देश्कै खातिर
लड्छु मर्छु सुखले चुक्दैन लुक्दैन म
(छन्द : शार्दूलवीक्रीडित)
जे
पाक्ला घरमा निलिन्छ अरुको दैलो त ढुक्दैन म ।
यौटा
योग्य र वीर सैनिक बनी रक्षार्थ यो देशको
सारा
कष्ट सहन्छु घाम असिना हावा हुरी भोक त्यो ।।१।।
मेरो
ज्यान फलाम बन्छ कहिले आत्मा कडा पत्थर
चाहाना
पनि देशको लहरियोस् झन्डा सधैं फर्फर ।
थोपा एक
हुदासमन् रगतको नेपालकै भूमिमा
सक्दो
बग्न सकोस् मबाट पसिना ढल्मल् नहोस् है सिमा ।।२।।
निद्रा
भोक र प्यास जित्छु सजिलै पीडा भुली हाँस्दछु
ठुलो
चित्त लिएर बाँच्छु म मरे हाँसेर नै मर्दछु ।
रक्षा
गर्न भनेर नै मुलुकको तैनाथ छौँ हर्पल
ठाडो
माथ लिएर ज्युँछु कहिलै हुन्नन् सिपाही तल ।।३।।
आपस्मा
छ मिलाप मेल बहुतै मौरीसमान् एकता
तातो
जोश र होश हर्दम सधैं प्यारो छ राष्ट्रियता ।
पुर्खाको
पसिना र रक्त नभए यो देश याँ हुन्नथ्यो
हामी
छौँ अहिले कडा र अखडा रक्षार्थ नेपालको ।।४।।
(छन्द : शार्दूलवीक्रीडित)
नारायणहिटी, काठमाण्डौ, २०६९-साउन १५