Sunday, September 23, 2018

प्यारी रिसाएपछि

"प्यारी रिसाएपछि" (छन्द:- शार्दूलवीक्रीडित)

कालो बादल अँठ्ठियो मनभरी आकाश नीलो तर ।
मै आफू पनि बन्न सक्छु कसरी - आफै मभन्दा पर ??
मानौँ ढाक्दछ राहुले गगनमा सौर्न्दर्य छर्ने शशि ।
खै के को तुलना गरोस् र कविले प्यारी रिसाएपछि ।।

घुर्कीयुक्त कटाक्ष हान्छ उनको म्यासेजमा स्माइली ।
धन्यै हो प्रविधी छ मख्ख दुनियाँ संजालसंगै भुली ।।
यो सोझो किन अल्झियो प्रणयमा सोच्दैछु टुप्पी कसी ।
चिन्ता एक उपाय के छ अबको प्यारी रिसाएपछि ।।

को होला घरमा कदापि प्रियसी झर्कन्न भन्नेहरु ?
ज्ञानी छिन् सब बुझ्दछिन् रिस सधै अव्यक्त राख्छिन् बरु ।।
यो नारी अधिकार हो प्रकृतिको चुट्दैन जस्को रसी ।
के के को उपमा दिऊँ म विचरा प्यारी रिसाएपछि ।।
😂😃😂

भक्तपुर, २०७५ आश्विन

Monday, August 20, 2018

प्यारो रारा

प्यारो रारा (छन्द: शार्दूलवीक्रीडित)

ओडी च्यादर मेघको हिमचुली मुस्काउँछन् हर्षले ।
चोखो दिव्य अनन्त बैँस यसको फेरिन्न खै वर्षले ।।
हेरी सुन्दर छाल स्वच्छ जलको थाक्दैन आँखा कतै ।
टुक्रा हो कि प्रफुल्ल स्वर्गपुरको प्यारो छ रारा सधै ।।

मुर्मा शैल छ श्वेत टम्म हिउँले मीठो छ हावा अहा ।
डाँफे कालिज कस्तुरी मृगहरू उन्मत्त प्रमत्तका ।।
यो स्वर्गीय छटा अहो घनघटा बिर्सेर बिर्सिन्न है ।
ताजा भाव उनेर बन्छ कविता प्यारो छ रारा सधै ।।

ताल्चा स्वागत गर्छ हर्षित हुँदै सम्झ्यौ मलाई भनी ।
हाँसेकी छ पुछारमा गमगढी प्रफुल्ल जैले पनि ।।
धर्तीकी नव-वेहुली छ रसिली सौन्दर्य फैलाउँदै ।
त्यैं सौर्न्दर्य टिपेर छन्द भरियो प्यारो छ रारा सधै ।।

वाशन्ती मधुमास झैं हरघडी माधूर्यमा लिप्त यो ।
धेरैपल्ट पुगेँ पुगूँ अझ सधै यैं चाह - यैं घिट्किसो ।।
छाप्री मन्दिरले सुसेल्छ मुरली ती छाल नाच्छन् जसै।
त्यो खत्याड बगेछ स्नेह झरना प्यारो छ रारा सधै ।।

रारा ताल, मुगु - २०७४

Tuesday, May 1, 2018

GAZAL

Embracing full-moon night startles me.
Vivid and effulgent light startles me.

"Promoting peace and harmony" they said,
Practically blood and fight startles me.

Public as almighty : So called New Nepal,
Everywhere "seized our rights" startles me.







Feudals are in power, in a form or other !
Forswearing high levels' sight startles me.

"All are equal legally" so sweet to say.
But leaders' absolute might startles me.


Saturday, November 11, 2017

गजल

बन्यो जिन्दगानी जसै जेल जस्तै ।

निभेको दियोमा रह्यो तेल जस्तै ।।

न आस्था न सिद्धान्त वा कर्म मिल्छ,

कठै कागलाई भएँ बेल जस्तै ।।

म आफ्नै विपक्षी भएको छु हेर,

बिना दाउमा तासको खेल जस्तै ।।

तिमी ढुक्ढुकीमा रिसायौ कि क्या हो ! 

नशाका शिरामा  बग्यो भेल जस्तै ।।

हराएँ कि एक्लै कतै शून्यतामा,

यहाँ घाम देख्दैछु ओझेल जस्तै ।।

........

[बहर :- मुतकारिब, रुक्न :- फऊलुन् ×४, छन्द:- भुजंगप्रयात]

पुतलीबजार, स्याङ्जा - २०७४ कार्तिक


Thursday, May 18, 2017

गजल

लाग्छ कि बादल या उदाउँछ सूर्य बिहानीमा ?

कति आउला साँवा ब्याज मायाको लगानीमा ??

सपनामा आइदिन्छौ ढुकढुकी नि बढेको छ,

राखेदेखि हिजोआज तिम्रो फोटो सिरानीमा ।।

अलिकति होस पनि राख्नुपर्छ प्रियत्तमा,

पश्चात्ताप नहोस् पछि गल्ती हुन्छ जवानीमा ।।

तिम्रो यादको रिण मात्रै बढ्न थाल्यो मनभरि,

बा-आमालाई राखौं कि त पिरतीको जमानीमा ।।


भएँ अचेेेल अलि अर्कैै महसुुस गरेेको छु,  

संगतको फल भनौ घिउ लाग्छ मदानीमा ।।


२०७४ जेठ

Monday, May 15, 2017

गजल

सपनीमा आएँ भने तगारोमा परिन्छ कि !
साच्चै डर लाग्छ प्रिय तिम्रो नभई मरिन्छ कि !!
भारी हुन्छ मन अनि छचल्किन्छन् आँखाहरु,
खै किन हो सोच्दासोच्दै अश्रुधारा भरिन्छ कि !
धेरै होलान् भमरा र माहुरीका ताँतीहरु,
यो मनको डेरा छोडी अन्त बसाइ सरिन्छ कि !!
ननिदाई कटाएका रातहरु बिर्सिएर,
दोबाटोमा छोडी मलाई एक्लै जंघार तरिन्छ कि !!

२०७४ जेठ १, सोमबार

Sunday, May 14, 2017

मुक्तक

जीवन भरी मिठो माया तिमीलाई प्यार मेरो ।
तिमीसंगै सजाउँछु अब घरबार मेरो ।।

जिन्दगीमा सधैभरि साथ तिम्रो पाएँ भने ।
संसार जित्न सक्छु मैले हुनेछैन हार मेरो ।।

आशा छ ज़िन्दगीका हर मोडमा साथ दिन्छौ,
तिम्रै हातमा थमाइदिएँ सुनौलो संसार मेरो।।

२०७४ जेठ

Friday, January 27, 2017

Fairy in the Next Home

Oh god what a great great surprise,The one who smiles like that beautiful Sunrise.Full-Moon face, though rough & random,I see a very very pretty Fairy - in the next home...

Everything I see entirely elegant,
Yet, her sentiments are poignant.
Her blinking eyes are always awesome,
I see a very very pretty Fairy -
in the next home...

Finding​ no apt word to define her,
Saying her an Angel, I don't prefer.
No exaggeration, simply she's an ultraviolet spectrum,
I see a very very pretty Fairy -
in the next home...


Baishakh 2067,  Kalanki - KTM