Tuesday, January 21, 2014

गजल (मुजारे बहर)


गजल (मुजारे बहर)

हल्का छ हल्का भन्दै तहल्का मचाइहाल्यौ ।
घाइते मलाई पारी आफै जचाइहाल्यौ ।
त्यो बैशमत्त पूर्ण उन्मादिलो बहार,
साटेर प्रेम नाता छुट्टै रचाइहाल्यौ ।
मर्ने र बाच्ने संगै जंघार ती तरौँला,
मन्मा डढेलो लाई आफू बचाइहाल्यौ ।
प्याला दिएर गाढा माया घोलिरहेको,
लठ्याउदै दुनियाँ सारा नचाइहाल्यौ ।
आँखा सनक्क पार्दै उल्टो दिई इसारा,
जाने बुझेर तिम्ले क्या बुझ्पचाइहाल्यौ ।।।


२०७०/०९/१० सिन्धुली