गजल
उच्च शिर सगरमाथा झुक्नुपर्ने नहोस् यहाँ !
हिमाल हाँस्दा तराई रुँदै थुक्नुपर्ने नहोस् यहाँ !!
अशान्ति यो मौलाएर हिंसा त्रास नरोकिदा,
रगत बग्छ भन्दै काली सुक्नुपर्ने नहोस् यहाँ !
बिखण्डता, पहाडी म तराईमा झर्दाखेरी,
मधेसीले धम्क्याएर लुक्नुपर्ने नहोस् यहाँ !
बदनामले जेलिएर चारैतिर संसारमा,
नेपाली हुँ भन्नपनि चुक्नुपर्ने नहोस् यहाँ !
आन्दोलन र चक्काजामले सबैतिर बन्द भई,
पढ्न क्याम्पस जाँदापनि रुक्नुपर्ने नहोस् यहाँ !
सबिन प्रभात
लाजिम्पाट ~ काठमाण्डौ