Wednesday, January 14, 2026

शिव-सती प्रसङ्ग (रोइला भजन)

 हरि हरि… 

बाँचुञ्जेली जिन्दगी हो, मरेपछि लास ।२

सारा संसार स्वार्थी रैछ, कस्को गर्नू आश ।२।

लैजाऊ शिव कैलास, 

हे,  प्रभु मलाई…

छैन केही आश,

लैजाऊ शिव कैलास…७


सत्ययुगमा दक्ष नामका प्रजापति थिए । २

तेत्तीस कोटि देवतालाई कन्यादान दिए ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


तेत्तीस कोटि कन्या गए देवताका साथ ।२

जेठी सती बाँकी थिइन् सम्पत्ति रक्षार्थ ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


विष्णुले छल् गरि मिलिन् शिवजीलाई सती ।२

यस्तो देख्दा क्रोधित भए दक्ष प्रजापति ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


दक्षले,

कोटिहोम गर्न थाले धुमधामसंग । २

दुईजनालाई छुट्याएर अरू सबै दङ्ग ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


महादेवलाई पशुभन्दा पनि तुच्छ गने ।२

शिवजीको निन्दा गरे बौलाहा हो भने ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


अग्निकुण्ड नजिक् गई प्राण त्यागिन् सती ।२

मेनकाको गर्भ रोजिन् बनेर पार्वती ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७


सतीजीका अङ्गबाट कोटि पीठ बने ।२

दर्शन् गर्न पर्छ भक्त, मुक्ति खोज्छौ भने ।२

शिव सती प्रसङ्ग,

कथा अन्तरङ्ग, शिव सति प्रसङ्ग… ७



२०८२ पुस ३० बुधबार, हर्मन कम्प्लेक्स 



No comments:

Post a Comment