Sunday, November 20, 2011

गजल

गजल (मुतकारिब बहर)

परेँ रातभित्रै बिहानी हरायो !
नया जुग आयो इमानी हरायो !!

छ गन्तव्य टाढा म पुग्दैन कैले,
निकै दूरको त्यो निशानी हरायो !

कुनै जोश छैनन् युवा ह्वौँ तथापि,
बहारै बिनाको जवानी हरायो !

सधै पाप देख्दा जलेको छ आत्मा,
म आफै जलेको खरानी हरायो !

सबै सम्पतीको पछाडी दगुर्दा,
रुपैया नभाको लगानी हरायो !

२०६३-०९-१७, बलेटक्सार- गुल्मी



No comments:

Post a Comment