Saturday, November 11, 2017

गजल

बन्यो जिन्दगानी जसै जेल जस्तै ।

निभेको दियोमा रह्यो तेल जस्तै ।।

न आस्था न सिद्धान्त वा कर्म मिल्छ,

कठै कागलाई भएँ बेल जस्तै ।।

म आफ्नै विपक्षी भएको छु हेर,

बिना दाउमा तासको खेल जस्तै ।।

तिमी ढुक्ढुकीमा रिसायौ कि क्या हो ! 

नशाका शिरामा  बग्यो भेल जस्तै ।।

हराएँ कि एक्लै कतै शून्यतामा,

यहाँ घाम देख्दैछु ओझेल जस्तै ।।

........

[बहर :- मुतकारिब, रुक्न :- फऊलुन् ×४, छन्द:- भुजंगप्रयात]

पुतलीबजार, स्याङ्जा - २०७४ कार्तिक