गजल
माया गर्नु तिमीलाई
प्रभातको दोष छैन
मन शुन्य भएको छ अझैसम्म
होष छैन।
चार दिन भइसक्यो तिमीलाई
नदेखेको,
नदेखेरै हो कि कुन्नि
केही गर्ने जोश छैन ।
भेट्नै पनि जान्थे
बरु घरकाको डरले हो,
नजिकै हो घर तिम्रो
बाटो आधी कोश छैन ।
मनैबाट चाहिएको साथी
भेट्न नपाउदा,
अधैर्य बन्छ मन सबिन
सन्तोष छैन ।
तिम्रालागि एकान्तमा
म एक्लै रुदा रुदै,
आँखाहरु सुख्खा भए
कत्तिपनि ओश छैन ।
२०६३-०३-२३ , साँझ
६ बजे , बलेटक्सार गुल्मी