Showing posts with label गजल (Gazal). Show all posts
Showing posts with label गजल (Gazal). Show all posts

Thursday, November 17, 2011

गजल


गजल


हल्लाएर दुबै हात बिदा दियो काठमाण्डौले !
नबस् भन्दै एकै रात बिदा दियो काठमाण्डौले !!


खल्ती बाक्लो हुदासम्म सारै माया गरेको हो,
रित्तिएसि हान्दै लात बिदा दियो  काठमाण्डौले !!


पढाउन्न  एकता र  भात्रित्वको पाठ कतै ,
छुट्याएर आफ्नो जात बिदा दियो काठमाण्डौले !!
काठमाण्डौ (Ktm)

रक्सीसङ्ग नाङ्गिएका डान्सबार क्यासिनोमा,
चढ्दै गएपछि मात बिदा दियो काठमाण्डौले !!


आकांक्षा र इच्छाहरु सङ्घर्षमा खोज्नेलाई ,
आशा देखाई गर्दै घात बिदा दियो काठमाण्डौले !!



सबिन प्रभात , २०६७- कलङ्की, काठमाण्डौ


Tuesday, November 15, 2011

गजल


गजल

सबै उर्लिएछन् सुकेको म लम्फु !
सबैले मलाई थुकेको म लम्फु!!

म भारी छु धर्ती छ यो जन्म ब्यर्थै,
बिना काम जन्मी चुकेको म लम्फु !!

छु बोका बलीको म काटिन्छु आजै ,
शिरै काट्न आफ्नै झुकेको म लम्फु !!

सबै तन्त्र को याँ विरोधी म एक्लो ,
भुसाहा कुकुर् झै भुकेको म लम्फु !

नयातन्त्रले झन् बढायो अभाव,
अगन्तव्यमा नै रुकेको म लम्फु !!


बलेटक्सार ,गुल्मी २०६५

Saturday, November 12, 2011

गजल

गजल

राम्रो जीवन बाँचिएन आफैलाई मारेँ मैले !
संसार नै जितेँ तर आफैसित हारेँ मैले !!

अभावले गुज्रिएको जिन्दगिमा नपाएका,
ताराहरु कल्पनामा लाखौ लाख झारेँ मैले !

तिरस्क्रित हुँदापनि प्यारो लाग्ने जिन्दगि यो ,
बरु एक्लै ज्युछु भनी काँडे तारले बारेँ मैले !

निर्वाह नै हुनु पनि ठूलो कुरा रैछ यहाँ ,
चौथाई यो जिन्दगिको जेनतेन टारेँ मैले !!

मलजल हुँदाहुँदै फल्नफूल्न नसकेको,
जिन्दगि यो मरुभूमि बिचतिर सारेँ मैले !!


सबिन प्रभात
काठमाण्डौ, २०६५-०७-०८

Friday, November 11, 2011

गजल


गजल (मुतकारिब बहर)

बिरानो भयो त्यो रातको कहानी !
थियो प्रेमजस्तै घातको कहानि !!


बिरानै बिरानो भयो सम्झनामा ,
हरायो कतै प्रभातको कहानी !!


बितेका कुरामा म झस्कन्छु कैले,
अनौठो छ पैलो लातको कहानी !!


बढेको नङैले दुख्यो चस्स घोच्दा,
कि बिर्स्यौ र तिम्रै हातको कहानी !!


फिजाएर हल्ला नभाको सबैले,
घरैमा चलेको जातको कहानी !!

Thursday, November 10, 2011

गजल


गजल
उच्च शिर सगरमाथा झुक्नुपर्ने नहोस् यहाँ !
हिमाल हाँस्दा तराई रुँदै थुक्नुपर्ने नहोस् यहाँ !!


अशान्ति यो  मौलाएर हिंसा  त्रास नरोकिदा,
रगत बग्छ भन्दै काली सुक्नुपर्ने नहोस् यहाँ !


बिखण्डता, पहाडी  म  तराईमा झर्दाखेरी,
मधेसीले धम्क्याएर लुक्नुपर्ने नहोस् यहाँ !


बदनामले जेलिएर चारैतिर  संसारमा,
नेपाली हुँ भन्नपनि चुक्नुपर्ने नहोस् यहाँ !


आन्दोलन र चक्काजामले सबैतिर बन्द भई,
पढ्न क्याम्पस जाँदापनि रुक्नुपर्ने नहोस् यहाँ !

सबिन प्रभात
लाजिम्पाट ~ काठमाण्डौ

Sunday, November 6, 2011

गजल (मुजारे बहर)


गजल (मुजारे बहर)

आफ्नै भुमी र माटो प्यारो भयो म फर्केँ !
त्यै बारी खेत पाटो प्यारो भयो म फर्केँ !!


ठूलो शहर् विदेशी ठाँउ अचम्म देख्दा ,
ताते हिडेको बाटो प्यारो भयो म फर्केँ !!

आमा बुझेँ म व्हिस्की स्याण्डविच खानुभन्दा ,
सिन्की र बासी आटो प्यारो भयो म फर्केँ !!


बिस्तारवाद बाठो साम्राज्यवाद टाठो ,
नेपाल देश लाटो प्यारो भयो म फर्केँ !!

मंगा र नग्न छोटा उल्टा नढाक्नु भन्दा,
थोत्रा लुगा र फाटो प्यारो भयो म फर्केँ !!