Thursday, May 18, 2017

गजल

लाग्छ कि बादल या उदाउँछ सूर्य बिहानीमा ?

कति आउला साँवा ब्याज मायाको लगानीमा ??

सपनामा आइदिन्छौ ढुकढुकी नि बढेको छ,

राखेदेखि हिजोआज तिम्रो फोटो सिरानीमा ।।

अलिकति होस पनि राख्नुपर्छ प्रियत्तमा,

पश्चात्ताप नहोस् पछि गल्ती हुन्छ जवानीमा ।।

तिम्रो यादको रिण मात्रै बढ्न थाल्यो मनभरि,

बा-आमालाई राखौं कि त पिरतीको जमानीमा ।।


भएँ अचेेेल अलि अर्कैै महसुुस गरेेको छु,  

संगतको फल भनौ घिउ लाग्छ मदानीमा ।।


२०७४ जेठ

No comments:

Post a Comment