भड्खालोमा देश मेरो
परेजस्तो लाग्छ ।
आत्मीयता नेपालीको
मरेजस्तो लाग्छ ।
सल्बलायो अस्थिरता
आफ्नोपना छैन ,
माटो रोयो अश्रुधारा
झरेजस्तो लाग्छ ।
मात्रीभूमी शोकमग्न
टुलुटुलु हेर्नु,
निरिह छु गल्ती यहाँ
गरेजस्तो लाग्छ ।
स्वार्थी दुष्ट पिशाचले
सबै भड्काएर ,
शत्रुताको बिष बिउ
छरेजस्तो लाग्छ ।
जर्जरता वैरभाव कतिन्जेल
टिक्ला ,
नेपालीको मन्मा भ्रम
भरेजस्तो लाग्छ ।
२०६९-जेष्ठ ७ लाजिम्पाट
काठमाण्डौ