सजीव लास
जीवनको अस्तित्वको
प्रश्न स्पन्दनमा उर्लिदा बाँचेकोमा गर्व लाग्यो।
असमानताको वास्तविकता
आत्मसाथ गरेपछि अस्तित्व नै निरर्थक अनुभुत भयो :
मलाई लागेन म बाँचेको
छु , किनभने बाँच्नुको अर्थ यस्तो होइन
निरर्थक यथार्थ ।।
बाद्यताको अस्तित्वमा
सजीवताको संकेत हुदैन, म आत्महत्या गर्ने शाहस नभएर
जीवित छु : निरर्थक
यथार्थ ।।
सजीव लास बाँचेको होइन,
नमरेको मात्र हो।
बाँच्नु र नमर्नु फरक
कुरा हो।
आत्महत्याको शाहस नभएर
बाँच्नुभन्दा श्रेयस्कर छ म्रित्यु :निरर्थक यथार्थ ।।
२०६६, कलंकी काठमाण्डौ