Friday, August 30, 2013

उजाड रुख, गर्भवती बेश्या र मेरो देश


उजाड रुख, गर्भवती बेश्या र मेरो देश

एउटा अजकल्टो रुख, जरा काट्न तल्लिन केही मुसाहरु!
टुप्पानेर कमिलाको ठूलो गोलो र विचमा ट्वाक ट्वाक टोकटोके चराको गुड बनाउने प्रकृया ।
निरीह शुष्क बनेर सुन्दर जंगलको विचमा
वशन्त ऋतुको बहारको प्रतिक्षामा उजाडिदा उजाडिदै पनि ठडिएको जस्तो ।।
सडक किनारमा उभिएर आफ्नो सलक्क बडेको पेटप्रति रोष व्यक्त गरिएको अनुहार,
बटुवाहरुको घृणित कटाक्ष दृष्टि,
विवश इतिहासको अनिच्छित भविष्य बोकेर,
अस्तित्वमाथि प्रश्नचिन्ह तेर्साउदै - अश्रुपूर्ण आँखाले टुलुटुलु हेरिरहने गर्भवती वेश्याजस्तो --- मानौ मेरो देश !!! र, मेरो तिक्त यथार्थ वर्तमान ।।


2069-02-28, मंगलसेन अछाम