Thursday, November 17, 2011

शब्द कोरेँ ~ कविता बनेछ

कल्पनाका अनगिन्ती छटाहरुमा बिलीनहुदै,
सम्झनाका अविरल छालहरुमा तरंगित बन्दा
भावुक मनमा यौटा भावना जुरिहाल्यो , शब्द सामिप्यताको नया बहार फुरिहाल्यो
 अनि म शब्द कोरेँ ~ कविता बनेछ ।१।

स्वार्थको साघुरो जमिनबाट माथि उठेर निल आकाशको मीठास लिने चखेवा जोडीले
निस्फिक्री मनले प्रक्रितीको मज्जा लिन 
मलाई भनिरहेका होलान् तर,म शब्द शब्दमा हराएँ 
अनि म शब्द कोरेँ ~ कविता बनेछ ।२।

तरुनी महिलाको पेट र पिठ्युँको समस्या,
पेट नबढोस् भन्ने चाहना तर बाद्यता ,,
रिक्सा चालकले हवाइजहाजमाथि लगाएको द्रिष्टि र ज्यामीको खोक्रो पेट
अनायासै मनमा आए,
अनि म शब्द कोरेँ ~कविता बनेछ ।३।

अर्धनग्न महिलाले घाइते कुकुरलाई प्याच्च थुक्दैरुमालले नाक थुनेर हिड्दा 
सडक पेटीको लङ्गडो मान्छे दुई हात जोडी यात्रुहरु गनिरहेको छ , 
जवान युवक मस्त आइपड सुन्दै हिडेको देखेँ ,,
अनि म शब्द कोरेँ ~ कविता बनेछ ।४।

सबिन प्रभात , २०६५-१-१२ , काठमाण्डौ



No comments:

Post a Comment