Monday, May 15, 2017

गजल

सपनीमा आएँ भने तगारोमा परिन्छ कि !
साच्चै डर लाग्छ प्रिय तिम्रो नभई मरिन्छ कि !!
भारी हुन्छ मन अनि छचल्किन्छन् आँखाहरु,
खै किन हो सोच्दासोच्दै अश्रुधारा भरिन्छ कि !
धेरै होलान् भमरा र माहुरीका ताँतीहरु,
यो मनको डेरा छोडी अन्त बसाइ सरिन्छ कि !!
ननिदाई कटाएका रातहरु बिर्सिएर,
दोबाटोमा छोडी मलाई एक्लै जंघार तरिन्छ कि !!

२०७४ जेठ १, सोमबार

No comments:

Post a Comment