Thursday, November 17, 2011

गजल


गजल


हल्लाएर दुबै हात बिदा दियो काठमाण्डौले !
नबस् भन्दै एकै रात बिदा दियो काठमाण्डौले !!


खल्ती बाक्लो हुदासम्म सारै माया गरेको हो,
रित्तिएसि हान्दै लात बिदा दियो  काठमाण्डौले !!


पढाउन्न  एकता र  भात्रित्वको पाठ कतै ,
छुट्याएर आफ्नो जात बिदा दियो काठमाण्डौले !!
काठमाण्डौ (Ktm)

रक्सीसङ्ग नाङ्गिएका डान्सबार क्यासिनोमा,
चढ्दै गएपछि मात बिदा दियो काठमाण्डौले !!


आकांक्षा र इच्छाहरु सङ्घर्षमा खोज्नेलाई ,
आशा देखाई गर्दै घात बिदा दियो काठमाण्डौले !!



सबिन प्रभात , २०६७- कलङ्की, काठमाण्डौ


No comments:

Post a Comment