मुक्तक
सधै शुन्यता भो हरे
जिन्दगी यो ।
छि छी लाश भन्छन् मरे
जिन्दगी यो ।।
यहाँ बाँच्नुको मात्र
चिन्ता सबैमा,
समाधान गाह्रो छ रे
जिन्दगी यो ।।
कतै घाम जस्तै कतै
रात जस्तै,
बिचल्ली हुने रात्
परे जिन्दगी यो ।।
मुक्तक
तराई झरी धाक दिन्छौ
हिमशैल टाकुराको ।
जरा काटी वशन्तमा आश
गर्छौ आँकुराको ।।
मात्रीभूमि टुक्राउन
भाइसंग युद्ध गरी ,
जित भयो वाह भन्छौ
बीरपुर्खा पाखुराको ।।
जन्मभूमि
माटोलाई छताछुल्ल बनाउन ,
कमी छैन मरि मेट्ने
स्वार्थी दुष्ट माकुराको ।।