Sunday, May 14, 2017

मुक्तक

जीवन भरी मिठो माया तिमीलाई प्यार मेरो ।
तिमीसंगै सजाउँछु अब घरबार मेरो ।।

जिन्दगीमा सधैभरि साथ तिम्रो पाएँ भने ।
संसार जित्न सक्छु मैले हुनेछैन हार मेरो ।।

आशा छ ज़िन्दगीका हर मोडमा साथ दिन्छौ,
तिम्रै हातमा थमाइदिएँ सुनौलो संसार मेरो।।

२०७४ जेठ

Sunday, March 19, 2017

अकण्टक भावना २

तिमी हाँस्दैखेरी झलमल छ यो सूर्य किरण ।
तिमी रुन्छ्यौ जैले जल बनिदिने बादल कण ।।
लिई बास्ना तिम्रै मगमग भइन् पुष्पतरु ती ।
खुशी साट्यौ क्यारे पुलकित हुँदी हेर प्रकृति ।।

तिमी आत्मा मेरो तनमन र यो जीवन तिमी ।
हराएँ आफैमा मृदुलमय आफ्नोपन तिमी ।।
सधै ऊर्जादायी रगत सरि छौ स्नायुहरुमा ।
छ यो चाहा बेग्लै किनकिन मनै जान्न अरुमा ।।

तिमी रात्री जस्तै अनुभव हुने शान्त प्रहर ।
तिमीमै गाभिन्छन् सकल मनका तिव्र रहर ।।
म थोपा मात्रै पो अखिल जलको सागर तिमी ।
म सारै नै अल्छी भर न मनमा जाँगर तिमी ।।

तिमी साथी मेरी प्रणय रथको सारथि तिमी ।
तिमी पूजा मेरी शुभ समयको आरति तिमी ।।
तिमी काया सिंगो छवि म अधुरो हुन्छु कि कतै ।
तिमी माया मीठो मधुर प्रितमा रम्दछु सधै ।।

[कविता :- अकण्टक भावना]
[छन्द :- शिखरिणी]
रचना मिति :- २०७३/१२/०५

Friday, January 27, 2017

Fairy in the Next Home

Oh god what a great great surprise,The one who smiles like that beautiful Sunrise.Full-Moon face, though rough & random,I see a very very pretty Fairy - in the next home...

Everything I see entirely elegant,
Yet, her sentiments are poignant.
Her blinking eyes are always awesome,
I see a very very pretty Fairy -
in the next home...

Finding​ no apt word to define her,
Saying her an Angel, I don't prefer.
No exaggeration, simply she's an ultraviolet spectrum,
I see a very very pretty Fairy -
in the next home...


Baishakh 2067,  Kalanki - KTM

Monday, January 9, 2017

गजल

गजल

छ यो जून उस्तै, छ यो घाम उस्तै ।
यहाँ प्रेममा घाउका डाम उस्तै ।।

तिमीसंग तिम्रो शहर् बद्लियो रे,
म उस्तै छु साथी र छन् गाम उस्तै ।।

डुलेथेँ जहाँ भेट हुन्थ्यौँ तिमी म,
नयाँ पात्र देखेँ छ त्यो ठाम उस्तै ।।

बिलाएर सीता न फर्किन् अयोध्या,
कठै शून्यतामा रह्यो राम उस्तै ।।

मनैभित्र बस्थ्यौ तिमी मुस्कुराई,
जसै निस्कियौ बल्झिने नाम उस्तै ।।


रुक्न : फऊलुन् ×४
[ बहर : मुतकारिब, छन्द : भुजंगप्रयात ]

२०७३ पुष, रारा ताल मुगु

Friday, January 6, 2017

गजल (मुतकारिब बहरमा)

गजल

तिमी बाहुलीमा हुँदा बढ्छ माया ।
अझै टाँसिऊँ है छुँदा बढ्छ माया ।।
म बैना गरी दिन्छु जाले रुमाल,
सधै साथ राखे धुँदा बढ्छ माया ।।
छचल्किन्छ छुट्दा भिजाई परेला,
नरोकेर रोऊ रुँदा बढ्छ माया ।।
यिनै शब्द मेरा र झंकार तिम्रो,
यहीँ गीत गुञ्जाउँदा बढ्छ माया ।।


२०७३ पुष २२, शुक्रबार