Saturday, July 18, 2015

भैँसी

   भैँसी

कथाकार :- अरुण ज्ञवाली ( Arun Gnawali  )

कुलचन्द्र पन्डितको घरमा भर्खर एउटा भैँसी ब्याएको थियो त्यो भैँसीले पाएको सानो पाडि बल्लबल्ल पाइला हिंड्नसक्ने भएको थियो बर्खाको समय थियो, वारिपारीको हरियाली मनोरम बातावरण देख्दा सानो पाडि अत्यन्तै खुशी थियो       तर त्यो पाडिको खुशी धेरै बेर टिक्न पाएन केहीबेरमै कुल्चन्द्र पन्डितले दाम्लो ल्याएर पाडिलाई बाँधिदिए       
समय बित्दै गयो भर्खर ब्याएको भैंसि पाडि दिनभरी किलामा बाँधिएर बस्थे बिहान साँझ भैंसिले दिने दुध पनि पाढिले राम्ररी खान नपाउदै लतार्दै लगेर किलामा बाधिदिन्थे सबै दुध मानिसले नै लैजाने गर्थे त्यो देखेर एक दिन पाडीले आमा भैँसिलाइ मान्छेले किन हामीलाई एसरी बाँधेर राखेका अनी मेरो भागको दुध जबर्जस्ती लगेका भनेर सोधी आमा भैंसिले पाडिलाई मानिसहरुले आफुहरुलाई घास खान दिएको अनी पालेको कारण त्यसो गरेको जवाफ दि   
  अर्को बर्ष भैँसीले फेरी पाडो पाइ दिन पछी पाडो पनि हुर्किदै गयो पाडि पाडो साह्रै मिल्ने गर्थे दुबै नजिकै बाँधिनु पर्ने कारण मानिसले दिएको मिलिजुली खान्थे करिब बर्ष पछीको कुरा हो कुलचन्द्र पन्डितले पाडो बेचिदिए आफु भन्दा सानो आफ्नो भाईलाई आफुबाट छुटाएर लगेपछी दिन पाडिले केही खाइन तर कुलचन्द्र पन्डितकी पत्नी साह्रै कडा स्वभाबकी थिईन एक साँझ उनले लठ्ठी ल्याएर पाडिलाई पिट्न थालिन पिटाइ पाडिले पहिले पनि खाएकी थीइ तर त्यस दिनको पिटाईले उसको ज्यानभरि चोट लाग्यो त्यो रात धेरै रोइ तर उसको पिडा सम्झिने उसकी आमा मात्र थीइ जो आँफै असहाय थीइ      
त्यै बर्ष कुल्चन्द्र पन्डितले आमा भैँसीलाई पनि बेचे आमा भैँसी अब ब्याउन नसक्ने बुढी भैसकेकि थीइ यस्तो थारो भैँसी पालेर के गर्नु ? पुर्नेलाई दिए पोखरा लैजान्छ , एक साँझ पन्डित दम्पतिले कुरा गरेको भैँसी पाडिले सुने त्यो रात दुबै आमा छोरिले केही खाएनन भैँसीले त्यो घरमा धेरै बर्ष बिताएकी थीइ कुलचन्द्र पन्डितले त्यो भैँसी किनेर ल्याउदा एउटा राम्रो गोठ सम्म थिएन एक बर्ष सम्म टिनको पातोमुनी साह्रै कस्टपूर्ण समय बिताएकी थीइ भैंसिले कहिले घामले पोल्थ्यो कहिले जाडोले अत्याउँथ्यो त्यै छाप्रोमा बस्दा बाघले उसको एउटा पाडो खाइदिएको थियो ति सबै दु: कष्ट सहेर अनी धेरै पटक ब्याएर अाफ्ना मालिकहरुको सेवा गरेपनी अब बुढी भएपछी बेचिनु पर्ने भएपछी उसले मन थाम्न सकिन अर्को दिन पुर्नेले पैसा दिएर भैँसिको दाम्लो फुकाउन लाग्यो पन्डितले तलाई भैँसी सस्तै दिएँ है पुर्ने भन्दै नोठ गन्दै थिए पुर्नेले दाम्लो फुकाएर  बुढो भैँसिलाई लतार्दै लग्यो एक अर्काले देखुन्जेल भैँसी पाडि कराइरहे अली पर मोढमा पुगेपछी पुर्नेले भैँसिलाइ एक पटक जोडले हान्यो , बिचरा बुढो भैँसी पुर्नेले जता जता लैजान्छ तेतै तेतै गयो      
कुलचन्द्र पण्डितको कान्छो  छोरो कपिल पाडि भन्दा केही महिना पछी जन्मेको थियो कपिलले सानोमा खान साह्रै दु: दिन्थ्यो उसलाई खुवाउनु परेमा त्यै पाडि देखाउन लैजानु पर्थ्यो आँफै पनि अली अली बोल्न सक्ने भएपछी आँय जाम भनेर भनिरहन्थ्यो भैँसीको गोठमा गएपछी कपिलले पाडिलाई चलाई रहन्थ्यो पाडि पनि कपिललले चलाऊदा आनन्द मान्थी सानोमा ति दुई साथी नै थिए ।चार बर्ष पुगेपछी पाडि ब्याइ , अब भैँसी भै पहिलो पटक ब्याउदा उसले पाडो पाइ पहिलो पटक ब्याउदा पुसको रातिको समय थियो असाद्धै चिसो , साह्रै कस्टपूर्ण समय उसले बल्ल बल्ल बिताइ ब्याउदाको शारिरिक पिडा अत्यन्तै चिसो मौसमले उसलाई हरेक पल बिताउन बर्ष बिताएजस्तै हुन्थ्यो यता कुलचन्द्र पण्डितको भने भैंसिले पाडो पाएकोमा खुशीको सिमा नै थिएन 'जनावर पालेर मार्नलाई बेच्ने  , मार्न लैजाने  , मार्न सहयोग गर्ने , मार्ने , मासु पकाइदिने   मासु  खाने सबैलाई हत्या गरे सरह नै पाप लाग्छ ' पन्डित जी प्रवचनमा यस्तै भन्थे तर उनी आँफैलाई त्यस्तो पाप कती लागेको त्यो उनलाई मतलव थिएन , उनलाई पैसा सँग मात्र मतलब थियो
  कपिल बर्षको नपुग्दै पन्डितनी आमै सार्है बिरामी भईन आमा लामो समय सम्म बिरामी भएपछी कपिलले छोरी भैँसिकै दुध खाएर हुर्कियो सानो कपिललाई देख्दा भैँसी साह्रै खुशी हुन्थी अनी कपिल पनि भैँसी पाडोलाई असाद्धै माया गर्थ्यो करिब् बर्ष पालेपछि कुल्चन्द्र पन्डितले भैँसीको पाडो बेचिदिये    पुर्ने राइँलो आएर पाडोलाई लतार्दै पिट्दै लगे भैँसी धेरैबेर रोइ कती दिन घास खाइन तर त्यँहा उसको पिडा बुझ्ने को थियो ?  भगवान ले मान्छेलाई दिमाग मन दिएका छन ता कि संसार को सबैभन्दा बिकसित प्राणिले  सजिलै सँग ठीक बेठिक, असल खराब छुट्टाउन सकोस असहाय जीबहरुलाई माया सुरक्षा प्रदान गरोस , तर मानिसले सधैं असहाय जीबहरुलाई यातना दिने तद्पाउने बाहेक अरु राम्रो केही गर्न सिकेकै छैन   
त्यै भैँसीको दुध खाएर कपिल हुर्कियो यतिसम्मकी उसलाई तिर्खा लागेपनी पानी पिनुको सट्टा दुध नै खान्थ्यो समय बित्दै गयो अनी कपिल पनि पढ्न जान थाल्यो केही बर्षपछी भैँसी फेरी ब्याइ अर्को पाडो  पाइ एक बर्षपछी धेरै दुध दिने भैँसी पाडो  कुल्चन्द्र पन्डितले खिमबहादुर लाई बेचे दशै अाउनै लागेको समयमा राम्रो पैसा पार्न सकेकोमा पन्डित जी मख्ख भए एउटा उजाड दिउसो खिमबहादुर उसका साथीहरु आएर भैँसी पाडो लगे  आफु जन्मेको धेरै समय बिताएको घर छाड्ने बेलामा भैँसिलाइ साह्रै नरमाइलो लाग्यो उसलाई अन्तिम समयमा एकपटक कपिललाई देख्न मन लागेको थियो तर स्कुल गएको कारण भैँसीको अन्तिम इच्छा पनि पुरा हुन पाएन   
खिमबहादुर दलित संघको नेता थियो अधिकाम्स  दलितहरुको आर्थिक अवस्था अझै दयनिय रहेपनी खिमबहादुरको आर्थिक अवस्था अरुको तुलनामा मजबुत थियो उसको जेठो छोरो दुबै ( UAE) थियो भने कान्छोले पढ्दै थियो ।भैँसिलाइ कुलचन्द्रकहाँको बसाइ कस्टपूर्ण थियो नै खिमबहादुर कहाँको त्यसभन्दा पनि कयौँ गुणा कस्टपूर्ण थियो खिमबहादुर आफु कुनै काम गर्दैनथ्यो दिनभरी टक्सार बजार तिर गएर संगठनको काम गर्थ्यो वा त्यसै हल्लन्थ्यो राती रक्सी पिएर आउँथ्यो उसको घरमा झगडा नभएको कुनै रात हुँदैनथ्यो कती पटक झगडा पिटापिट मा पुगेर टुंगिन्थ्यो रक्सिको नसामा खिमबहादुर कैयौँ पटक भैँसी काट्छु भन्दै खुकुरी लिएर हिड्थ्यो छोरो श्रीमती आएर उसलाई समाएर लैजान्थे   
अगिल्लो बर्ष जन्मिएको पाडो निकै खाइलाग्दो भएको थियो खिमबहादुरको घरमा आउने हरेक मान्छे पाडो हेरेर छक्कै पर्थे   जाडो गर्मी बर्षा बितेर फेरी दसैं अाउनै लागेको थियो यो दशैको लागि भनेर खिमबहादुरको जेठो छोरो टिकाराम पनि दुबइबाट घर आएको थियो अष्टमिको दिन बिहानै खिमबहादुरको घरमा वल्लो घरको नन्दे पल्लो घरको झबे सम्मका मानिस जम्मा भएका थिए खिमबहदुरको जेठो छोरो टिकाराम कान्छो छोरो टेकबहादुर मिलेर आगनमा त्रिपाल बिछाए नन्दे झबे मिलेर डेप्ची पानी उमाले खिमबहादुरले आगनको कुनापट्टी ठुलो हसिया उदाएको भैँसी पाडोले देखेनन टेकबहादुर आएर पाडोलाई फुकाएर लग्यो पाडो भैँसी आँय गर्दै कराए उताबाट खिमबहादुरले उदाएको ठुलो हसिया लिएर आएपछी मात्र भैँसी पाडोले कुरा बुझे एकैछिन कस्ले काट्ने भनेर बिबाद चल्यो अन्तत दशैकै लागि भनेर बिदेसबाट आएको टिकारामले काट्न पाउनुपर्ने तर्क बलबान ठहरीयो   नन्देले पाडाको दाम्लो बेसरी समाएर तान्यो, झबेले दुबै खुट्टा समाएर पछाडी तान्यो, टेकबहादुर  रगत थाप्ने भन्दै बाँटा लिएर आयो पाडो त्यहाँबाट भाग्न अन्तिम बल लगायो तर उसको केही सिप चलेन टिकारामले हसियाले मार हान्न ठीक्क पर्दा पाडोले दुबै आँखाबाट तररर आसुँ बगायो तर उसले बगाएको आँसुको त्यहाँ कुनै मुल्य थिएन जीवनको अन्तिम घडीमा उसलाई मानिसप्रति असाद्धै रिस उठ्यो चरम निरासाले डरले उसले अरु केही सम्झिएन त्यत्तिकैमा पहिलो मार उसको घाँटिमा बज्रियो यो मारले उसको घाँटी छिनिएन पाडो पिडाले रन्थनिएर आँय आँय गर्दै उफ्रिन थाल्यो छिनिएन हा हा हा हा गरेको आवाज वरीपरी गुन्जियो पाडोलाई काट्न लागेदेखिनै भैँसीका आसुँ आँखाबाट भुइसम्म चुहेका थिए आफ्नो छोराको त्यो हालत देख्नासाथ भुइमा थचक्क बसी टिकारामले पाडोलाई फेरी हान्यो तर पाडो फेरिपनी छिनिएन पाडो भैँसिको करुणाजनक आवाजले सायद ढुङ्गाको मन  पग्लियो तर संसारको सबैभन्दा बुद्धिमानी प्राणी मानिसको मन पग्लिएन नन्दे झबेले पाडोलाई समाइरहे टिकारामले मार हानिरह्यो पाँच पटकको पालिमा पाडो छिनियो टेकबहादुरले देप्चीमा रगत थाप्यो अरु सबै गललल हाँसे मानिस भनिने राक्षसहरुको हिम्श्रक नाङ्गो नाच देखेर भैँसी एकैछिन आँय आँय गरेर कराइ त्यस पछी मुर्छा परी     मान्छे आफुलाइ एक थोपो रगत निकाल्न आँट आउँदैन सियोले घोच्यो भने डाक्टरकहाँ गएर उपचार गराउनु पर्छ तर त्यै मान्छेले अरुलाई पनि दुख्छ भन्ने कुरा सोच्न सक्दैन के मान्छेले आफ्नो छोरा छोरी अरुले मारिदिएको सहन सक्छ ? अब एउटा गम्भिर प्रश्न भगवानको अगाडि तेर्सिएको थियो के मानिस साच्चै संसारको सबै भन्दा बुद्धिमान सब्य प्राणी हो ?

  दशै पछी टिकाराम फेरी बिदेस गयो अरु पनि आफ्नो काममा ब्यस्त हुन थाले जाडो महिनाको एक दिन खिमबहादुर नयाँ लुगा लगाएर कतै जान आँटेको थियो , उसले स्वास्निलाइ कोट ल्याइदिन अह्रायो स्वास्निले कोट ल्याएर लगाइदिएई कहाँ जान लाग्नुभएको भनेर सोधी 'सदरमुकाममा दलित संघको कार्यक्रम ' खिमबहादुरले जवाफ दियो 'बाहुन छेत्रीहरुले हाम्लाई हेपे , एक्काइसौँ शताब्दिमा पनि यो देशमा छुवाछुत हटेको छैन , हाम्ले छोएको पानी चल्दैन, हाम्लाई कोठा भाडामा दिदैनन , के हाम्लाई काट्दा रगत रातो आउँदैन ? के हाम्लाई दुख्दैन ? हाम्ले फेर्ने सास उनिहरुले फेर्ने सास फरक ? यो अन्याय सहन हुँदैन संघर्स गर्नुपर्छ ' खिमबहादुरले एकै सासमा भन्यो गोठमा बाँधिराखेको उसको कुरा सुनेर जोडले करायो ' मान्छे हामी जनावरलाई काट्दा पनि रगत रातो आउँछ , तिमीहरुले अत्याचार गर्दा हाम्लाई पनि दुख्छ , हाम्ले फेर्ने सास पनि तिमीहरुले फेर्ने जस्तै अन्तिम कुरा तिमी मानिसहरुलाई अाफ्ना आफन्त मर्दा जती पिडा हुन्छ हामी जनावरहरुलाई पनि तिमीहरुले हाम्रो आफन्त मारिदिदा त्यतिनै पिडा हुन्छ , साच्चै छातीमा हात राखेर सोच तिमीहरुले हामी जनवरलाई कती अत्याचार गरेका छौ ? हामीले यो कहिले सम्म सहनु पर्ने ?' भैँसीको आवाजमा यस्तै कुराहरु थिए तर खिमबहादुर पनि एउटा अहंकारले ओतप्रोत मानिसको प्रतिनिधि पात्र थियो उसले भैँसी आयँ आयँ गरेको मात्र बुझ्यो उसको पुकार बुझेन    





Sunday, July 12, 2015

अर्को दृष्‍टिभ्रम

अर्को दृष्‍टिभ्रम (शार्दूलवीक्रीडित) 

अौशी रात भयो तिमी जब गयौ तारा उदाए पनि ।
आशा लाग्छ अझै म लक्ष चिनुला बाटो बिराए पनि ।।
चाहाना यदि पुग्दथे  सब भने को रुन्छ होला यहाँ ?
तिम्रो तस्विर लेखिएछ मनमा जाउँ र मेटौँ कहाँ ।। १ ।।

प्यारो किन्चित कोपिला कुसुमको काँडा बन्यो के कतै ?
रश्मी रक्तिम ललिमा क्षितिजको अस्ताउदै थ्यो यतै ।।
खोला होइन प्रेम बग्न सजिलै वर्षातको भेल झै ।
पासा हो कि जुवा जित्यौ अनी उठ्यौ भो तासको खेल झै ।। २ ।।

त्यो उद्यान सुरम्य पुष्पहरुको वेली चमेली तथा ।
चम्पा मख्मलि मालती द्रुम अहा छन् पल्लवीका लता ।।
तिम्रो केश समान लाग्छ किन हो राम्रो बगैँचा पनि ।
यैं दृष्‍टिभ्रममा खुशी छु म सधैं झन्डै म पागल बनी ।। ३ ।।

फक्रेको प्रतिभा अनन्त लयमा काव्या तिमी मंजरी ।
काया लुप्त प्रदीप्त ज्योति नहुँदा छाया रह्यो मन् भरी ।।
त्यैँ छाया पनि टाढिदै छ किन हो बुझ्दैन केही पनि ।
यात्रा यो कतिसम्म चल्दछ यहाँँ एक्लो नितान्तै बनी ?? ४ ??


असार २०७२, रातोपुल काठमाण्डौ 





Saturday, April 18, 2015

अकण्टक भावना

अकण्टक भावना ( शिखरिणी )

विशेष आभार :-  [ प्रान्जल प्रेम @pranjalprem र कमल शर्मा @InnocentIdiot_ ]

झुलेका जौ जस्तै लहलह अहा केश शिरको । 
छ है ध्यानै तान्ने नभ घनघटा लेक तिरको  ।।
हर्यौ निद्रा मेरो चयन मनको शान्ति सजिलै । 
कहाँ भेट्ने होला मन अधिर भो आज अति नै ।। १ ।।
                                                                                    

म तड्पिन्छु तिम्रो खबर जब मिल्दैन दिनमा । 
डुबेँ क्या हो ज्यादै अतुल गहिरो प्रेम रिणमा ।। 
कठै सोच्दा सोच्दै टिलपिल हुदोरैछ नयन । 
म मात्रै पो हो या विचलित तिमी छौ अब भन ।। २ ।।

अहा अंगालोमा उनिरहुँ अझै लाग्छ कहिले । 
र देख्दा सारीमा बनुबनु म सप्को कि अहिले ।।
जसै झोला भिर्छौ म बनु कि फिता टाँसिन त्यहीँ ।
तिमी हिड्दा तिम्रो छम छम बनु पाउजु कहीँ ।। ३ ।।

तिमी प्रज्ञा आभा  बनिरहु सधैं यैँ वरिपरी । 
तिमी आस्था मेरी ढलमल नहोस् जीवनभरी ।। 
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना  । 
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।। ४  ।।  


२०७१ बैशाख , सिन्धुली 




Saturday, January 24, 2015

बितेको जवानी

बितेको जवानी ( उपजाती छन्द )
यो लाज मात्रै किन मान्दछौ हे,
ब्यर्थै तिमी लाज नमान जैले ।
टाढा हुँदै छौ नमानी नमानी,
फर्कन्न कान्छी बितेको जवानी ।१।

संगै घुमेको वन खेतबारी,
कान्ला र बेशी नदी वारिपारी ।
सानो म थेँ थ्यौ तिमी सानिसानी,
फर्कन्न कान्छी बितेको जवानी ।२।



हर्लक्क बढ्दा अझ सुन्दरी भै,
फक्रक्क बेली र चमेली फूल्झै ।
यो बैस राम्रो सुनौलो बिहानी,
फर्कन्न कान्छी बितेको जवानी ।३।
मन्मा लुकेको छ अत्रिप्त प्यास,
छिप्दैन फूल्मा बढेको सुबाश ।
यो ज्यान तिम्रै तिमी मन्की रानी,
फर्कन्न कान्छी बितेको जवानी ।४।
खोलेर मन्का सब तिर्सना ती,
पूरा गरौँ आज हुँदैन भोली ।
के लाज मान्छौ सबै जानिजानी,
फर्कन्न कान्छी बितेको जवानी ।५।
आँखा नशापूर्ण छ ओठ् गुलाबी,
उन्माद छिट्टै भइहाल्छ हाबी ।
त्यो काख प्यारो मजाको सिरानी,
फर्कन्न कान्छी बितेको जवानी ।६।
मन्मा कुनै धुक्चुक राख्न हुन्न,
साँच्चै सिपालु तिमी प्रेम उन्न ।
खोला बगी जान्छ फिर्दैन पानी,
फर्कन्न कान्छी बितेको जवानी ।७।
आँखा जुधाई पर बस्न खोज्दा,
नाना थरिका डर त्रास  सोच्दा ।
आधा अपूरो भयो प्रेम् कहानी,
फर्कन्न कान्छी बितेको जवानी ।८।
आजै त हो जे मन लागि गर्ने,
आउन्न भोली नयाँ रंग भर्ने ।
यो ज्यान हाम्रो हुनेहो खरानी,
फर्कन्न कान्छी बितेको जवानी ।९।

२०७० फाल्गुन १४, सिन्धुली  



Wednesday, January 21, 2015

Dear I Will Not See You There

Though not happy enough, I am better with what I am.
Dreams seldom match with life's actual form.
And,
Imagination usually exceeds reality ~ break-fail thoughts,
Sadly, sometimes,
Thunder strikes on the innocent buds.
Fantasy of one's heart, beyond this cosmos.
An entire size of dreams lost thus,
fret and fuss.
Elegant fairy; quite surroundings; lustful far or near.
When I get up tomorrow ~ Dear I will not see you there ..

Special Thanks :- Kamal Sharma
https://twitter.com/InnocentIdiot_

2070/05/14 Sindhuli