Sunday, November 20, 2011

गजल

गजल

घात हुँदा सबैबाट आश भताभुङ्ग भो !
फ्याक्यौ तिम्रो मनबाट बास भताभुङ्ग भो !

जिन्दगी नै दाउ राखी जुवा खेल्ने जुवाडेको,
हराएछ एक्का यहाँ तास भताभुङ्ग भो !!

पिरतीको भोको यौटा आहाराले तड्पिएको,
मुखमै ठिक्क पारिएको, गास भताभुङ्ग भो !

मेरो हरियाली तिमी ऐजरुले ढाकेपछि ,
हराभरा वशन्तको मास भताभुङ्ग भो !

मेरो मुटुभित्र बसी पछी अन्तै गइदियौ,
साथ छुट्यो एकै मुठी सास भताभुङ्ग भो !


 काठमाण्डौ -२०६४




No comments:

Post a Comment