गजल
राम्रो जीवन बाँचिएन आफैलाई मारेँ मैले !
संसार नै जितेँ तर आफैसित हारेँ मैले !!
अभावले गुज्रिएको जिन्दगिमा नपाएका,
ताराहरु कल्पनामा लाखौ लाख झारेँ मैले !
तिरस्क्रित हुँदापनि प्यारो लाग्ने जिन्दगि यो ,
बरु एक्लै ज्युछु भनी काँडे तारले बारेँ मैले !
निर्वाह नै हुनु पनि ठूलो कुरा रैछ यहाँ ,
चौथाई यो जिन्दगिको जेनतेन टारेँ मैले !!
मलजल हुँदाहुँदै फल्नफूल्न नसकेको,
जिन्दगि यो मरुभूमि बिचतिर सारेँ मैले !!
सबिन प्रभात
काठमाण्डौ, २०६५-०७-०८