Friday, January 4, 2013

गजल


गजल
मन पर्दा मान्छे माया आँशु उस्को जल रे ।
हेर्दाखेरी मुस्काउँथी गालामा डिम्पल रे ।
संगै बसी जिस्काउदा भाग्थी टाढा लजाएर,
भन्न मात्रै नसके नि माया त अटल रे ।
माया प्रिती बढाएर छोडी जाने हो कि कतै,
सोद्धा रुन्थी अंगालोमा हुन्न धोका छल रे ।
गाउकी सोझी कहिलेकाही सर्टप्याण्ट लगाउदा,
भन्थी कुर्ता लगाउथे नभएर सल रे ।
सप्ना देख्दै बिहानीको निद्रा मस्त रहेछु म,
घण्टी बज्यो मोबाइलमा सप्ना खलबल रे ।

२०६५-असार २३ , बलेटक्सार गुल्मी