गजल
त्यो कोमल मायालु हात छ राम्रो !
झिलिमिली जुनेली रात छ राम्रो !!
मनमुटु सबमा माया रहेछ,
जवानीको नशामा मात छ राम्रो !!
प्रभातको मन् मुटुमा छ माया ,
अन्जान पिरतीको खात छ राम्रो !
चन्चल मनमा माया भरिदा,
तिमीले निभायौ साथ छ राम्रो !!
लाग्दछ तिमी नै वशन्त मेरो,
साँच्ची नशालु प्रभात छ राम्रो !!
सबिन प्रभात , बैशाख-२०६२ ,बलेटक्सार गुल्मी
No comments:
Post a Comment