Wednesday, December 29, 2021

‎"YOUR JUDGEMENT"


‎"YOUR JUDGEMENT"

A 24 year boy seeing out from the train window, shouted,

"Dad, look the trees are going behind!"

Dad smiled and a young couple sitting nearby, looked at the 24 year old's childish behaviour with pity.
...
Suddenly he again exclaimed

"Dad, look the clouds are running with us!"

The couple couldn't resist and said to the old man,"Why don't you take your son to a good doctor?"

Old man smiled and said"I did and we are just coming from the hospital, my son was blind from birth,

He Just Got His EYES TODAY"

Think before u speak ;)

(Copied from Facebook)





Friday, December 24, 2021

गजल



छ यो जून उस्तै, छ यो घाम उस्तै ।
यहाँ प्रेममा घाउका डाम उस्तै ।।

तिमीसंग तिम्रै शहर् फेरियो  रे,
म उस्तै छु साथी र छन् गाम उस्तै ।।

पुगेथेँ जहाँ भेट हुन्थ्यौँ तिमी म,
नयाँ पात्र देखेँ छ त्यो ठाम उस्तै ।।

बिलाएर सीता न फर्किन् अयोध्या,
कठै शून्यतामा रह्यो राम उस्तै ।।

मनैभित्र बस्थ्यौ तिमी मुस्कुराई,
जसै निस्कियौ बल्झिने नाम उस्तै ।।



रुक्न : फऊलुन् ×४
[ बहर : मुतकारिब, छन्द : भुजंगप्रयात ]

Thursday, November 11, 2021

गजल


गजल (मुतकारिब बहर)

बिरानो भयो त्यो रातको कहानी !
थियो प्रेमजस्तै घातको कहानि !!

बिरानै बिरानो भयो सम्झनामा ,
हरायो कतै प्रभातको कहानी !!

बितेका कुरामा म झस्कन्छु कैले,
अनौठो छ पैलो लातको कहानी !!

बढेको नङैले दुख्यो चस्स घोच्दा,
कि बिर्स्यौ र तिम्रै हातको कहानी !!

फिजाएर हल्ला नभाको सबैले,
घरैमा चलेको जातको कहानी !!

Sunday, November 7, 2021

I Dont Dignify Your God !!

Yes, I dont dignify your god and dont think god solely your own.
I dont respect stone, I praise soul you absorb labour ~ I admire the labours.
Watching crippled hateful squint ~ you make statue, imposing brutality ~ you expose pride.
You build temple with black money & corruption. You do evil & make Pooja .......







नवित्तेन तर्पणियो मनुष्य:

म तिम्रो भगवान मान्दिन


हो, म तिम्रो भगवान मान्दिन र भगवान तिम्रो निजी पनि ठान्दिन ।
म ढुङ्गा पूज्दिन, मनलाई पूजा गर्छु ।
तिमि श्रम चुसिलिन्छौ , म श्रमिकको आराधना गर्छु ।
अशक्तहरुलाई हेय द्रिष्टिले हेरेर मुर्ति बनाउछौ । निरंकुशता लादेर अभिमान देखाउछौ
भ्रष्टाचार र कालोधनले मन्दीर बनाउछौ । तिमी पाप गर्छौ ~ पूजा लगाउछौ ।
भिखारीलाई थुकेर मुर्तिमा पैसा चढाउछौ । छ दिन पाप गरेर एक दिन ब्रत गर्‍छौ ।
आत्मामा भगवान नदेखेर ढुङ्गामा खोजी हिड्छौ ।
अपवित्र मनले द्यौता खुशी बनाउने कुउद्यत गर्छौ तिमी ।
म तिम्रो भगवानको उपहास त गर्दिन तर तिम्रो भगवान मान्दिन ।।
शोषकको खुट्टा घसेर गरिबको खिल्ली उडाउछौ।
मान्छेलाई लात हानेर मुर्तिअगाडि झुक्छौ ।
निर्दोष पशुको वलि दिएर कलंकित बर माग्छौ , पसिना चुसेर भोज लगाउछौ तिमी ।।
अरुलाई मारेर आफू बाँच्छौ , अरुलाई लडाएर अघि बढ्छौ ।
म नास्तिक होइन तर तिम्रो भगवान मान्दिन !!

Wednesday, May 6, 2020

प्रश्न : नयाँ नेपालको

            (छन्द : शार्दूलवीक्रीडित)

हज्जारौं बलिदानबाट जनले यो देश बन्ला भने
भोका बाँदरका बगाल दलले सत्ता र कुर्सी गने ।
खोक्रा भाषण छन् दुवै सदनमा खै योजना छन् कहाँ ?
भ्रष्टैभ्रष्ट मिलेर बन्छ कि सखे नेपाल चाँडै नयाँ ??

मेरो देश रुँदैछ आज विचरा भोको र विक्षिप्त भै
सीमामा पनि हर्ष छैन धरणी घट्दैछ हाम्रो सधै ।
राजा मात्र हटे हजार अझ छन् ब्वाँसे रजौटा यहाँ
मन्त्री रम्दछ भ्रष्टको भजनमा नेपाल यो के नयाँ ??

बाढी दुर्घटना प्रकम्प पहिरो रोगी विसञ्चो हुँदा,
लुट्दैछन् किन राज्यकोष यसरी मेची र काली रुँदा ।
खाडीमा अलपत्र छन् कतिजना संघर्षका नाममा 
टुङ्गो छैन युवा पलायन नभै नेपाल यो के नयाँ ??


खै पानी ? जलस्रोत विश्वभरमा सम्पन्न हामी भन । 
खेती छैन सिँचाइ छैन मलमा जारी छ आन्दोलन ।  
बारी खेत उदाङ्ग देख्छु कसरी खाद्यान्न फल्ला यहाँ ?
पुर्खाको पहिचान संस्कृति भुल्यौँ नेपाल यो के नयाँ ??

माऊ स्याल र गिद्ध छन् शिशु बरा के सिंह झैँ बन्छ र ??
भ्रष्टाचार यसैगरी चलिरहे यो देश सप्रन्छ र ??
भट्टामा जिउँदै जलाउनसके निर्दोष छन् सज्जन ।
मान्नैपर्दछ न्यायमूर्ति सरिका झोलेहरूको मन ।।


मान्छे तस्कर गर्न व्यस्त जहिल्यै मन्त्री र मन्त्रालय ।।
बढ्दैछन् अपराध रातदिनमा अन्याय उस्तै जहाँ
रित्याए ढुकुटी विकास नगरी नेपाल यो के नयाँ ??

राम्रो शासन छैन किन्तु अहिले सम्भ्रान्त सत्ता पनि
नेता चंगुलमा फसी अरबको काट्टो हसुर्दै छ नि ?
काला काण्ड र माफिया दल मिले चोरी बलात्कार छन्
भोका ती निमुखा कठै सडकमा गिर्दो अवस्था छ झन् ।

जो गद्दार विषाक्त छन् मुलुकमा फाँसी चढाई सब
फेँदैबाट उखेल्नु पर्छ लहरो हाँगा नछाँटौँ अब ।
को देला किन देश रुन्छ यसरी यो प्रश्नको उत्तर ?
खिर्‍राको रुख रोपियो यदि भने अम्बा कहाँ फल्छ र ??


कलङ्की , काठमण्डौ ~ २०६६