Wednesday, December 4, 2013

जमाना (शार्दूलवीक्रीडित)


जमाना

देखिन्नन् शुशिला शिला शिलवती सारा बने मोर्डन ।
केही लाज देखिन्न यी शरिरमा लज्जा कता गो भन ।।
आधा नग्न छ बैशमत्त मदले मम्मी झनै बैशकि ।
आमा शब्द कसोरि भन्नु घिनले यो नग्नतामा अनि ।। १ ।।
जालीदार लुगा नहोश तनमा साच्चै कलीकाल यो ।
प्यालामा अतिलठ्ठ ओठ उसका चुम्मा र चाटी भयो ।।
छोरी हात समाउछे युवकको बेहोश बेतालमा ।
आमाको पनि ध्यान छैन उसमा प्रसन्न बेहालमा ।। २ ।।
यो आगन्तुक संस्कृती यतिविधी फैलेछ नेपालमा ।
डिस्कोडान्स र बारपाटि घरमै उर्ल्यो कलीकालमा ।।
रक्सीको घुटुको निलेर खुश भै बिर्सेर आफै पनि ।
अर्कैको पतिसंग टाँसिन पुगी डार्लीङ मेरो भनी ।। ३ ।।
देवीका रुप हुन् तथापि महिला बन्दा महापातकी ।
यै छाडापनको अतिक्रमणले घर्बार बिग्रे कति ।।
पुर्खाको इतिहास धर्म कुलको संस्कार खै काँ गयो ।
मेरो क्यै पनि भन्नु छैन यसमा ज्याद्रो कलीकाल यो ।। ४ ।।


२०६९ वैशाख ३०, लाजिम्पाट काठमाण्डौ