यो फोन ! एघार हजारको मोबाइल बिस्तरामा बजार्दै दामोदर कड्कियो एक घण्टासम्म फोन नलागेपछि रिस उठ्नु स्वभाविकै हो। जागिर हट्नसक्ने तिव्र संभावना सम्झेर सधै हसाउने दामु मसित बोल्दा पनि बोलेन । हतार हतार दौडियो अफिसतिर ।
बिचरा फोनकै कारणबाट मनग्गे गाली पाएको छ उसले ~ साहुको , ग्राहकको र कहिलेकाही त अपरिच्त केटीको पनि ।
यता हानेको फोन उता उठ्छ । बोल्दाबोल्दै काटिन्छ , त्यसपछि आधाघण्टा सम्पर्क हुन सक्दैन ।
के कुरा गर्नु टेलिकमको , मलाई पनि रिस उठेर आउछ। एकजना सरले त मोबाइल बोक्न छोडिदिनु भो।

  ओ हो !! फेरी लोडशेडिङ !! किताब थन्क्याएर कमल दाइ बत्ती बाल्न जानुभयो।
दुई दिनपछिको एसेसमेण्ट , ठूला किताबका ठेली र लोडशेडिङ । कमल दाइको पारो तातेर आएछ क्यारे।
भाइ अर्जुनले अनाहकमा ठूलै हप्की सहन बाद्य भए। लाइटमा पनि खासै चार्ज हुन पाएनछ दश मिनेट नहुदै धमिलो भयो।
कमल दाइ सुनेकै भरमा युरोपतिरका कुरा भत्भताउन थाल्नु भयो। एम् एस्सि सकाएपछि त्यतै हानिने बिचार ब्यक्त गर्नु भयो।
म वाल्ल परेर कुरा सुन्दै सही थापेँ। सरकार , सबै दल र ब्यक्ति समेतलाई बाँकी नराखेर गाली गर्नुभयो।
सबैप्रति आक्रोश एवं असहमति । लोडशेडिङप्रति मम्मी पनि असन्तुष्ट हुनुहुन्छ । अध्यारोमा तरकारी चर्को भएपछि पाहुनाले खाना फालेछन् ,बाबाले समेत मम्मीलाई गिज्याउनु भो। एक घण्टा प्राधिकरण र सरकारलाई गाली गर्दै बाबा र पाहुनाको वार्ता चल्यो।
भाइले समेत सहि थाप्दै दुई चार उदाहरण सुनायो, हेर काली र चिलिमे !!
  
छ्या छ्या छ्या .....  पिच्च थुक्दै मनोज फोहोरको डङ्गुरैबाट दगुर्यो। म चाहि अलमल्लमा परेँ। बढेको प्रदुषण र न उठाएको फोहोर देख्दा।
बिष्णुमतीमा थुप्रिएको फोहरकै कारण राजेन्द्र गाडी चढेर अर्को बाटो आउछ मेरो कोठामा,मसंगका हरेक भेटमा उसले फोहोर , कोलाहल र अस्थिर राजनीतिकै कुरा गर्छ ।

   आज यो क्लासमा पढाइ नै हुन्न । बस्ने ठाउ नपाको झोकमा साथिको झोला तान्दै पार्वती चड्कीई। हरे ! सरकारी क्याम्पसको गति । सुजन, गोविन्द र शुष्माले पनि सहमति जनाए ।
बिनिता र सुरेश समेत चिच्चाउन थाले पछि सर बाद्य भएर प्रमुख सर समक्ष जानुभयो।
प्रमुख सरले कोठा र बिद्यार्थी संख्या हेरेपछि हामीलाई अर्को अलि ठूलो कोठाको ब्यवस्था गरिदिनु भयो ।
दुई घण्टी मात्र के पढ्दै थियौँ, ढोका बाहीर कोलाहल आएपछि सरले बाद्य भएर ढोका खोल्नु भयो।
प्रमुख सर र ५०-५५ जना बिद्यार्थीहरुको समुह । ठूलो कोठा हामीले हडपेपछि स्नातक दोश्रो
बर्षका साथीहरु अट्ने ठाउको ब्यवस्था गरियोस् भन्दै त्यतै हानिएका रहेछन् । कतै समायोजन हुन नसक्ने
देखेर प्रमुख सर चिन्तित हुनुन्थ्यो ।

   सन्तुष्टी कही नि छैन । जताततै रिस, झगडा अभाव र अशान्ति ब्याप्त छ।
क्याम्पसमा समेत राम्रोसंग पढ्न नपाएर म डेरातिर जाँदै थिएँ गाडिमा पनि अत्याधिक जनचाप। "कति मातै कोच्न सकेको हो, ह्याँ टेक्ने ठाउ नि  त हुनु परो नि !!"
नजिकै उभिएकि एक महिलाले एकै सासमा असन्तुष्टी पोखिन् ,"सधै यस्तै हो भन्या !!" अर्कीले समर्थन जनाइन्।
त्यही क्रममा एक जनाको मोबाइलमा घण्टी बज्यो। कोलाहल र हल्लाको कारण उनले कुरा बुझ्न सकेनन्
सात आठ पटक हेलो हेलो भन्दै रिसाएर फोन कटाइदिए। अनि चुर हुदै उभिए।

   साढे एक बजे आउछु भनेको साथी तीन बज्दासम्म पनि नआएपछि ममा रिसले उग्रता लिदै थियो।
अत्यावस्यक कामले आउने अलि समयमै आउनु पर्छ नि , कस्तो लम्फु हो । उसले विगतमा गरेका २-४ ओटा गल्ती सम्झेर 'सधैको हरामी' भन्ने शब्द उच्चाहरण गरेछु । हस्याङ फस्याङ गर्दै त्यहीबेला ऊ त्यहाँ आइपुग्यो।
'सधै ढिलो गर्चस् तैले नि' हात समेत नमिलाइकन उसको ढिलाई प्रति आक्रोषित भएँ।
"काँ एक घण्टा जाममा परेर,,, " बचाउ गर्दै उसले भन्यो। हत्या गरिएका आफन्तको खोजी र क्षतिपुर्तीको माग गर्दैक् चार घण्टासम्म सडक तताएछन् आफन्त र स्थानीयबासीहरुले।
"हैन हरेक कुरामा बाटै बन्द गर्ने , क्याम्पसै बन्द गर्ने कस्तो चाला हो यो !!" दुई हप्ताजसो अगाडिको घटना सम्झदै साथिले पनि आक्रोश पोख्यो ।
रिसलाई थाति राखेर नै भएपनि म उसका कुरामा सहमत भएँ ।।

   "हैन केटा हो , आजकल त छिटो छिटो धेरै धेरै पैसा माग्न थाल्यौ त ?" बाबासित पैसा मागिरहेको बेलामा छिमेकी अंकलले आफ्नो समेत कथा बताउने गरी मलाई संकेत गर्दै बताउनु भयो।
'डुबाउने भए दाइ' बाबाले पनि सहमति जनाउनु भयो।
हामीहरु उच्च शिक्षाका लागि शहर पसेपछि घरको खर्च पनि बढ्ने नै भयो।
गाउ घरमा शिक्षाको राम्रो ब्यबस्था नभएपछि कतिपय युवा युवतीहरु शहर पस्न बिवस भएका छन्।
बिशेष गरी मध्यम वर्गीय परिवारमा आर्थिक ब्याबहार समाल्न अत्यन्तै गाह्रो भएको छ।
बढ्दो आवस्यकता, तिव्र महंगी र पढाइपछिको बेरोजगारीको कारण परिवारले शिक्षा र स्वास्थ्यको समेत भार खेप्न नसक्ने स्थिती आएको छ ।
म आफैलाई दिक्क लाग्छ ~ देशका यी विविध समस्याहरु सम्झिदा ।समधान कसले गर्ने त?? धेरै युवा विदेशिन वाद्य छन्।

   राजनैतिक अस्थिरता र प्रतिपक्षी ब्यावहारले देशको विकास गर्न सकिन्न । युवाहरु एकजुट नभएसम्म देशको मुहार फेरिन्न । यस्ता कुराहरु अरुलाई सुनाउन अति सजिला हुन्छन् तर ब्यावहारमा उतार्न उत्तिकै सकस । म भातमा ढुङ्गा भेटिदा रिसाउने मान्छे खेतमा दिनभर काम गर्न जान पटक्कै रहर जाग्दैन।
अचम्म हाम्रो संस्कार नै यस्तो कि अरुको आलोचना र टिप्पणि मात्र गर्ने आफू अघि नबढ्ने ।
भाँडा ठटाएर कुर्लने तारा दाइ पानीको मुहान सफा गर्न जाने वातावरण यहाँ बन्नै सकेन।
सबैको गति यस्तै हो। माओवाद र साम्यवाद बरवाद मा परिणत हुदै छन्। देशका रक्षक र भक्षकमा खासै अन्तर पाइ एको छैन यहाँ । सर्दार र भार्दारहरु मुर्दारप्राय: छन्।
घरबार बिग्रिएपछि पाटीमार्फत दरबारमा पुग्नेहरु पनि प्रयाप्त छन्।
सायद नयाँ नेपालको प्रगति यहीँ होला ~ म कसैलाई केही भन्न चाहन्न। सबै आफैमा परिपक्व र सर्वज्ञ , अस्तु !!!!



२०६५/१०/२३ काठमाण्डौ







Saturday, June 15, 2024

रोचक ज्ञान

. तीन अवस्थाहरू छन् : योग, भोग र रोग
. उच्च रक्तचापमा नुहाउनु र सुत्नु अघि एक गिलास पानी 
पिउनुहोस् नुहाउदा पानीमा थोरै नुन मिसाउनुहोस् । 

. लो बीपी- बिरेनुन हालेर पानी पिउनुहोस् ! 
. हम्पब्याक - फस्फोरसको कमी ।
. कफ - फस्फोरसको कमीले कफ खराब हुन्छ, फस्फोरसको क्षतिपर्ति गर्न गुड़ र मह खानुहोस् ।
. दम - सल्फरको कमी।
. सिजेरियन शल्यक्रिया - फलाम र क्याल्सियमको कमी।
. सूर्यास्त पछि क्षारीय वस्तुहरू खानुहोस् । 
सूर्यास्त हुनुअधि अम्लीय चीज र फलफूल खानुहोस् ।
. हाई हाई-शरीरमा अक्सिजनको कमीले हुन्छ ।
. विहान जुस पिउनेहरुले कालो नुन र अदुवा मिसाएर पिउनुपर्छ ।
. तामाको पानी बिहान उभिएर खाली खुट्टाले पानी पिउनु हुदैन।
. गाढा रङका रुखको हावाले दम, मधुमेह र क्यान्सरबाट बचाउँछ । 
. वास्तुशास्त्र अनुसार घरमा जति खुला ठाउँ हुन्छ, त्यो घरमा बस्ने मानिसको मन र हृदय त्यति नै खुला हुन्छ ।
. हावापानी अनुसार प्रणाली विकसित भएमा मात्र परम्पराको विकास हुन्छ ।
. पत्थरी - अर्जुनको बोक्रा र पाखनभेदको प्रयोगले ढुङ्गाको समस्या नगण्य हुन्छ।
. R0 पानी नपिउनुहोस, यसले गुणस्तर स्थिर राख्दैन। राम्रो पानी पिउनुहोस् वर्षाको पानी उत्तम हो ,पानी शुद्ध गर्न हरिया फल उत्तम हुन्छ ।
. निद्राबाट उठ्दा सधै दाहिनेतर्फबाट उठ्ने वा स्वर आएको तर्फबाट उठ्ने ।
.पेट टेकेर सुत्दा हर्निंया, प्रोस्टेट र एपेनडिक्स जस्ता समस्या निम्त्यारँछ ।
. पूर्व दिशा भोजनको लागि उत्तम र उत्तर दिशा अध्ययनको लागि उत्तम।
. HDL बढाउँदा मोटोपना घटछ, LDL र VLDL घट्छ। 
. यदि तपाईलाई ग्यासको समस्या छ भने, खानामा अजवाइन (ज्वानो) थप्न सुरु गर्नुहोस् ।
. चिनीमा सल्फर हुन्छ जुन पटकामा समेत प्रयोग गरिन्छ। शरीरमा पसेपछि बाहिर निस्कदैन । चिनी खाँदा पित्त बद्छ ।
. सुक्रोज पच्दैन, तर फ्रक्टोज पच्छ र हरेक मीठो चीजमा फ्रक्टोज हुन्छ ।
. वातको प्रभावले निद्रा कम हुन्छ ।
. कफको  प्रभावमा व्यक्तिले बढी माया गर्छ ।
. खोकीका कारण पढाइ कम हुन्छ ।
. पित्तको प्रभाव ले बढी अध्ययन गर्दछ । 
. आँखाका रोगहरूः मोतिबिन्दु, मोतियाबिन्द, ग्लुकोमा, आँखा रातो हुनु आदि अधिकांश रोगहरू कफको कारणले हुन्छन् ।
. हावा विरोधी खाना बेलुका खानु पर्छ।
. बिहान ४-५ बजे उठ्नुपर्छ । 
. सुत्दा रक्तचाप सामान्य वा सामान्य भन्दा कम हुन्छ । 
. व्यायाम - वात रोगीहरूले मालिशपछि व्यायाम गर्नुपर्छ पित्त रोगीहरूले व्यायामिसपछि मालिश गर्नुपर्छ । कफ भएको व्यक्तिले नुहाएर मसाज गर्नुपर्छ ।
. नेपालको हावापानी वात प्रकृतिको छ, दौडनुको सट्टा सूर्य नमस्कार गर्नुपर्छ ।
. पर्याप्त काम गर्ने आमाहरूको लागि व्यायाम आवश्यक छैन ।
. पित्त निद्राले शान्त हुन्छ, वायू मसाजले शान्त हन्छ, बान्ताले कफ शान्त रहन्छ र व्रत बस्दा ज्वरो शान्त हुन्छ । 
. भारी वस्तुहरूले शरीरको रक्तचाप बढाउँछ किनभने तिनीहरूको गुरुत्वाकर्षण बढी रहन्छ ।
. मासु खानेहरूको शरीरमा एसिड स्रावित ग्रंथिहरू प्रभावित हुन्छन
. तेल सधै बाक्लो उपभोग गर्नुपर्छ केवल काठको तेल प्रेसबाट दुध सधै पातलो खानपर्छ।
. दाल र तरकारीको बोक्राले कोलेस्ट्रोल कम गर्छ । 
. कोलेस्ट्रोल बढेको अवस्थामा इन्सुलिन रगतमा प्रवेश गर्न असमर्थ हुन्छ। रगतमा चिनीको सम्बन्ध ग्लुकोजसंग नभई कोलेस्ट्रोलसॅग हुन्छ ।
.मिर्गीको आक्रमण भएमा अमोनिया वा चूनाको गन्ध सुगन्धित गर्नुपर्छ ।
. टाउको दुखेको अवस्थामा बिरामीलाई एक चिम्टी अमोनियम क्लोराइड र अदुवाको रस सुगन्धित गराउनुहोस् ।
. खाना खानुअधि मीठो र पछि अमिलो खाँदा मधुमेह हुदैन ।
. खाना खानुभन्दा आधा घण्टा अघि सलाद खानुहोस् त्यसपछि खाना खानुहोस् ।

Wednesday, March 6, 2024

अभिलाषा


अभिलाषा

म अस्तिदेखि बिमारी परेँ। एकशयचार डिग्रीको काम ज्वरो आयो छ बर्षको अन्तरालपछि। सारै नमज्जासँग टाउको दुख्ने र घाँटि अवरुद्ध हुने पनि भयो। रगत ,भिडियो एक्सरे र पिसाब समेत जाँच गराइसकेपछि बल्ल म ढुक्क भएँ। चार हजार रुपिया ठ्याक्कै सकिएपनि नराम्रो रोग रहेनछ। सामान्य टन्सिल र रुघाखोकीको ज्वरो। तर सारै आर्थिक मन्दीको अवस्थामा काठमाण्डौजस्तो महङ्गो ठाउमा बिमारी पर्नु त बेकार नै हो। घरबाट ल्याएको दश बाह्र हजार रुपिया त कता जान्छ कता पत्तै नहुने। 

कल्पना मानव मात्रको नभै प्राणी जगतकै एउटा मनोदशा हो। वास्तविकतामा अपर्याप्त वस्तुहरुको भरपुर आनन्द थुप्रै कल्पनाहरुमा लिनु नै मानव जगतको बिशेषता हो। कल्पनामा पनि आनन्द पुगेनभने सपना त छदैछ। कल्पना मानव जिवनको एक अभिन्न अङ्ग पाटो भएकोले कोहि पनि त्यसबाट अछुतो रहन सक्दैन। अत: म पनि सिरकमाथि कम्मल खापेर आँखा चिम्म गरी स्वर्णिम जगतको परिकल्पना गर्न थालेँ।
मैले स्नातक तह पढ्दै गर्दा आफ्नै जिवनप्रति वित्रिष्णा उत्पन्न हुन थालेको छ। मेरा अभिभावकको म प्रतिको आशा एवं अभिलाषाहरु पूरा गर्न म अक्षम हुने चिन्ताले गर्दा होला, बुवाको म माथिको लगानी पनि खेर जाने भयले गर्दा होला म हिजो आज अति चिन्तनशील बन्न थालेको छु। म जति जति बढी सोच्दछु त्यती नै बढी विचारशुन्यताको खाडलतर्फ उन्मुख भए झै लाग्दछ। विचार सबैका आ आफ्नै हुन सक्छन् तर अभावबाट गुज्रने प्राय नेपालीको बिचार मेरोजस्तै हुनु पनि अचम्मको विशेषेता हो।
गरिबी प्राय नेपालीको प्रयाय भएकोले म काठमाण्डौमा एउटा सर्वगुण सम्पन्न घरको परिकल्पना गर्न पुगेछु त्यो पनि सामान्य चाउचाउको चिठ्ठामा परेको, जसबाट मेरा आगामी दिनहरु उज्वल बन्न पुगुन्। म आफूले चाहेकै महङ्गो कलेज पढ्न सकुँ। वा साथी राजेश जस्तै राम्रो बाइक चढ्न सकुँ वा गोकुलले झैं कलेजको क्यान्टिनमा सबै साथीहरुलाई टन्न खुवाउन सकुँ। होइन, साथी दिपकले झैं महङ्गा जुत्ता र कपडा फेरिफेरी लगाउन सकुँ। म स्वार्थी भएँ क्यारे, आफ्नो लागि त जो पनि बाँचेकै छ म त अरुको लागि समेत बाँच्न चाहने मान्छे त्यसैले क्याम्पस खोल्न वा अस्पताल बनाउनको निम्ति सक्दो सहयोग गर्थेँ।
" न वित्तेन तर्पणियो मनुष्य: " धन सम्पतिले सधै अत्रिप्त मानव जुनीमा उद्यमहीन तरिकाले प्राप्त घरभन्दा मलाई आफ्नै कडा श्रमको साथ योग्यता अनुरुप लोकसेवामा नाम निकाल्नु नै उत्तम लाग्न थाल्यो। इज्यत पनि हुने र छाक टार्न पनि गाह्रो नहुने। देशको सेवा पनि हुने र पैसा पनि राम्रै कमिने , तर! इमान्दारीले त धेरै पैसा कमिदैन। म भ्रष्टाचार पनि गर्न जान्दिन, भ्रष्टाचार नगरी पैसा बढ्दैन। भ्रष्टाचारीलाई कडा सजाय हुने कानून बन्दैछ। "सजाय" शब्द सुन्नासाथ म तर्सन्छु। सानोमा कक्षा हापेर ऐसलु खान जाँदा गुरुले सजाय भन्दै सबैको अगाडि आठ लौरा हानेपछि सजाएले मेरो सातो लिएको छ। भो भो मलाई लोकसेवा पनि चाहिएन।
अलि बिकसित देशतिर हानिन पाए बरु मज्जा हुन्थ्यो कि ! मान्यता पनि बढी हुने र नया देश र परिवेशमा रम्न पनि पाइने, पढाइ र पैसा दुवै हुने ! हो,,,, मलाई वैदेशिक यात्राको चाहना तिव्र खहरे भेलजस्तै उर्लेर आउन थाल्यो। बढ्दो महंगी र बेरोजगारीका कारण लाखौँ युवा विदेशिन बाद्य छन् म पनि त्यै हुल भित्र पर्छु। तर विदेश जान पनि कहाँ सजिलो छ र आठ दश लाख नभै नहुने त्यसमाथि भाषागत कठिनाइहरु ~ अर्काको भाषा नसिकी नहुने । आ ,,, जे भए नि विदेशको मान्यता तिव्र छदै छ। म गाउकै जिम्माल बाका छोराहरु सम्झन्छु। रमेश अमेरिका नरेश जापान। कति सत्कार भएथ्यो पोहोर रमेश दाइ पाँच बर्षपछि नेपाल आउदा । मलाई पनि कस्तो भित्रैबाट अमेरिका जाने इच्छा जागेको थ्यो।
ममा अचानक जननी जन्मभूमिस्च,,,,, को भावना जाग्रित भो र बुवाको पनि मैले देशमै क्यै गरेको हेर्ने चाहना पनि सम्झेँ। विदेश हानिदैमा राम्रो नै हुन्छ भन्ने पनि त छैन। कति अलपत्र परेका छन्, कति अठारघन्टा काम गर्न बाद्य छन् । अन्तत: मरुभुमीको खेती भएको छ कतिका लागि विदेश। मलाई विदेशिने मन एकाएक त्यहाँ हुने पीडा र दुर्ब्यबहार सम्झिदा।
गोर्खापल्टनमा भर्ती भैयो भने जिन्दगानि बिन्दास हुन्छ। चिन्तामुक्त जिवन, रमाइलो पल्टन,,,,,, मेरो सोचाई त्यतातर्फ मोडियो। म इण्डियन आर्मी भै तीन चार बर्षमा दुई महिनाको लागि नेपाल आएको कल्पना गरेँ ~ कति मज्जा खायो बस्यो, पल्टनमै ज्यान बनायो यस्तै यस्तै,,,,,, एकाएक सोचाइको क्रममा मैले विश्वमा बढ्दै गैरहेको हत्याहिंसा, युद्ध र आतङ्क सम्झिएँ, म्रित्युलाई अंगिकार गरेर बिदेशी सेनामा भर्तीहुने आँट ममा भएन । सुन्दैमा पनि ज्यान सिरिङ्ग हुने क्रूर युद्ध तथा हिंसाहरु मैले पढेको र टिभिमा देखेको छु। खुकुरीको धारमाथि यात्रा गर्ने शाहस ममा भएन। एक दुई युद्धबन्दीको कथा सम्झनासाथ मन थर्र भो , यसभन्दा बढ्ता मैले सोच्न सकिन।
'राजनीति' अचानक विचार फुरिहाल्यो। थुप्रो सम्मान पनि हुने , देश विदेश घुम्न नि टन्न पाइने, धनसम्पति आफै फल्ने सर्वोत्तम उपाय नै मलाई राजनीति लाग्यो। राजनीतिमै पाइला चाल्नु पर्‍यो, भाषण गर्न त आइहाल्छ। मन्त्री भैएछ भने कुलकै उत्थान हुने नत्र पनि आफ्नो त उत्थान हुने सुनिस्चित देखेर मलाई राजनीतिज्ञ हुने इच्छा बढ्यो। हत्तेरी, सधैको अस्थिरताको कारण भोको देशको बिमारी राजनीति : देशकै यस्तो हविगत भएको छ। मलाई झुठ र षड्यन्त्रको विवेकहीन राजनीति पनि चाहिएन !! प्लेटोको आदर्श राज्य र दार्शनिक शासकको परिकल्पना म गहन रुपले सोच्न पुगेँ। अविस्वास र बदलायुक्त नया संसारमा त्यो पनि सम्भव छैन भन्ने लाग्यो। असंभव कुराबारे धेरैबेर सोच्नु पनि त फाइदायुक्त भएन। मनमा अरु कुनै नया बिचार आउन सकेन। धत् म लम्फु, आखिर गर्ने के त ?? म मानव भएर पनि केही गर्न नसक्नु त जिउदो लास बन्नु नै हो। आदिकविले त्यसै मजस्ताको लागि लेखेका होइनन् "ज्युदै मर्‍याको भनी नाउ कसको ? उद्यमबिना बित्दछ काल जस्को ।। " न विदेश जाने आँट न त देशकै माटो ख्याउन सक्ने आँट । मलाई मेरो जन्म नै ब्यर्थ र संसार खोक्रो भएजस्तो लाग्यो। के का लागि म काम गर्ने त ?? म कामको अस्तित्व खोज्न थालेँ। आखिर मेरो सजीवताको निम्ति नै केही गर्नुपर्ने बाद्यता रहेछ। नत्र त म निर्जीव भैहालेँ। म मानव हुनुमा केही अस्तित्व पक्कै छ। अस्तित्वहीन हुनका लागि मेरो जन्म पक्कै होइन। अल्बर्ट कामुको अस्तित्ववादबाट म हर्दम प्रभावित मान्छे, "मिथ अफ शिसिपस" मेरो अत्यन्तै मन परेको लेख। आत्महत्या जीवनको समाधान हुदै होइन बरु अन्य अस्तित्वको निम्ति समेत भार हो। संसारमा कति मान्छेहरु आफ्नो अस्तित्व बचाउको लागि मरिरहेका छन्, मचाही भएकै अस्तित्व पनि विनास गरी मर्न खोज्नु पक्कै पनि मेरो मुर्खताशिवाय केही होइन। अस्तित्व सबै प्राणीहरुको छ। म पनि आखिर मेरो अस्तित्वको खातिर चिन्तित भैरहेकोछु। सोचाई हुने सम्पूर्ण प्राणीहरु अस्तित्वको निम्ति चिन्तित हुदा हुन्। सबैको अस्तित्व यौटै हुन नसकेकोले नै बर्गीयता, साम्राज्यवाद रसामाजिक असमानताहरुको उत्पत्ति भएको होला ! अस्तित्व रक्षाको निम्ति के गर्ने भन्ने चाही बिमारी अवस्थामा धेरै सोच्न सकिन।

कलंकी, काठमाण्डौ २०६५ माघ २२ गते