Friday, January 4, 2013
From friends FB Status
Labels:
Other
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
गजल
गजल
मन पर्दा मान्छे माया
आँशु उस्को जल
रे ।
हेर्दाखेरी
मुस्काउँथी गालामा डिम्पल रे
।
संगै बसी जिस्काउदा
भाग्थी टाढा लजाएर,
भन्न मात्रै नसके नि
माया त अटल
रे ।
माया प्रिती बढाएर छोडी
जाने हो कि
कतै,
सोद्धा रुन्थी अंगालोमा हुन्न
धोका छल रे
।
गाउकी सोझी कहिलेकाही
सर्टप्याण्ट लगाउदा,
भन्थी कुर्ता लगाउथे नभएर
सल रे ।
सप्ना देख्दै बिहानीको निद्रा
मस्त रहेछु म,
घण्टी बज्यो मोबाइलमा सप्ना
खलबल रे ।
२०६५-असार २३
, बलेटक्सार गुल्मी
Labels:
गजल (Gazal)
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Tuesday, May 1, 2012
भूल
भूल
ज्योती साँच्चै मलाई प्रकाशको
ज्योती झै लाग्ने
गर्दछे!
मैले उसलाई पहिलोपल्ट देखेको
अझै एक हप्ता
पनि पूरा भएको
छैन होला तर
म ऊसङ्ग यति
सुपरिचित भएँ कि
म उसको मनमै
बसेको छु तर
त्यो भन्दा बढ्ता
ऊ मेरो मनमा
छे ।
पहिलोपटक म उसलाई
कालीगण्डकीमा पौडिन लाग्दा देखेको
हुँ, त्यसबेला म
पनि पौडी खेल्नकै
लागि खोलामा गएको
थिएँ। हामी माथि
पौडी खेल्दै गर्दा
केही तल उ
पनि आफ्ना साथीहरु
सित पौडि खेल्दै
थीई। त्यसपछि किन
हो मलाई तलतिर
जान मन लाग्यो
। साथीहरुलाई त्यही
छाडी केही पनि
नभनी खोलाको भेलसङ्गै
म पनि तल
गएँ। मलाई देख्दा
उसको मन पनि
मतिरै आएजस्तो लाग्यो।
ऊ मेरो नजिकै
पौडी खेल्न थाली
निशंकोच निडर !!
मैले सामान्य रुपले सोधेँ
" म पनि त्यहाँ
आउन सक्छु कि
??" उसले पुलुक्क मलाई हेरेर
भनी " पौडिन आउछ भने
सक्नुहुन्छ ।" अब मलाई
बाटो खुले झै
भयो । विचार
गर्ने हेतुले त्यतैतिर
लागेँ त्यो त
माथिको रह भन्दा
पनि सानो रहेछ
म सजिलै त्यहाँ
पुगेँ । करिब
आधा घण्टा हामीबिच
धेरै कुराकानी भए
। मलाई त्यही
नै था भयो
कि उसको नाम
ज्योती हो ।।
मलाई त्यसबेला पढाइको बोझ
पटक्कै थिएन ।
राम्ररी कक्षा बाह्रको परीक्षा
दिएकोले म एक
प्रकारले स्वतन्त्र नै थिएँ
मात्र समय सदुपयोग
गर्नको लागि संस्क्र्त
भाषा पढ्ने गर्थेँ।
त्यसपछिका प्राय: दिनहरुमा खोलामा ज्योतीसित
भेट हुन थाल्यो।
मेरा थुपै साथीहरुले
उसलाई देखे, कतिले
त खासै राम्री
होइन पनि भने
तर मलाई उसको
रुपप्रति कुनै वास्ता
थिएन भित्रै बाट
उप्रति एउटा अनुराग
थियो,प्रेम थियो
।ऊ पनि मलाई निकै आत्मीय अनुराग देखाउथी
। ऊ आफ्नो स्कुलको बर्षे बिदामा त्यहा मामाघर आएकि थिई सधैको लागि थिइन। लाग्थ्यो ऊसंग
सधै खोलामै बस्न पाए पनि म प्रशन्न नै रहनेछु।
एकदिन खोलामा हामीहरुले
फोटो खिच्दा उसका पनि दुईटा फोटा खिचिदिएँ। उसले मसंग भनिथी "यौटा मलाई दिनुहोला,
अर्को चै हजुरले नै राख्नु होला।" मैले हाँस्दै जवाफ दिएथेँ ' तिमीलाई त म मुटुमै
राख्छु नि फोटोमा होर !' "कतिदिन रहेछ हेर्छु म पनि" उसले भावुक हुदै भनिथी।
‘For ever,सधैको लागि भगवान कशम’ मैले केही नसोची फ्याट्टै बोलेँ।
एकदिन मैले उसको घाँटिमा
+ आकारको माला देखेर सो बारे प्रश्न गर्दा उसले अब कहिल्यै नबुझिकन यस्तो माला नलगाउने
भन्दै त्यो माला झिकिथी। साँच्चि त्यो बेला ऊ काली गण्डकीको जल झै पवित्र लागिथी मलाई
। स्वच्छ, निर्मल र कन्चन ।
यस्तै यस्तै हरेक भेटका
नया घटनाहरुसंगै केही
दिन बिते। समय
आफ्नै गतिमा बित्तै
गयो। म भावुकतामा
झनै रमाउन थालेँ
मन मस्तिष्कमा ज्योती
छाउथी। देश शान्तितर्फ
उन्मुख भै रमाइलो
खुशियाली बढ्दै थियो म
भने झनै प्राक्रितिक
एकान्तहरुमा बसेर सोच्न
मन पराउथेँ।
यस्तैमा एकदिन हामीहरु सधैको
ठाउमा पौडी खेल्दै
थियौँ। केहीबेरपछि ज्योती पनि
आई। त्यो दिन
उसंग अरु तीन
चार जना केटीहरु
पनि थिए। म
आफ्नो मनको कुरा
त्यहाँ खोल्न उचित ठानिन।
उनीहरु पनि आपसमा
ठट्टा गर्दै थिए।
मलाई पनि पौडिनुमा
बढी आनन्द आएकोले
बोल्न भन्दा भेलमा
लहरिनमै मस्त थिएँ,
यद्यपि उनीहरुको कुरा म
सुनिरहेको थिएँ। कुराकै प्रसंगमा एउटिले भनी " ज्योती
शुशिललाई भेट अरे " त्यो कुराले ज्योती केही रिसाएझै गरी। उसका र मेरा आँखा जुधे।
बोल्ने केटीले अझै थपी "शुशिलले के भन्थ्यो था छ ?" मैले सोधेँ 'किन के भन्थ्यो
र ?' ऊ बोली 'आइ लभ ज्योती भन्थ्यो, यौटा गिफ्ट पनि देको छ।' ज्योती त्यो कुराले रिसाई
तर मलाई चिसो गडे झै लाग्यो अनि पौडिन पनि मन लागेन।
त्यसको पर्सिपल्ट म
अन्य साथीहरुसंग मज्जाले पौडिदै थिएँ ऊ पनि करिब साढे एक बजेतिर आई। आज मलाई ऊसंग थुप्रै
कुरा गर्नु थियो। समय पनि अनुकुलै थियो। मलाई शुशिलको बारेमा पनि कुरा गर्नु थियो।
मैले आफ्ना कुराहरु राखेँ। उसको पनि प्राय सहमती थियो। तर ऊ छिटै मबाट टाढिदैछे। मैले
यति छिटै उसलाई आफ्नो मन सुम्पिसकेछु। ऊ भने अलि तटस्थ रही मसंग तेती खुलेर बोलिन।
उसको भनाइ अनुसार ऊ अब भारततिर जान सक्छे रे। उसले मलाई झुलाउन खोजेजस्तै लाग्यो। मसंग
त त्यसबेला मोबाइल थिएन तथापि उसको मोबाइल नम्बर मागेँ, उसले इमेल एड्रेस दिन्छु भनी।
हुन त ऊ अली शहरीया थिई नै उसले प्रष्ट कुरा गरिन। कतिबेला एस् एल् सि को रिजल्टपछि
भारतमा पढ्न जान्छु भन्थिभने कतिबेला त्यै
मामाघरमै बसेर पढ्न पनि सक्छु भन्थी, सायद ऊ आफै दोधारमा थिई होला। उसका साथीहरुको
उपस्थितिले होला ऊ खुल्न नसकेको। अन्तत मैले आफ्नो इमेल ठेगाना दिदै भने मलाई तिम्रो
फोन नम्बर वा इमेल चाहिएन, राम्ररी सोचेर एक महिनाभित्रमा मलाई तिम्रो अन्तिम निर्णय
देउ मलाई आफ्नो भन्ने कि नभन्ने ।। म हिड्ने बेलामा पनि उसले आफ्नो फोटोको कुरा गर्दै
थिई, मैले आफ्नो मुटुमा हातले देखाउदै यहाँ छौ तिमी भने ।
म केही उदास
मुडमा बिदाईका हात
हल्लाउदै पछाडि नफर्किकनै खोलाबाट
उकालो लागेँ, बिहान
मात्रै निकै उत्साहले
तीनचोटि सच्चाएर लेखेको प्रेमपत्र
र उसको यौटा
फोटो साथीमार्फत उसको
लागि छोडेर म
हिडिहालेँ, उसले पर्सी
पनि आउनु न
भन्दै थिई तर
अब त्यहाँ कदापि
नजाने निर्णय गरेर
म उस्लाई अन्तिम
पटक हेर्दै उसको
आगामि जिवनमा सफलताको
लागि भगवान ऋषिकेशवसंग
प्रार्थना गर्दै म त्यहाँबाट
बिदा भएँ। उसका
केही साथीहरु खासखुस
गर्दै थिए मैले
त्यता ध्यान दिइन।
बसपार्क आएपछि म र
साथीहरु बसको छतमा
चढ्यौँ। साथिहरुले खोलातिर हेर्न
उस्काउदै थिए तर
मैले तत्काल आँखा
आँपको बोटतिर लगाएर
मन बहलाउने प्रयास
गरेँ किनभने
मनमा उसको यौटा
कुरा बिझेको थियो
'केही फाइदा छैन,
म इन्डिया जान
सक्छु फोकटमा मामासंग
झगडा पर्ला ' म
आफूबाट छुट्न लागेको व्यक्तिको
बारेमा थप चिन्ता
लिन चाहदैन थिएँ
मलाई पुग्ने चोट
पुगिसकेको थियो। थप चोट
मेरा लागि असह्य
हुन्थ्यो। यद्यपि अझै ऊ
मेरो मनमा छे
र प्रकाशको ज्योती
झै लागिरहने छे
।
समय क्रमश आफ्नो गतिमा
अगाडि बढ्दै गयो। त्यसपछिका दिनहरुमा बर्षा ऋतुले आफ्नो आधिपत्य जमाउन थाल्यो गण्डकी
पनि धमिलो र ठूलो बनेकोले हामीहरु पौडिन पनि जान छोड्यौँ पछिल्लो एक महिनामा ऊसंग एकचोटि
मात्र भेट भो, ऊ मसंग बोल्न नचाहेजस्तो लाग्यो ऊ नदेखे झै गरेर अर्को पट्टिबाट गई।
म उसको आँखामा मप्रति बिना कारण घ्रिणा बढेको देख्न थालेँ। म ऊबाट जिवनको प्रथम प्रेमपत्रको
सकारात्मक अपेक्षा राखेको थिए, उसले जवाफ नै लेखिन। नलेखे पनि भन्न त सक्थी , त्यो
पनि गरिन। त्यसपछि मैले पनि उसलाई भेट्ने मन गरिन। सायद उसले मलाई बिर्सिसकेकि होली…….
केही समयपछि मेरो कक्षा
बाह्रको नतिजा पनि प्रकाशित भो, म सफल भएँ। केही दिनको घर सल्लाहपछि म उच्च शिक्षाको
लागि राजधानी जाने भएँ। मसंगै मेरो मिल्ने साथी कमल पनि जाने भयो। बिहिबारको शुभ साइतमा
हामिहरु काठमाण्डौतिर प्रस्थान गर्यौँ। नया परिवेश ठूलो शहर त्यसमा समायोजन हुन पनि
केही समय त लाग्यो मलाई। मानिसले समय र परिस्थिति अनुरुप आफूलाई बदल्न सक्नु पर्दो
रहेछ। यस्तैमा एकदिन क्याम्पसको स्वागत कार्यक्रममा मैले गजल वाचन गरेँ, अनि थुप्रै
साथीहरु मसंग परिचित भए मैले छिटै नै धेरै साथीहरु बनाउन सफल भएँ। साथीहरुले क्याम्पसका
हरेक कार्यक्रममा मलाई गजल भन्न लगाउथे र म भन्थेँ पनि। एकदिन म साथीसंग तरकारी किन्नको
लागि कालीमाटी तरकारी बजारमा थिएँ। मेरो र साथीको स्वाद फरक भएकोले तरकारीको निम्ति
छलफल हुदै थियो। त्यही बेलामा आश्चर्यबोधक रुपमा यौटा मसिनो आवाज आयो। म झसंग भएर पछाडि
हेरेँ मेरो नाम बोलाइएकोले तर मैले चिन्ने कसैलाई पनि देखिन। नाम फेरि दोहोरियो अनि
फेरि पछाडि फर्केर हेर्दा मात्र देखेँ यौटी सान्नानी हाँसिरहेको। ओहो ऊ शुशीला थी,
उसंग पनि मs परिचित थिएँ। उसले कक्षा एघारमा पढ्थी काठमाण्डौमै दिदीसंग बसेर। र त्यहीँ
थाहा भयो उसको कोठा पनि हाम्रो तिर नजिकै रहेछ। उसले मलाई गिज्याउअदै भनी। 'आजको डिनर
हजुरको मा गर्नुपर्ला !" ‘आजको मात्रै किन, सधैको गर न' मैले भने। "सधैको
गर्नलाई त बन्नुपर्छ नि आफ्नै मान्छे " हाँस्दै भनी उसले 'बन न त इच्छा भए !'
ठाडो जवाफ दिएँ। "होलान् नि अरु नै " परेली मस्काउदै बोली। मलाई उसको हसिलो
बानी त था थियो तर आज मुड अलि ठिक थिएन, मलाई उसको हसिलो बानिले पनि रिस उठ्यो। 'तिमीजस्तो
हो र?' बोलिहालेँ। त्यतिन्जेल साथीले तर्कारी किनिसकेछ। 'भेट हुन पाएको छैन सधै झगडा
गर्ने तिमी त’ भन्दै म छुट्टिएँ बाटोभरि जिस्कायो साथीले, झगडा गर्दा ठिक्क। त्यस पछिका
दिनहरुमा शुशीला प्राय हाम्रो कोठामा आउथि, बिशेष गरी उसको बोर्ड परिक्षा आउन लागेकोले
पढ्ने निहुमा। कमल क्याम्पस गैसकेको हुन्थ्यो। मेरो चाहि डे क्याम्पस हुनाले खाना बनाउने
तर्खरमा हुन्थेँ। शुशीलाले मलाई सहयोग गर्थी। अझै भन्नुपर्दा उसले नै पकाउथी म गफ जुधाएर
मात्र बस्थेँ। खाना बनाउन मलाई निकै अल्छि लाग्ने बानी, उसको आगमन ब्यक्त नगरे पनि
म भित्रभित्रै निकै खुशी हुन्थेँ। मैले भन्थेँ 'जे होस्, अझै तीन महिना यहाँ खाना बनाउन
सिक्यौ भने पर्फेक्ट हुन्छ्यौ।' उसले हास्दै भन्थी " म त आजै पर्फेक्ट नि, बरु
हजुरलाई पनि पर्फेक्ट बनाउने भएँ ।"
एकदिन लौका काट्दा
उसले हात काटिछ अनि रगत बग्न थाल्यो। मैले बेवास्तापूर्वक भनें ' त्यो ब्लडले यौटा
लेटर लेखेर पठाउ सिओर सक्सेस हुन्छ। ऊ हात च्यापेर हाँसिरही। मैले यौटा ब्याण्डेड खोजेर
बाँधिदिदै थिएँ टुप्लुक्क कमल आइपुग्यो आज क्याम्पसमा खासै पढाइ भएन भन्दै। शुशिलालाई
उसले निकै गिज्यायो। यसै त गोरी मान्छे, ऊ निकै राती भई।
समयको चक्रसंगै शरद
ऋतुको आगमन भयो। हिन्दूहरुको महान चाड दशैको आगमनले बेग्लै रौनक ल्याएको थियो। हामी
पनि दशैको बिदामा घर फर्कने तयारीमा थियौँ। घर जानु अगाडि एकपटक साइबर गएर साथिहरुलाई
शुभकामना दिनु पर्यो भनी म र कमल साइबरतिर लाग्यौँ। मेल नहेरेको पनि महिनौ भएको थियो। मेरो इनबक्सको यौटा म्यासेजले
झस्कायो। "सोरी फर लेट डिसिजन, आइ विल बि वेटिङ फर् यु इन् रिडी" मेल ज्योतीको
थियो। साथीहरुलाई शुभकामना दिएर हामी फर्कियौँ। त्यसै दिन आएर शुशीलाले रिजर्भको माइक्रो बसमा संगै घर जान अनुरोध
गरी, उसकि दिदी चाही अफिसमा ढीलो बिदा हुने भएकोले सप्तमीमा मात्र जाने रे। हामी भने
घटस्थापनाकै दिनमा हिड्ने भैयो उसको जिद्दी अनुसार। मलाई शुशीलाको कुरा मानेकोले कमलले
गर्नुसम्म बिल्ला गर्यो। मैले हाँसेर टार्नुको बिकल्प देखिन। फर्कदा म र शुशीला यौटै सिटमा बस्यौँ लामो यात्राको
क्रममा उसले मसंग प्रेम प्रस्ताव राखी। केहीछिन त म अक्क न बक्क भएँ। उसको भावुकताको
अगाडि केही नचलेपछि ठीक छ राम्ररी सोच भन्न म बाद्य भएँ। लामो यात्रा बस आफ्नै गतिमा
चल्यो। कमल पछिल्लो सिटमा मस्त निदाएको थियो। मैले पेपर पढ्दै थिएँ भने शुशीला एकोहोरो
बोलिरहेकि थिई। रामनगरमा खाना खान गाडी रोकियो। मलाई रामनगरको खाना पटक्कै मन पर्दैन
तर गाडि त्यही नै रोक्यो। कमल पनि ब्युझियो। हामी तिनै जनाले जबर्जस्ती खाना खाइयो।
केहीबेरमै गाडि पुन: चल्न शुरु गर्यो। यसपटक पत्रिका कमलले लियो शुशिला मेरो छातिमा
निदाउन थाली मभने चुइगम चपाउदै बाहीरी द्रिश्य हेर्नमा ब्यस्त थिएँ। कति कति बेला म
शुशीलालाई हेर्थेँ राम्री थिई मलाई बुझ्ने पनि अनि वास्तवमै शुशीला शीलवती थिई। उता
कमल भने आफ्नै धुनमा डुबेको थियो पत्रिकामै।
बुटवल कटिसकेपछि झुम्छामा खाजा खान गाडि रोकियो।
एकैछिनमै गाडिले पुन:
रफ्तार लियो। मैले दुवैलाई हेरेर भने अब मेरो सुत्ने पालो। यद्यपि म सुतिन, यात्रामा
निदाउने मेरो बानी छैन। बाटो जति घट्दै जान्थ्यो मलाई त्यति नै गाउको याद बड्थ्यो।
रमाइला गफगाफ ठट्टा गर्दै अनि शुशिलालाई ब्यङ्ग्य गर्दै हामी रिडी आइपुग्यौँ। संयोगले
रिडीमै गाडिको टायर पन्चर भयो। शुशीला त त्यहीसम्म मात्रै जाने हामीलाई भने आधाघण्टाको
बसयात्रा बाँकी नै थियो। गाडि मर्मत गर्न केहीबेर लाग्ने भएकोले हामी तीनैजना नजिकैको
होटलमा खाजा खान थाल्यौँ निकै ठट्टा गर्दै संगै फर्कने बिचारका साथ। करिब दश मिनेट
पछि यौटा फुच्चे ले कागजको खोस्टो दिदै ऊ त्यो दिदीले दिएको भनेर पर ज्योतीलाई देखाउदै
थियो। कागजमा लेखिएको थियो 'आइ लभ यु अनुप! सरि फर माइ लेट डिसिजन, आइ डिडनट गो इन्डिया
बिकज अफ योर लभ' त्यो कागज मैलेभन्दा पहिला शुशीलाले नै पढी मेरो हातबाट खोसेर । मैले
कागज ल्याउने फुच्चेलाई चुइगम दिएर थ्याङ यु ब्रो भनिदिएँ। एकैछिनमा ज्योती त्यहीँ
आई। दुबैजना अचम्ममा परे भेट हुदा…… तर त्यो भन्दा अचम्ममा म परेँ, जब मलाई थाहा भो
शुशीला ज्योतीका मामाकि छोरी हो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
२०६४ असार १०, बलेटक्सार
गुल्मी (संसोधन गरेर लेखिएको)
Labels:
Story ( कथा )
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
गजल
गजल
हाँसी रमाउनु तिमी
जब म जलेको हुन्छु !
अन्तिम् घडी चितामा
दन्दन् बलेको हुन्छु ।
कैले नझार्ने आँशु
छ बिन्ती नझारि देउ,
निस्प्राण भै मुढो
झै म कहीँ ढलेको हुन्छु।
आकाशमा म हुन्छु खुला
ठाउमा नआऊ,
चुम्ला कतै हवाले म
सिर्सिर् चलेको हुन्छु।
आउन्न भूत केही तिमी
ढुक्कसाथ बाँच्नु,
आफै म भूत बन्दै म
आफै छलेको हुन्छु।
तारा नहेर्नु झर्दा
अतीतै त्यो बल्झिदेला,
टाढा कतै गगनमा म पनि
फलेको हुन्छु।
कलंकी काठमाण्डौ, २०६५-११-८
Labels:
गजल (Gazal)
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Sunday, April 29, 2012
गजल
गजल
चाहन्थेँ म तिमीलै
नै पाइला मोड्यौ बेश भो।
पछि धोकादिनुभन्दा
पहिलै छोड्यौ बेश भो।
फूल भनी लाको माया
काँडा बन्न दिनुभन्दा,
फूल काँडा नचिनिदै
बोट गोड्यौ बेश भो।
सक्दिनथे तिमीलाई धनभन्दा
माथि राख्न,
बेलैमाथि धनीसंग साइनो
जोड्यौ बेश भो।
जानी जानी आफ्नै खुट्टा
बन्चरोले हानेको म,
जाल्मा पारी प्रभातको
दिल फोड्यौ बेश भो।
तिमीलाई अंगालेर जन्जीरमा
परेको हूँ,
अन्तै जाँदा मायाको
जन्जीर तोड्यौ बेश भो।
२०६३-८-९ बलेटक्सार गुल्मी
Labels:
गजल (Gazal)
Nothing vast, I am a simple human from Lumbini, Nepal.
Leo but Herbivore, Nature Lover, Literature Aficionado…
MA, MPA…
Subscribe to:
Posts (Atom)