Tuesday, November 15, 2011

निर्मल अंकलको डायरीबाट

निर्मल अंकलको डायरीबाट

(आज भन्दा २० बर्ष अघीको डाइरीबाट )


मिती २०४८ साल कार्तिक ९ गते 


कमला दिदिको Inter Level को फर्म भर्न बुटवल जादाको खर्च विवरण :


बुवाले दिनु भएको जम्मा रु ४०० 




निर्मल अंकल


खर्च :


१) जोर्ते दिउस नास्ता चिया र पाउरोटी - रु ३ 


२) पाल्पा चिया खर्च - रु २

३) बुटवल साझ साधा खान - रु 15


४) १० गते बिहान साधा खाना - रु १५


५) 'युग देखी युगसम्म' फिल्म हेरेको बाल्कोनी टिकट - रु 10


६) बुटवल दिउस नास्ता - रु ५


७) १० गते साझ दहिसँग खाना - रु २०


जम्मा खर्च - रु ७०


बाँकी रहेको - रु ३३०

Saturday, November 12, 2011

गजल

गजल

राम्रो जीवन बाँचिएन आफैलाई मारेँ मैले !
संसार नै जितेँ तर आफैसित हारेँ मैले !!

अभावले गुज्रिएको जिन्दगिमा नपाएका,
ताराहरु कल्पनामा लाखौ लाख झारेँ मैले !

तिरस्क्रित हुँदापनि प्यारो लाग्ने जिन्दगि यो ,
बरु एक्लै ज्युछु भनी काँडे तारले बारेँ मैले !

निर्वाह नै हुनु पनि ठूलो कुरा रैछ यहाँ ,
चौथाई यो जिन्दगिको जेनतेन टारेँ मैले !!

मलजल हुँदाहुँदै फल्नफूल्न नसकेको,
जिन्दगि यो मरुभूमि बिचतिर सारेँ मैले !!


सबिन प्रभात
काठमाण्डौ, २०६५-०७-०८

Thursday, November 10, 2011

गजल


गजल
उच्च शिर सगरमाथा झुक्नुपर्ने नहोस् यहाँ !
हिमाल हाँस्दा तराई रुँदै थुक्नुपर्ने नहोस् यहाँ !!

अशान्ति यो  मौलाएर हिंसा  त्रास नरोकिदा,
रगत बग्छ भन्दै काली सुक्नुपर्ने नहोस् यहाँ !

बिखण्डता, पहाडी  म  तराईमा झर्दाखेरी,
मधेसीले धम्क्याएर लुक्नुपर्ने नहोस् यहाँ !

बदनामले जेलिएर चारैतिर  संसारमा,
नेपाली हुँ भन्नपनि चुक्नुपर्ने नहोस् यहाँ !

आन्दोलन र चक्काजामले सबैतिर बन्द भई,
पढ्न क्याम्पस जाँदापनि रुक्नुपर्ने नहोस् यहाँ !

सबिन प्रभात
लाजिम्पाट ~ काठमाण्डौ

Tuesday, November 8, 2011

Gazal

Ever sad  declining deer  is my life.
Blowing from each eye tear is my life.
Frustration, in-frolic, unwilling birth,
Misery , melancholy and fear is my life.
Absurd and meaningless existence vain,
Cultivated  in desert  pear is  my life.
All fastest of evils, good spreads slow,
Unredressed & humorous jeer is my life.
If I know life : precious and felicitous,
Abstruse but beautiful cheer is my life.

Sunday, November 6, 2011

गजल (मुजारे बहर)


गजल (मुजारे बहर)

आफ्नै भुमी र माटो प्यारो भयो म फर्केँ !
त्यै बारी खेत पाटो प्यारो भयो म फर्केँ !!


ठूलो शहर् विदेशी ठाँउ अचम्म देख्दा ,
ताते हिडेको बाटो प्यारो भयो म फर्केँ !!

आमा बुझेँ म व्हिस्की स्याण्डविच खानुभन्दा ,
सिन्की र बासी आटो प्यारो भयो म फर्केँ !!


बिस्तारवाद बाठो साम्राज्यवाद टाठो ,
नेपाल देश लाटो प्यारो भयो म फर्केँ !!

मंगा र नग्न छोटा उल्टा नढाक्नु भन्दा,
थोत्रा लुगा र फाटो प्यारो भयो म फर्केँ !!