Saturday, December 7, 2013

प्रसंग विवाह पञ्चमीको


आज विवाह पञ्चमी अर्थात सीता जयन्ती,
विवाह सम्बन्धमा हिन्दू धर्मले प्रस्तुत
गरेका केहि रोचक कुराहरु यस प्रकार छन्  -
अन्य धर्ममा विवाह भनेको पति र
पत्नीको विचमा जे-जस्तो किसिमको करार हुने
भएपनि हिन्दू संस्कारमा पति पत्नीविच जन्मजन्मान्तरको सम्बन्ध जोडिएको हुन्छ जसलाई कुनै पनि अवस्थामा तोड्न सकिदैन तर समयको विकासक्रम संगै जे जस्ता अपवाद
देखिएपनि हिन्दू धर्मले यहीँ कुरा बताउछ ।
हिन्दू धर्ममा पति पत्नीका विच शारीरिक
सम्बन्ध भन्दा आत्मीय सम्बन्धलाई
मान्यता दिइन्छ र यो सम्बन्धलाई अत्यन्तै पवित्र
सम्बन्ध मानिएको छ ।
दुवै पक्षको सहमतिमा समान वर्गको सुयोग्य
वरका साथ कन्याको विवाह गर्नुलाई ब्रम्ह
विवाह भनेर हिन्दू धर्मले भनेको छ ।
सामान्यत: यो विवाह पछि कन्यालाई
आभुषणयुक्त गरेर बिदा गर्ने गरिन्छ ।
आजभोलिको बोलिचालिमा एरेन्ज म्यारिज
ब्रम्ह विवाहकै रुप हो ।
सबै प्रेम विवाह परिवारको असहमति मै हुन्छन्
भन्ने होइन तर पनि परिवारको सहमति बिना वर
र कन्या कुनै रितिरिवाजले आपसमा विवाह गर्ने
पद्धतिलाई गान्धर्व विवाह भनिन्छ । प्राचिन
समयमा दुष्यन्तले शकुन्तलासंग गान्धर्व विवाह
गरेका थिए । उनकै पुत्र भरतको नामबाट नै
भारतवर्षको नाम भारत रहेको धार्मिक
इतिहास छ । यसलाई आजकल प्रेम विवाह
भनिन्छ । यसरी हेर्दा प्रेम विवाहको इतिहास
पनि हिन्दूधर्ममा पुरानै भएको पाइन्छ ।

त्यस्तै कन्यालाई आर्थिक रुपले खरिद गरी गरिने विवाहलाई असुर विवाह भनिन्छ । त्यस्तै
कन्याको सहमतिबिना उनलाई अपहरण
गरि गरिने विवाहलाई हिन्दू धर्मले राक्षस
विवाहको संज्ञा दिएको छ । नराम्रो तवरले
गरिने विवाहलाइ यस्ता संज्ञा दिनुले
कन्या प्रति हिन्दू धर्मले साच्चै सम्मान व्यक्त
गरेको छ ।
विवाहसंगै यौन पनि जोडिन आउछ । अर्थात,
विवाह र यौन एकअर्काका परिपूरक र सुमधुर
सम्बन्ध भनेर हिन्दू धर्मले उल्लेख गरेको छ ।
राम्रो तवरबाट गरिने विवाह पश्चातको सम्बन्ध
नै सरल एवं अति उत्तम सम्बन्ध हो ।

by :- Sudeep Gyawali