Saturday, January 5, 2013

गजल


गजल

काकासंग माली गाई चराएको संझेँ आज ।
गाईको बाच्छो बनभित्रै हराएको संझेँ आज ।
बर्तमान बिर्सिएर अतीतमा रम्दाखेरी,
गाई हरायो हामी दुवै डराएको सम्झेँ आज ।
हाम्रो गाई अरुको नै खर्बारीमा गयो भनी,
काकाले खुब् इल्लबिल्ल गराएको सम्झेँ आज ।
काम जती मैले गर्ने काका साह्रै अल्छि सधैं,
गाई फर्का जा त भनी अराएको सम्झेँ आज ।
गाई टाढा देखेपछी फर्काउन जादैगर्दा,
नजिकै त्यही बाघ कराएको सम्झेँ आज ।

३० जेठ २०६३, बलेटक्सार गुल्मी