Friday, January 4, 2013

गजल


गजल
मन पर्दा मान्छे माया आँशु उस्को जल रे
हेर्दाखेरी मुस्काउँथी गालामा डिम्पल रे
संगै बसी जिस्काउदा भाग्थी टाढा लजाएर,
भन्न मात्रै नसके नि माया अटल रे
माया प्रिती बढाएर छोडी जाने हो कि कतै,
सोद्धा रुन्थी अंगालोमा हुन्न धोका छल रे
गाउकी सोझी कहिलेकाही सर्टप्याण्ट लगाउदा,
भन्थी कुर्ता लगाउथे नभएर सल रे
सप्ना देख्दै बिहानीको निद्रा मस्त रहेछु ,
घण्टी बज्यो मोबाइलमा सप्ना खलबल रे

२०६५-असार २३ , बलेटक्सार गुल्मी