Monday, November 10, 2025
चतुश्लोकी भागवत : सुमिरन
श्रीमद्भागवतका यी चार श्लोक यस्ताश्लोक हुन् जसमा सम्पूर्ण भागवत तत्वको उपदेश
समाहित गरिएको छ। पौराणिक कथनानुसार ब्रह्माजीले भगवान श्री नारायणको स्तुति
गर्नुभएपछि भगवानले ब्रह्माजीलाई सम्पूर्ण भागवत तत्व जम्मा चार श्लोकमा बताउनु
भयो। तिनै चार श्लोकहरु ब्रह्माजीले आफ्ना मानस पुत्र श्रीनारदजीलाइ बताउनु भयो।
नारायणजीले तिनै श्लोकहरु श्रीव्यासजीलाइ वताउनु भएको थियो । र यिनै चार श्लोवाट
भगवान् व्यासजीले विस्तृतरुपमा १२ स्कन्ध ३३५ अध्याय तथा १८००० श्लोकमा
विभाजन गरेर श्रीमद्भागवत महापुराणको रचना गर्नु भयो। भगवान नारायणका मुखारविन्दवाट
निस्केका यी चतुश्लोकी भागवतको दैनिक पाठ गर्नाले सम्पूर्ण भागवत पाठ गरे सरहको
पुण्यलाभ हुन्न्छ भन्ने मान्यता रहेको छ ।
चतुश्लोकी भागवत- ॐ अहमेवसमेवाग्रे नान्यद्यत्सदसत्परम्। पश्चादहंयदेतच्च यो$व
शिष्येत सो$स्म्यहम्।।१ ऋते$र्थं यत् प्रतीयेत न प्रतीयेत चात्मनि।
तद्विद्यादात्मनो मायां यथा$$भासो यथा तम:।।२ यथा महान्ति भूतानि
भूतेषूच्चावचेष्वनु। प्रविष्ठान्यप्रविष्ठान्य तथा तेषु न तेष्वहम्।।३ एतावदेव
जिज्ञास्यां तत्वजिज्ञासुनात्मन:।। अन्वयव्यतिरेकाभ्यां यत् स्यात्सर्वत्र
सर्वदा।।४
भगवान् भन्नुहुन्छ-सृष्टिको आरम्भ हुनुभन्दा पैले केवल म मात्रै थिएं
,सत्य रुपमा वा असत्यरुपमा दुवैमा मै थिएं अरु कोही थिएन। सृष्टको अन्त हुंदा पनि
केवल म मात्रै रहनेछु।यो चराचर सृष्टिस्वरुप केवल मनै हूं तथा सृष्टिमा जो कुछ
देखिएकोछ ती सवैमा मनै रहेको हुन्छु र प्रलयपछि जो अवशेष वचेर रहेको हुनेछ
त्यसमापनि मनै रहनेछु। मूल तत्व आात्मा जो देखिदैन तथा यसका अतिरिक्त सत्य जस्तै जो
प्रती हुन्छ त्यो सवै माया हो ,आत्मावाहेक अरु जुनकुराको आभास हुन्छ त्यो सवै
अन्धकार समान मिथ्याहो। जसरी पञ्चमहाभूत (पृथिवी, जल, आकाश, अग्नि र वायु)यी पांच
तत्वहरु संसारका सवै साना ठूला सवै वस्तुहरुमा आंशिकरुपमा विद्यमान रहेर पनि तीनवाट
भिन्न रहेका हुन्छन् त्यसै गरी म आत्मा स्वरुप परमात्मा पनि सवै जीवहरुमा
आंशिकरुपमा रहेर पनि ती देखि अलग रहेको हुन्छु। आत्मतत्वलाइ जान्न चाहने
जिज्ञासुहरुका लागि केवल यत्ति कुरामात्रै जान्न योग्य छ कि अन्वय(सृष्टि) सृष्टिको
सुरुदेखि व्यतिरेक(अन्ततक )तिनैलोक (स्वर्ग ,मर्त्य,पाताल)तथा तीनै काल
(भूत,वर्तमान र भविष्यत)मा जो सदैव एक समान रहेको हुन्छ त्यही आत्म तत्वहो अर्थात्
त्यही म हूँ। द्रष्टव्य -अन्वय व्यतिरेकको अर्थ - जहाँ घडा(कार्यरुप) हुन्छ त्यहां
माटो (कारणरुप) भएकै हुन्छ अर्थात् माटो विना घडा वन्न सक्दैन, त्यस्तै "यत्र यत्र
धूमस्तत्र तत्र बह्नि" जहाँ जहाँ वाट धुंवा निस्केको हुन्छ त्यहां त्यहा आगो
विद्यमान हुन्छ । यस्तै जहाँ माटोको अभावमा घडा वन्न सक्दैन तर घडा फुटेपछि पनि
घडाको उपादान कारण रुप माटो रहेको हुन्छ। त्यस्तै योसारा संसार भगवानकै अंशवाट
वनेको हुनले सम्पूर्ण चराचर जगतको (अंशी)ईश्वरको अंशछ र उ चलायमान छ ,जब
व्यष्टिरुपमा कुनै जीवको अन्त्य भयो भने त्यसमा रहेको आत्माको अंश उसै (ईश्वरमा)
गएर मिल्छ । यसरी व्यष्टि जीव र समष्टि रुप चराचर जगत नरहे पनि आत्मा(ईश्वर)सदा
सर्वदा रहेकै हुन्छन्। यसमा माया तत्वको वर्णन यश प्रकार गरिएकोछ जस्तै- जुन वस्तु
वास्तवमा छैन तर भए जस्तो देखिन्छ त्यसलाइ माया भनिन्छ। यो दृश्य-प्रपञ्च परमार्थमा
छैन तर छ जस्तो देखिन्छ त्यसकारणले "यथा$$भासो यथा तम:"यो मायाहो। आकाशमा राहु छ तर
देख्न सकिँदैन यो मायाहो। आकाशमा दुइवटा चन्द्रमा छैनन् तर भए जस्तो भान हुन्छ भने
त्यो मायाहो।वास्तवमा माया तत्व भनेको जोछ त्यसलाइ देखाइएको हुंदैन जो छैन त्यसलाइ
देखाइएको हुन्छ। जगत् तत्वको वर्णन- जगतमा कार्य कारणको भाव देखिन आउँछ।आकाश वाट
वायु, वायुवाट अग्नि अग्निवाट जल जलवाट पृथिवी र पृथिवीवाट सम्पूर्ण प्रपञ्च।घैटो
वन्नु भन्दा अगाडि पनि माटो थियो,वनेपछि पनि माटोछ।फुटे पछि पनि माटै रहन्छ।यसै
प्रकारले सम्पूर्ण जगत कार्य कारण भावले व्याप्तछ। सारा जगत परमात्मामाछ परमात्मा
जगत्माछ ,वा न परमात्मा जगतमाछ न जगतमा परमात्मामाछ अर्थात् दुइटा भन्ने वस्तु नै
छैन। आत्मतत्वको वर्णन- आत्मन:तत्वजिज्ञासुना" आत्म तत्व जान्न खोज्नेहरुले अन्वय र
व्यतिरेकको युक्तिले जान्नु पर्छ- युक्ति-घडा नवन्दाखेरि पनि माटो थियो, घडा वनेपछि
पनि माटोनैछ, फुटे पछि पनि माटै रहन्छ। अर्थात् घैंटोको सवै स्थितिमा माटोको अन्वय
छ। माटो वाट वनेको हुनाले घडानैछ घैंटो नवन्दा पनि माटो माटै थियो। घडा वाट माटो
व्यतिरेकहो। यी चार श्लोकहरुमा जे कुरा भनिएकोछ सम्पूर्ण भागवतमा त्यही कुरा
भनिएकोछ। अन्त्यमा, जसरी कुम्हाले विना घडाको निर्माण हुन सक्दैन ,चित्रकार विना
चित्र वन्न सक्दैन त्यस्तै यो जगत वनाउने पनि कुनै कर्ताछन् तिनैलाइ हाम्रो पूर्वीय
दर्शनले ईश्वर मान्छ उनैलाइ हामी भगवान भनि पूज्छौ। -"जगतां यदि नो कर्ता कुलालेन
विनाघटा:। चित्रकार विना चित्रं स्वयमेव भवेत्तदा।। अर्थात् यदि जगतको निर्माता
कोही पनि हुंदैन थ्यो भने यो सारा जगत के विना कर्ताकै निर्माण भएकोछत? भन्दा
मान्नु पर्छ कि यो जगतको निर्माण गर्ने निर्माता अवश्य कोहिछ किन भने जसरि यौटा
माटोवाट घडा वनाउने उपादान कारण माटो र निमित्त कारण कुम्हाले रहेको हुन्छ ,यस्तै
प्रकारले कुनै चित्र वनाउने कागज र चित्रकार विना चित्र वन्न सक्दैन त्यस्तै यो
सारासृष्टिको संरचना पालन र संहारका हेतु कोही कर्ता छ भने ती स्वयं भगवान्
श्रीहरिनै हुन् उनै सर्वव्यापक छन्। जले विष्णु:स्थले विष्णुर्विष्णु:पर्वतमस्तके।
ज्वालामालाकुले विष्णु:सर्वं विष्णुमयं जगत्।। अर्थात् विष्णु भगवानको निवास कहाँ
छैन र? अर्थात् सर्वत्र जल ,स्थल ,पर्वत ,अग्नि आकाश पाताल, भित्र बाहिर जतातै
विष्णुको निवास छ। ॐ नमो भगवते वासुदेवाय (वैदिक ज्ञानमञ्च फेसबुक पेजबाट श्री प्रेम खनाल ज्यूको
लेख साभार गरिएको )
Labels:
Other
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Subscribe to:
Comments (Atom)
