Wednesday, January 14, 2026

शिव-सती प्रसङ्ग (रोइला भजन)

 हरि हरि… 

बाँचुञ्जेली जिन्दगी हो, मरेपछि लास ।२

सारा संसार स्वार्थी रैछ, कस्को गर्नू आश ।२।

लैजाऊ शिव कैलास, 

हे,  प्रभु मलाई…

छैन केही आश,

लैजाऊ शिव कैलास…७


सत्ययुगमा दक्ष नामका प्रजापति थिए । २

तेत्तीस कोटि देवतालाई कन्यादान दिए ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


तेत्तीस कोटि कन्या गए देवताका साथ ।२

जेठी सती बाँकी थिइन् सम्पत्ति रक्षार्थ ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


विष्णुले छल् गरि मिलिन् शिवजीलाई सती ।२

यस्तो देख्दा क्रोधित भए दक्ष प्रजापति ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


दक्षले,

कोटिहोम गर्न थाले धुमधामसंग । २

दुईजनालाई छुट्याएर अरू सबै दङ्ग ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


महादेवलाई पशुभन्दा पनि तुच्छ गने ।२

शिवजीको निन्दा गरे बौलाहा हो भने ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


अग्निकुण्ड नजिक् गई प्राण त्यागिन् सती ।२

मेनकाको गर्भ रोजिन् बनेर पार्वती ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


सतीजीका अङ्गबाट कोटि पीठ बने ।२

दर्शन् गर्न पर्छ भक्त, मुक्ति खोज्छौ भने ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७



२०८२ पुस ३० बुधबार, हर्मन कम्प्लेक्स 



Tuesday, January 13, 2026

श्री स्वस्थानी आरति

चन्दन् फूल अक्षताले पूजा गर्ने थाली (२) 
नैवेद् प्रसाद चढाऊ भक्त कपूर-बत्ती- बाली…२ 
स्वस्थानीलाई आरति… 
कपूर-बत्ती बाली, स्वस्थानीलाई आरती …… (७)

स्वस्थानीको कथा सुन्दा जाग्छ भक्तिभाव २ 
भजन् गाए नाचे पनि मिल्ने नै छ लाभ २ 
स्वस्थानीलाई आरति… 
 कपूरै बाली, स्वस्थानीलाई आरती …… (७) 

लीला कथा अध्यायमा आउँछन् थरिथरी २ 
तिम्रो कृपा रहोस् माता यो जिन्दगीभरि २ 
स्वस्थानीलाई आरति… 
 कपूरबत्ती बाली, स्वस्थानीलाई आरती …… (७) 

स्वस्थानीको कथा सुन्दा पुस र माघैमा २ 
खुसी हुन्छन् गौरीशंकर हेर कैलासैमा २ 
स्वस्थानीलाई आरति… 
कपूरै बाली, स्वस्थानीलाई आरती …… (७) 

पार्वतीले व्रत गरी पाइन् शिव स्वामी २ 
चन्द्रावतीदेवी पनि बनिन् महारानी २ 
स्वस्थानीलाई आरति… 
कपूरबत्ती बाली, स्वस्थानीलाई आरती …… (७) 
कपूरै बाली, स्वस्थानीलाई आरती …… (७)


२०८२ पुष २७ गते आइतबार, हर्मन कम्पेक्स, गोलान हाइट्स 

Monday, November 10, 2025

चतुश्लोकी भागवत : सुमिरन

श्रीमद्भागवतका यी चार श्लोक यस्ताश्लोक हुन् जसमा सम्पूर्ण भागवत तत्वको उपदेश समाहित गरिएको छ। पौराणिक कथनानुसार ब्रह्माजीले भगवान श्री नारायणको स्तुति गर्नुभएपछि भगवानले ब्रह्माजीलाई सम्पूर्ण भागवत तत्व जम्मा चार श्लोकमा बताउनु भयो। तिनै चार श्लोकहरु ब्रह्माजीले आफ्ना मानस पुत्र श्रीनारदजीलाइ बताउनु भयो। नारायणजीले तिनै श्लोकहरु श्रीव्यासजीलाइ वताउनु भएको थियो । र यिनै चार श्लोवाट भगवान् व्यासजीले विस्तृतरुपमा १२ स्कन्ध ३३५ अध्याय तथा १८००० श्लोकमा विभाजन गरेर श्रीमद्भागवत महापुराणको रचना गर्नु भयो। भगवान नारायणका मुखारविन्दवाट निस्केका यी चतुश्लोकी भागवतको दैनिक पाठ गर्नाले सम्पूर्ण भागवत पाठ गरे सरहको पुण्यलाभ हुन्न्छ भन्ने मान्यता रहेको छ ।
चतुश्लोकी भागवत- ॐ अहमेवसमेवाग्रे नान्यद्यत्सदसत्परम्। पश्चादहंयदेतच्च यो$व शिष्येत सो$स्म्यहम्।।१ ऋते$र्थं यत् प्रतीयेत न प्रतीयेत चात्मनि। तद्विद्यादात्मनो मायां यथा$$भासो यथा तम:।।२ यथा महान्ति भूतानि भूतेषूच्चावचेष्वनु। प्रविष्ठान्यप्रविष्ठान्य तथा तेषु न तेष्वहम्।।३ एतावदेव जिज्ञास्यां तत्वजिज्ञासुनात्मन:।। अन्वयव्यतिरेकाभ्यां यत् स्यात्सर्वत्र सर्वदा।।४ भगवान् भन्नुहुन्छ-सृष्टिको आरम्भ हुनुभन्दा पैले केवल म मात्रै थिएं ,सत्य रुपमा वा असत्यरुपमा दुवैमा मै थिएं अरु कोही थिएन। सृष्टको अन्त हुंदा पनि केवल म मात्रै रहनेछु।यो चराचर सृष्टिस्वरुप केवल मनै हूं तथा सृष्टिमा जो कुछ देखिएकोछ ती सवैमा मनै रहेको हुन्छु र प्रलयपछि जो अवशेष वचेर रहेको हुनेछ त्यसमापनि मनै रहनेछु। मूल तत्व आात्मा जो देखिदैन तथा यसका अतिरिक्त सत्य जस्तै जो प्रती हुन्छ त्यो सवै माया हो ,आत्मावाहेक अरु जुनकुराको आभास हुन्छ त्यो सवै अन्धकार समान मिथ्याहो। जसरी पञ्चमहाभूत (पृथिवी, जल, आकाश, अग्नि र वायु)यी पांच तत्वहरु संसारका सवै साना ठूला सवै वस्तुहरुमा आंशिकरुपमा विद्यमान रहेर पनि तीनवाट भिन्न रहेका हुन्छन् त्यसै गरी म आत्मा स्वरुप परमात्मा पनि सवै जीवहरुमा आंशिकरुपमा रहेर पनि ती देखि अलग रहेको हुन्छु। आत्मतत्वलाइ जान्न चाहने जिज्ञासुहरुका लागि केवल यत्ति कुरामात्रै जान्न योग्य छ कि अन्वय(सृष्टि) सृष्टिको सुरुदेखि व्यतिरेक(अन्ततक )तिनैलोक (स्वर्ग ,मर्त्य,पाताल)तथा तीनै काल (भूत,वर्तमान र भविष्यत)मा जो सदैव एक समान रहेको हुन्छ त्यही आत्म तत्वहो अर्थात् त्यही म हूँ। द्रष्टव्य -अन्वय व्यतिरेकको अर्थ - जहाँ घडा(कार्यरुप) हुन्छ त्यहां माटो (कारणरुप) भएकै हुन्छ अर्थात् माटो विना घडा वन्न सक्दैन, त्यस्तै "यत्र यत्र धूमस्तत्र तत्र बह्नि" जहाँ जहाँ वाट धुंवा निस्केको हुन्छ त्यहां त्यहा आगो विद्यमान हुन्छ । यस्तै जहाँ माटोको अभावमा घडा वन्न सक्दैन तर घडा फुटेपछि पनि घडाको उपादान कारण रुप माटो रहेको हुन्छ। त्यस्तै योसारा संसार भगवानकै अंशवाट वनेको हुनले सम्पूर्ण चराचर जगतको (अंशी)ईश्वरको अंशछ र उ चलायमान छ ,जब व्यष्टिरुपमा कुनै जीवको अन्त्य भयो भने त्यसमा रहेको आत्माको अंश उसै (ईश्वरमा) गएर मिल्छ । यसरी व्यष्टि जीव र समष्टि रुप चराचर जगत नरहे पनि आत्मा(ईश्वर)सदा सर्वदा रहेकै हुन्छन्। यसमा माया तत्वको वर्णन यश प्रकार गरिएकोछ जस्तै- जुन वस्तु वास्तवमा छैन तर भए जस्तो देखिन्छ त्यसलाइ माया भनिन्छ। यो दृश्य-प्रपञ्च परमार्थमा छैन तर छ जस्तो देखिन्छ त्यसकारणले "यथा$$भासो यथा तम:"यो मायाहो। आकाशमा राहु छ तर देख्न सकिँदैन यो मायाहो। आकाशमा दुइवटा चन्द्रमा छैनन् तर भए जस्तो भान हुन्छ भने त्यो मायाहो।वास्तवमा माया तत्व भनेको जोछ त्यसलाइ देखाइएको हुंदैन जो छैन त्यसलाइ देखाइएको हुन्छ। जगत् तत्वको वर्णन- जगतमा कार्य कारणको भाव देखिन आउँछ।आकाश वाट वायु, वायुवाट अग्नि अग्निवाट जल जलवाट पृथिवी र पृथिवीवाट सम्पूर्ण प्रपञ्च।घैटो वन्नु भन्दा अगाडि पनि माटो थियो,वनेपछि पनि माटोछ।फुटे पछि पनि माटै रहन्छ।यसै प्रकारले सम्पूर्ण जगत कार्य कारण भावले व्याप्तछ। सारा जगत परमात्मामाछ परमात्मा जगत्माछ ,वा न परमात्मा जगतमाछ न जगतमा परमात्मामाछ अर्थात् दुइटा भन्ने वस्तु नै छैन। आत्मतत्वको वर्णन- आत्मन:तत्वजिज्ञासुना" आत्म तत्व जान्न खोज्नेहरुले अन्वय र व्यतिरेकको युक्तिले जान्नु पर्छ- युक्ति-घडा नवन्दाखेरि पनि माटो थियो, घडा वनेपछि पनि माटोनैछ, फुटे पछि पनि माटै रहन्छ। अर्थात् घैंटोको सवै स्थितिमा माटोको अन्वय छ। माटो वाट वनेको हुनाले घडानैछ घैंटो नवन्दा पनि माटो माटै थियो। घडा वाट माटो व्यतिरेकहो। यी चार श्लोकहरुमा जे कुरा भनिएकोछ सम्पूर्ण भागवतमा त्यही कुरा भनिएकोछ। अन्त्यमा, जसरी कुम्हाले विना घडाको निर्माण हुन सक्दैन ,चित्रकार विना चित्र वन्न सक्दैन त्यस्तै यो जगत वनाउने पनि कुनै कर्ताछन् तिनैलाइ हाम्रो पूर्वीय दर्शनले ईश्वर मान्छ उनैलाइ हामी भगवान भनि पूज्छौ। -"जगतां यदि नो कर्ता कुलालेन विनाघटा:। चित्रकार विना चित्रं स्वयमेव भवेत्तदा।। अर्थात् यदि जगतको निर्माता कोही पनि हुंदैन थ्यो भने यो सारा जगत के विना कर्ताकै निर्माण भएकोछत? भन्दा मान्नु पर्छ कि यो जगतको निर्माण गर्ने निर्माता अवश्य कोहिछ किन भने जसरि यौटा माटोवाट घडा वनाउने उपादान कारण माटो र निमित्त कारण कुम्हाले रहेको हुन्छ ,यस्तै प्रकारले कुनै चित्र वनाउने कागज र चित्रकार विना चित्र वन्न सक्दैन त्यस्तै यो सारासृष्टिको संरचना पालन र संहारका हेतु कोही कर्ता छ भने ती स्वयं भगवान् श्रीहरिनै हुन् उनै सर्वव्यापक छन्। जले विष्णु:स्थले विष्णुर्विष्णु:पर्वतमस्तके। ज्वालामालाकुले विष्णु:सर्वं विष्णुमयं जगत्।। अर्थात् विष्णु भगवानको निवास कहाँ छैन र? अर्थात् सर्वत्र जल ,स्थल ,पर्वत ,अग्नि आकाश पाताल, भित्र बाहिर जतातै विष्णुको निवास छ। ॐ नमो भगवते वासुदेवाय (वैदिक ज्ञानमञ्च फेसबुक पेजबाट श्री प्रेम खनाल ज्यूको लेख साभार गरिएको )

Friday, October 24, 2025

रोइला भजन : काले कृष्ण मोराले

ठेका फोर्ने दही चोर्ने बाच्छा फुकाइदिने, 
गोपीहरू न्वाउन थाल्दा सारी लुकाइदिने ।।
कालेकृष्ण मोराले
धुरुक्कै रुवायो- यशोदाका छोराले, कालेकृष्ण मोराले ।।

माटो निल्ने गोबर दल्ने, बाँदरलाई घिउ ख्वाउने -
निदाएका बालबच्चा चिमोटेर रुवाउने । २। 
कालेकृष्ण मोराले……

राति उठ्ने, दु:ख दिने जे पायो त्यैं खाने ।
गाई छोडेर ग्वालबाल यमुनामा लाने ।३।
कालेकृष्ण मोराले…



पौडीमा छन् ग्वालबाला - धानको बीउ गाईलाई,
गाउँभरिका गुनासोले टाउको दुख्छ माईलाई ।।४।। 
कालेकृष्ण मोराले……

कालिय नाग भगाउने, गोवर्धन उठाउने -
सारा लीला आफू गर्ने, अरूलाई कुटाउने ।५।
काले कृष्ण मोराले…

वृन्दावनमा तिरिरिरी मुरली बजाउने ।
कपडामै पिसाब फेर्न कत्ति नलजाउने ।६। 
काले कृष्ण मोराले…

२०८२ कात्तिक ७ गते शुक्रबार, माउण्ट हर्मन


Thursday, August 14, 2025

गण्डकी महिमा

संसारका पवित्रतम् नदीहरूमध्ये हाम्री गण्डकी शीर्षस्थानमा पर्दछिन् । साक्षात् नारायणका गालाको पसिना स्वरूपमा निर्झरित गण्डकीले उनै सर्वेश्वर नारायणको अर्चाविग्रह भगवान् शालग्राम (चक्रशिला) लाई जन्मदिने भएकोले शालग्रामलाई गण्डकीनन्दन (गण्डकीका पुत्र) पनि भनिन्छ ।

उत्तरपूर्वी मुस्ताङको नेपाल तिब्बत सीमा स्थित ६,२६८ मिटर अग्लो न्हुबिने हिमाललाई गण्डकीको उद्गमस्थल मानिन्छ । उद्गमस्थलबाट स्थानीय भाषामा स्छौमा नामले दक्षिणतर्फ बगेपछि ल्होमान्थाङ नजिकै न्हेचुङ खोलामा मिसिएर मुस्ताङ खोलाका नामले अनि कागवेनीमा काग खोला र मुस्ताङ खोला मिसिएपछि कालीगण्डकी नामले बहने यी नदिमा संसारको सबैभन्दा अग्गो र गहिरो कालीगण्डकी गल्छी समेत प्राकृतिक रूपमा निर्मित छ । गण्डकीका मुख्य सहायक सात नदीहरूमा कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, मर्स्याँङ्दी, दरौँदी र त्रिशूली हुन् भने विभिन्न ठाउँमा अन्य सहायक नदीहरू समेत समेट्दै चितवनको देवघाट नजिक त्रिशूलीसँग मिसिएर नारायणी (सप्तगण्डकी) नामले प्रसिद्ध छन् । त्यस्तै, भारतको पटनानेर भागीरथी गंगामा मिसिएर अन्तत: गंगासागर हुँदै बंगालको खाडीमा समाहित हुन्छिन् ।
 
नेपालको लुम्बिनी, गण्डकी, नारायणी, धवलागिरी आदि क्षेत्रमा बस्ने बासिन्दाको घरघरमा नित्य शालिग्राम पूजा हुनुको साथै मृत्युुपश्चात् शवदाह लगायतका कर्म पनि कालीगण्डकीको तटमै गर्ने प्रचलन छ । यहाँ अलि ठूलो पूजाआजा भयो भने फूलपाती सेलाउन समेत गण्डकीमै जाने परम्परा छ । यहीँ गण्डकी तटबाट जडभरत, महर्षि पराशर, महर्षि वाल्मीकि, महर्षि देवदत्त, ऋष्यश्रृङ्ग्य, श्रृङ्गी ऋषि आदि अनेकौं सिद्ध सन्तहरु र हाम्रा कयौं पुस्ताहरूको ध्यान, तप एवं साधना पूर्ण तथा जीवन मुक्त (मोक्ष) भएको छ । 

नेपालका प्रमुख चार धामहरूमध्ये हरिहर क्षेत्र (देवघाट), रुरुक्षेत्र (रिडी) र मुक्तिक्षेत्र (मुक्तिनाथ) गरी ३ धाम पनि गण्डकी काखका अवयव एवं धरोहर हुन् । शिरमा दामोदर अनि मुक्तिदाता भगवान् मुक्तिनाथ सजाएर हृदयस्थलमा रुद्रवेणी र हृषीकेश हुँदै पाउमा आदिप्रयाग देवघाटसम्म पुग्दा छटाहरुमा त्रिवेणी, राम्दी, आलमदेवी, गलेश्वर, सेतीवेनी, कागवेनी आदि थुप्रै पवित्र धार्मिक, सांस्कृतिक, आध्यात्मिक, प्राकृतिक एवं पर्यावरणीय स्थानहरूमा गण्डकीको कलरव ध्वनि निसृत छ । गण्डकीतटमा तर्पण र पिण्डदानादि श्राद्धकर्म गर्दा आफ्ना पुस्तौँपुस्ता (पितादि सप्त, मातामहादि सप्त आदि ) तृप्त हुने धार्मिक मान्यता छ । असंख्य शालग्राम भगवानलाई अविरल स्नान गराउँदै निर्झरित जल आफैँमा अनुपम तीर्थमणि नै हो जसको एकै थोपा मात्र पनि मुखमा पर्यो भने निःसन्देह जीवात्मा धन्य हुन्छन् ।
गण्डकीको व्यापक महिमा हाम्रा सामान्य दुईचार टुटेफुटे लौकिक शब्दहरूबाट उजागर गर्न सकिने विषय हुँदै होइन । स्वयंसिद्ध गण्डकी महिमा विम्वात्मक रूपमा यस्तो पाइन्छ :- 

"रवीन्दुक्षये त्वं कुरुक्षेत्रधामा, 
सदा माघमासे प्रयागेणतुल्या ।
पितृश्राद्धकाले गयापुण्यदात्री, 
मृतौ काशिकामुक्तिदाsसि प्रसिद्धा ।।"

अर्थात्, सूर्य र चन्द्र ग्रहणमा स्नान गर्दा कुरुक्षेत्रमा नुहाएको फल मिल्ने, माघ महिनामा स्नान गर्दा तीर्थराज प्रयागमा स्नान गरेको फल मिल्ने, पितृश्राद्धादि कर्ममा गयाश्राद्धको फल मिल्ने र गण्डकी किनारमा देह त्याग वा शवदाहादि कर्म गर्दा काशी विश्वनाथले जस्तो मुक्ति दिन समर्थ कालीगण्डकी प्रसिद्ध छन् । 
मोक्षदायिनी कालीगण्डकी र शालग्राम शिलाको महिमा केही उपनिषद्हरु, श्रीमद्भागवत, अन्य पुराणहरु, महाभारत, आनन्दरामायण, मुक्तिक्षेत्र माहात्म्य, मुकुन्दमालास्तोत्र लगायत ग्रन्थहरुमा प्रसस्तरूपमा पाइन्छन् । 

"शालग्रामसमीपे तु क्रोशमात्रं समन्तत: ।
कीटोsपि म्रियते याति वैकुण्ठभुवनं ध्रुवम् ।। 
पशुपक्षिमृगा मर्त्या वृक्षा ग्रावास्तृणानि च ।
तज्जलस्पर्शनादेव गच्छन्ति स्वर्गमुत्तमम् ।।"
 
मुक्तिक्षेत्रमाहात्म्यबाट उद्धृत यस श्लोकमा शालिग्रामशिलाको एक कोश दुरी वरपर कुनै किरा मर्यो भने पनि वैकुण्ठलोक प्राप्त गर्दछ । पशु, पंक्षी, वन्यजन्तु, वृक्ष, पत्थर र झार समेत कालीगण्डकीको जल स्पर्श मात्रले समेत स्वर्गलोक प्राप्त गर्दछन् भनेर बताइएको छ । 
"शालग्रामशिलारूपो तव गर्भगत: सदा ।
स्थास्यामि तव पुत्रत्वे भक्तानुग्रहकारणात् ।।"

वराहपुराणमा वर्णित यस श्लोकमा विष्णु भगवान् स्वयंले आफू गण्डकी पुत्रको रूपमा शालग्राम शिला भएर भक्तहरुको अनुग्रहका निम्ति गण्डकीको गर्भमा सदा रहनेछु भन्नुभएको छ । 
गुल्मी जिल्लामा जन्मिनुभएका संस्कृतविद्वद्विभूषण पण्डित श्री उमानाथ पन्थीले कालीगण्डकीकै महिमा वर्णन गरेर गण्डकीगौरव नामक संस्कृत काव्य समेत रचना गर्नुभएको छ । 
"तव गर्भसमुद्भवा: शिला भजता चक्रिसरूपताssप्यते । 
जनयित्रि न मेsत्र संशयस्तव योगादितरा सरिद्यथा ।। "

काव्यको उदाहरणस्वरूप उद्धृत उपर्युक्त श्लोकमा पण्डित उमानाथ पन्थीले हे गण्डकी श्रद्धापूर्वक नित्य तिम्रो गर्भबाट उत्पत्ति भएका शालिग्रामशिला पूजा गर्ने मानिसहरु अन्त्यमा भगवत्सारुप्यमुक्ति प्राप्त गर्दछन् यसमा कुनै संशय छैन भनेर गण्डकीको महिमा बताउनुभएको छ । 

त्यस्तै, भविष्योत्तर पुराणमा भगवान् श्रीकृष्ण र युधिष्ठिरको संवादमा गण्डकी माहात्म्य अन्तर्गत निम्नानुसार अनुष्टुप छन्दक‍ो ३२ श्लोकमा रहेको शालग्राम (शालिग्राम) स्तोत्र समेत लोक प्रसिद्ध रहेको छ । जसमा शालग्राम शिलाको रूप, लक्षण, प्रतीक चिन्ह, महत्व, विधि, निषेध आदि सबै कुराको निरुपण भगवान् श्रीकृष्ण स्वयंले गर्नुभएको छ  :-

अस्य श्रीशालग्रामस्तोत्रमन्त्रस्य श्रीभगवान् ऋषिः नारायणो देवता, अनुष्टुप् छन्दः श्रीशालग्रामस्तोत्रमन्त्रजपे विनियोगः 

युधिष्ठिर उवाच :-
श्रीदेवदेव देवेश देवतार्चनमुत्तमम् ।
तत्सर्वं श्रोतुमिच्छामि ब्रूहि मे पुरुषोत्तम ॥१॥

श्रीभगवानुवाच :-
गण्डक्यां चोत्तरे तीरे गिरिराजस्य दक्षिणे ।
दशयोजनविस्तीर्णा महाक्षेत्रवसुन्धरा ॥२॥
शालग्रामो भवेद्देवो देवी द्वारावती भवेत् ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥३॥
शालग्रामशिला यत्र यत्र द्वारावती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशयः ॥४॥
आजन्मकृतपापानां प्रायश्चित्तं य इच्छति ।
शालग्रामशिलावारि पापहारि नमोऽस्तु ते ॥५॥

अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदकं पीत्वा शिरसा धारयाम्यहम् ॥६॥
शङ्खमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि ।
अङ्गलग्नं मनुष्याणां ब्रह्महत्यादिकं दहेत् ॥७॥
स्नानोदकं पिवेन्नित्यं चक्राङ्कितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रह्महत्यां व्यपोहति ॥८॥
अग्निष्टोमसहस्राणि वाजपेयशतानि च ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ॥९॥

नैवेद्ययुक्तां तुलसीं च मिश्रितां विशेषतः पादजलेन विष्णोः ।
योऽश्नाति नित्यं पुरतो मुरारेः प्राप्नोति यज्ञायुतकोटिपुण्यम् ॥१०॥

खण्डिताः स्फुटिता भिन्ना वह्निदग्धास्तथैव च ।
शालग्रामशिला यत्र तत्र दोषो न विद्यते ॥११॥
न मन्त्रः पूजनं नैव न तीर्थं न च भावना ।
न स्तुतिर्नोपचारश्च शालग्रामशिलार्चने ॥१२॥
ब्रह्महत्यादिकं पापं मनोवाक्कायसम्भवम् ।
शीघ्रं नश्यति तत्सर्वं शालग्रामशिलार्चनात् ॥१३॥
नानावर्णमयं चैव नानाभोगेन वेष्टितम् ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१४॥
नारायणोद्भवो देवश्चक्रमध्ये च कर्मणा ।
तथा वरप्रसादेन लक्ष्मीकान्तं वदाम्यहम् ॥१५॥


कृष्णे शिलातले यत्र सूक्ष्मं चक्रं च दृश्यते ।
सौभाग्यं सन्ततिं धत्ते सर्व सौख्यं ददाति च ॥१६॥
वासुदेवस्य चिह्नानि दृष्ट्वा पापैः प्रमुच्यते ।
श्रीधरः सुकरे वामे हरिद्वर्णस्तु दृश्यते ॥१७॥
वराहरूपिणं देवं कूर्माङ्गैरपि चिह्नितम् ।
गोपदं तत्र दृश्येत वाराहं वामनं तथा ॥१८॥
पीतवर्णं तु देवानां रक्तवर्णं भयावहम् ।
नारसिंहो भवेद्देवो मोक्षदं च प्रकीर्तितम् ॥१९॥

शङ्खचक्रगदाकूर्माः शङ्खो यत्र प्रदृश्यते ।
शङ्खवर्णस्य देवानां वामे देवस्य लक्षणम् ॥२०॥

दामोदरं तथा स्थूलं मध्ये चक्रं प्रतिष्ठितम् ।
पूर्णद्वारेण सङ्कीर्णा पीतरेखा च दृश्यते ॥२१॥

छत्राकारे भवेद्राज्यं वर्तुले च महाश्रियः ।
चिपिटे च महादुःखं शूलाग्रे तु रणं ध्रुवम् ॥२२॥
ललाटे शेषभोगस्तु शिरोपरि सुकाञ्चनम् ।
चक्रकाञ्चनवर्णानां वामदेवस्य लक्षणम् ॥२३॥
वामपार्श्वे च वै चक्रे कृष्णवर्णस्तु पिङ्गलम् ।
लक्ष्मीनृसिंहदेवानां पृथग्वर्णस्तु दृश्यते ॥२४॥
लम्बोष्ठे च दरिद्रं स्यात्पिङ्गले हानिरेव च ।
लग्नचक्रे भवेद्याधिर्विदारे मरणं ध्रुवम् ॥२५॥
पादोदकं च निर्माल्यं मस्तके धारयेत्सदा ।
विष्णोर्द्दष्टं भक्षितव्यं तुलसीदलमिश्रितम् ॥२६॥

कल्पकोटिसहस्राणि वैकुण्ठे वसते सदा ।
शालग्रामशिलाबिन्दुर्हत्याकोटिविनाशनः ॥२७॥
तस्मात्सम्पूजयेद्ध्यात्वा पूजितं चापि सर्वदा ।
शालग्रामशिलास्तोत्रं यः पठेच्च द्विजोत्तमः ॥२८॥
स गच्छेत्परमं स्थानं यत्र लोकेश्वरो हरिः ।
सर्वपापविनिर्मुक्तो विष्णुलोकं स गच्छति ॥२९॥
दशावतारो देवानां पृथग्वर्णस्तु दृश्यते ।
ईप्सितं लभते राज्यं विष्णुपूजामनुक्रमात् ॥३०॥
कोट्यो हि ब्रह्महत्यानामगम्यागम्यकोटयः ।
ताः सर्वा नाशमायान्ति विष्णुनैवेद्यभक्षणात् ॥३१॥
विष्णोः पादोदकं पीत्वा कोटिजन्माघनाशनम् ।
तस्मादष्टगुणं पापं भूमौ बिन्दुनिपातनात् ॥३२॥

मुक्तिनाथ देवघाट, हृषीकेश रुरु - 
नारायणको गालाबाट भयो यात्रा सुरु ।१। 
गण्डकीको महिमा -  छैन केही सीमा - गण्डकीको महिमा…छैन केही सीमा - गण्डकीको महिमा… छैन केही सीमा - गण्डकीको महिमा


हरिहर- रूरूक्षेत्र - मुक्तिक्षेत्र, जाउँला - 
कालीगंगा नुहाएर पवित्र भै आउँला ।२। 
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…




सूर्य चन्द्र ग्रहणमा कुरुक्षेत्र जस्ती, 
तिम्रो जलको कोशौँ सम्म पावन गाउँबस्ती ।४।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


कागवेनी, रुद्रवेणी त्रीवेणीधाम सुस्ता ।
श्राद्ध गर्दा तृप्त हुन्छन् एक्काइस पुस्ता ।५।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

जड भरतले यहीँबाट मोक्ष प्राप्त गरे । 
एकैपल्ट जस्ले न्वाए, भवसागर तरे ।६।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


श्रीहरिको पसिना भै - बग्दै आइन् काली । 
भक्तिभाव टक्राउछौँ - मनको बत्ती बाली ।७।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

देवघाट पाउमा छन्, शिरमा मुक्तिनाथ ।
कल् कल् बग्ने कालीगंगा, भुक्तिमुक्ति साथ ।८।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

देवदत्त, पराशर - वाल्मीकिको भूमि ।
ध्यान ज्ञानको सिद्धि दियौ - बग्दै घुमिघुमी ।९।
गण्डकीको महिमा - 
छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…


छैन केही सीमा - गण्डकीको महिमा…
छैन केही सीमा - गण्डकीको महिमा…

 पूज्य डा. चक्रपाणि आचार्य गुरूको प्रेरणा एवं आचार्य विष्णु प्रसाद पोखरेल र आचार्य सन्तोष सुवेदीको सहयोगमा "गौरी आध्यात्मिक मासिक पत्रिका"मा प्रकाशित 

वि. सं. २०८२ जेष्ठ ८ गते, हर्मन कम्प्लेक्स