(स्रग्धरा छन्द)
डोको
नाम्लो हलोमै तरुणवय गयो जिन्दगी आजसम्म
डाँडाँपाखा उकाली वनचउर सधैं लेकबेशी छ टम्म ।।
चिर्दै
पुर्दै छ धर्ती दशथरि लहरा बिज्छ काँडा चिसिक्क
कर्मै
खोटी छ भन्दै धुरुधुरु निमुखो रुन्छ हाँस्छ फिसिक्क ।। १ ।।
कैले
हावा र हूरी गढबढ असिना ठीक्क पर्दैन पानी
अन्यायी बन्छ द्यौता गरीब र श्रमको ख्याल केही नमानी ।।
पुछ्दापुछ्दै बगेका खलखल पसिना झन् बढी बढ्छ सास
अर्काको
खेतबारी मजदुर विचरा माटोमै हुन्छ बास ।। २ ।।
भुण्टे
रोगी चमेली पनि परिछ थला, छैन कौडी फुटेको
अर्काको
खेत जोती कति बसुँ यसरी खान बस्नै पुगे पो ।।
चर्को आदेश आयो हुकुम यति कडा साहु आएर सस्तो
यस्तो
पीडा र चिन्ता दु:ख मनभरिको
उफ् छ यो भाग्य कस्तो ।। ३ ।।
कस्तो
अस्तित्व हो के पलपल नमरी ज्युनु जीवन हैन ?
हेर्दै
ऐजेरु जस्तो भर कति नभई सासमा प्राण छैन ।।
यस्तो
अस्तित्व देख्दा मजदुर भरीया सर्वहारा सबैको
को फेर्ला शक्तिसत्ता मुलुक बुझिलिए हैन पेवा कसैको ।। ४।।
काठमाण्डौ
, २०६५